पुर्व

ईटहरीकाे तरहराबाट लागूऔषध सहित २ जना पक्राउ

सुनसरी, १ मंसिर। सुनसरीको इटहरी उप-महानगरपालिका-२० तरहरा चौकबाट प्रहरीले शुक्रबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर  र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान-१९ बस्ने वर्ष ३० को रक्कि देवान र बिराटनगर-१६ बस्ने वर्ष १८ को जिवछ शर्मालाई प. . .


स्वचालित पेस्तोल सहित धरानबाट १ पक्राउ

धरान, १ मंसिर । सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित तीनकुनेबाट प्रहरीले  पेस्तोल सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले १ थान स्वचालित पेस्तोल सहित सुनसरी बराह नगरपालिका-११ का ३५ बर्षीय श्या. . .


तेह्रथुमको लालीगुराँसबाट गाँजा सहित १ पक्राउ

तेह्रथुम, १ मंसिर । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ बाट प्रहरीले लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थाई प्रहरी पोष्ट चित्रेबाट खटिएको प्रहरी टोलीले गाँजा सहित धनकुटा शहिदभूमी गाउँपालिका-२ बस्ने बर्ष ६५ को पूर्ण राईलाई पक्राउ गरेको हो । राईलाई  फुलेकबा�. . .


सुनसरीको भाण्टावारीबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

सुनसरी, १ मंसिर । सुनसरीको नेपाल भारत सीमा भाण्टावारीको चारकुनेबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल तर्फबाट भारत प्रवेश गर्न लागेका भीमनगर सुपौल बिहारका २३ वर्षीय रञ्जितकुमार मुखियालाई सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । BR 50 F 3206 नम्बरको अपाच्चे मोटर. . .


भद्रपुरकाे कमलधापमा सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा

चन्द्रकला भण्डारी । भद्रपुर, १ मङ्सिर । भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म मान्ने आठ जातिका मठमन्दिर सामूहिक रूपमा स्थापना गरिएका छन् । न�. . .


भ्वाइस अफ नेपालमा लाइभ राउण्डको मञ्चमा यस साता यी अनुहार द भ्वाइसमा अाउँदै

काठमाडाैँ, ३० कात्तिक ।  सांगितिक यात्रा झन रोचक भैरहेको छ , उत्कृष्टबाट उत्कृष्टको खोजिमा लागिपरेको भ्वाइस अफ नेपालमा लाइभ राउण्डको मञ्चबाट । लाइभ राउन्डको अबको शृखंलामा मखमली आवाजका धनि सनुपको टिम सनुप र अाधुनिक सङ्गितका उस्ताद प्रमोद खरेलको टिम प्रमोदबाट ३-३ आवाजहरुले आफ्नो बेजोड प्रस्तुति प्रस्. . .


सप्तकोसी नदीमा जेटबोट सञ्चालन पछि आन्तरिक र वाह्य पर्यटकको संख्यामा बृद्धी

उदयपुर, ३० कात्तिक । सप्तकोसी नदीमा जेटबोट सञ्चालन भएपछि आन्तरिक र वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वरहाक्षेत्र, पर्यटकीय क्षेत्र मैनामैनी, कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र हेर्न आउनेको संख्या बढेको हो । मन्दिरको दर्शन गर्न पाइने, प्राकृतिक दृश्यहरुको अवल. . .


भाेजपुर सदरमुकाममा अागलागी, आगलागीबाट १४ लाख ५० हजारको क्षति

भोजपुर, ३० कात्तिक ।  भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगलागी हुँदा कुल १४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ। भोजपुर नगरपालिका ७ बस्ने गोविन्द सुन्दासको घरमा विद्युत सर्ट भई आगलागी हुँदा कुल १४ लाख ५० हजारको मूल्य बराबरको धनमालको क्षति भएको हो। घरको बीच तलाम. . .


इलामको भञ्ज्याङ खण्डमा ट्र्याक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु

दमक कार्तिक ३० । दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल �. . .


सुनसरीबाट भारत तर्फ सेटिङमा हुन्छ मरिचको तस्करी

अमर काफ्ले सुनसरी । सुनसरीबाट दैनिक ठुलो परिमाणमा मरिच भारततर्फ तस्करी हुने गरेको खुलेको छ । नेपाली बजार भन्दा झण्डै दोब्बर मूल्यमा भारतीय बजारमा मरिच किनबेच हुनेहुँदा पछिल्लो समय सुनसरीबाट दैनिकजसो मरिचको तस्करी हुने गरेको खुल्न आएको हो । विशेष स्रोतले दिएको जानकारी अनुसार बिराटनगर लगायतका बजा�. . .


इलाममा ट्याक्टर दुर्घटना हुँदा  चालक र सह-चालकको मृत्यु

इलाम,  ३० कात्तिक । इलामको माङसेबुङ गाउँपालिका-३ भन्ज्याङमा  ट्याक्टर दुर्घटनामा  चालक र सह-चालकको मृत्यु भएएको छ ।  भन्ज्याङ स्थित फाल्गुनन्द कच्ची सडक खण्डमा पाँचथरबाट दमक तर्फ अदुवा बोकेर आउँदै गरेको को १ त ८०२५ नम्बरको ट्याक्टर सडक बाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चाल�. . .


नारायण खड्काले दुर्घटनाका घाइतेलाई गाउँमै उपचार गराउँदै

उदयपुर, ३० कात्तिक । नेपाली कांग्रेसका नेता तथा सांसद डा नारायण खड्काले केही दिनअघि उदयपुरको बेलका नगरपालिका ८ रंगमहलमा ट्याक्टर दुर्घटनामा परी घाइते भएकाहरूलाई गाउँमै चिकित्सकको टोली बोलाएर उपचार गराइरहेका छन् ।ट्याक्टर दुर्घटनापछि घाइते भएकाहरूलाई उपचारको लागि बीपी कोइराला स्वास्थ बिज्ञान प्�. . .