पुर्व

आफुलाई चौधरी बाबा हुँ भन्दै ठगी गर्ने युवक प्रहरीको फन्दामा

सुनसरी, बैशाख ३० आफूलाई चौधरी बाबा हुँ भन्दै ठगी गर्ने एक युवकलाई सुनसरी प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ। आफूलाई चौधरी बाबा हुँ र आफूसंग वनझाँक्रीको हड्डी भएको भन्दै ठगी गर्ने समुह मध्येका एक सुनसरी ईटहरी उप-महानगरपालिका वडा नम्बर २२ बस्ने ईद्रिस मियाँलाई इलाका प्रहरी कार्यालय पकलीको टोल�. . .


अमूर्त साँस्कृतिक सम्बन्धि तालिम सुरु

उर्लावारी ३० बैशाख विजय धिमाल मोरङको उर्लावारी नगरगालिका स्थित आदिवासि जनजातिहरुको अमूर्त साँस्कृतिकहरुको संरक्षण तथा प्रवद्र्धनका लागी दुई दिन प्रशिक्षण कार्यशाला गोष्ठी सुरु भएको छ । नेपाल सरकार अदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जवलाखेल ललितपुरको सहयोग र नेपाल अदिवासि जनजाति महासं�. . .


ओखलढुङामा आज दिउँसो चट्याङ लागेर दुईको मृत्यु

ओखलढुङा, बैशाख ३० ओखलढुङाको कालिका गाविसमा आज दिउँसो चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। वर्षासंगै खसेको चट्याङ लागेर दिउँसो १ बजे घरमै बसिरहेकी कालिका ५ का ४० वर्षिया बिष्णु माया श्रेष्ठ र सोही गाविस ६ का ६० वर्षिय निर बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ। चट्याङ. . .


१४ वर्षीया एक बालिकालाई ललाइफकाइ यौनशोषण गर्दै आएका एक व्यक्ति पक्राउ

राजविराज/ १४ वर्षीया एक बालिकालाई ललाइफकाइ यौनशोषण गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले आज जनाइएको छ । पक्राउ पर्नेमा जिल्लाको कञ्चनरुप नगरपालिका–२ बस्ने ३५ वर्षीय उपेन्द्रदास तत्मा रहेको प्रहरीले जनाएको छ । उनलाई सप्तरीको बक्दुवा–७ स्थित मोहलीबाट आफन्त पर्ने दुःखी दास तत्माको घरमा यु�. . .


साँस्कृतिक कार्यक्रम सहित मुर्ति अनावरण

राजघाट बैशाख ३०/विजय धिमाल : मोरङको राजघाट ९ आम्बरी चौबाटो स्थित राष्ट्रिय विभुति औसिमाङ श्रीजंगा सिङ थेवे लिम्बुको सालिक साँस्कृतिक कार्यक्रम सहित मुर्ति अनावरण भएको छ । स्थानीय राजघाट ७ निबासी हाल हङकङमा रहेका सेम्बु परिवारको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ राजघाट गाउँ शाखाले शालिक निर्माण . . .


करेन्ट लागेर १० वर्षिय बालकको मृत्यु

झापा, बैशाख ३० : झापाको महाभारा गाविसमा बुधबार पानी पिउनेक्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। महाभारा गाविस ३ स्थित कुञ्जी बजारमा बुधबार सांझ पानी पिउन खोज्दा मोटरको तार छुन गई सोही गाविस ३ का १० वर्षिय सुनिल टुडुको मृत्यु भएको हो। सांझ ६ बजेतिर कुञ्जी बजारस्थित एक चापाकलमा पानी पिउन खोज्दा टु. . .


हावाहुरीले टाउकोमा सिमेन्टको स्ल्याब खस्दा एक बालिकाको मृत्यु, एक बालक घाइते

सिरहा, बैशाख २९ गते : सिरहाको धनगढीमाई नगरपालिका ६ मा हावाहुरीले सिमेन्टको स्ल्याब खसेर टाउकोमा लाग्दा एक बालिको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् । मंगलबार सांझ चलेको हावाहुरीले ढोका माथी राखेको सिमेन्टको स्ल्याब खसेर टाउकोमा लाग्दा चन्द्रअयोध्यापुर गाविस ३ बस्ने राजु यादवको ७ वर्षिया. . .


चटपटे बेचेरै बृद्ध आश्रमलाई सहयोग गर्ने युवतीहरुको प्रण

बेलबारी । समाजप्रति उत्तरदायी भएर निस्वार्थ भावले गरिने कार्य नै समाजसेवा हो । समाजसेवा गर्नेले कहिल्यै फलको आशा गर्दैनन,यदि त्यसो गरियो भने त्यो समाजसेवा हुनै सक्दैन । यस्तै समाजसेवाको एउटा गतिलो उदाहरण बन्दै गएको छ मोरङका युवतीहरुको एउटा समुह । पछिल्लो समय हरेक जिल्लाहरुमा बृद्धआश्रम खुलेपनि उच�. . .


अवैध काठसहित पिकअप नियन्त्रणमा

बिराटनगर,बैशाख २७ : धनकुटा नगरपालिका १ स्थित हिलेमा आज पिकअप गाडीमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा अवैध सखुवाको काठ प्रहरीले बरामद गरेको छ। धनकुटाको खोकुबाट हिलेतर्फ ल्याउदै गरेको को १ ज १५४६ नम्बरको पिकअपबाट सखुवाको अवैध एघार क्युवि फिट काठ बरामद भएको हो । हिलेस्थित चाँदनी चौकमा उक्त पिकअपलाई �. . .


आज बिहान स्कुल बसलाई ठक्कर दिंदा १२ जना घाइते

मोरङ, बैशाख २७ पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको सुन्दर-दुलारीमा आज बिहान यात्रुवाहक बसले बिधार्थी बोकेको बसलाई ठक्कर दिंदा दुई बिधार्थीसहित १२ जना घाइते भएका छन्। सुन्दर-दुलारी नगरपालिका १ मा बिहान पौने ९ बजे को १ ख ४३४७ नम्बरको मकालु ईङलिस बोर्डिङ स्कुलको बसलाई पछाडीबाट आउदै गरेको को १ ख ३११० �. . .


ईलामको साखेजुङमा चट्याङ लागेर महिलाको मृत्यु

ईलाम, बैशाख २७ गते । ईलामको साखेजुङमा आइतबार दिउँसो परेको चटयाङ लागेर एक महिलाको मृत्यु भएको छ। अपरान्ह तिन बजेतिर वर्षासंगै परेको चट्याङल लागेर घरमै बसिरहेकी साखेजुङ ५ की ५० वर्षिया लिलादेवी राईको उपचारकालागी जिल्ला अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको. . .


सप्तरीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

सप्तरी, बैशाख २७ गते । सप्तरीको शम्भुनाथमा आइतबार सांझ ट्रकले ठक्कर दिएर साइकलमा सवार एक युवतीको मृत्यु भएको छ। ना ५ ख १९२४ नम्बरको ट्रकको ठक्करबाट कुशाहा १ की १७ वर्षिया मनकामना चौधरीको उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ। चौधरीलाई सांझ सवा सात बजेतिर पश्चिमबाट प�. . .