कोशी

कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै

झापा । कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका प्रदेशका करिब दुई लाख. . .


सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क�. . .


कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङकर नहुँदा सञ्चालन संकटमा

विराटनगर । कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङकर नहुँदा सञ्चालन संकटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङकर छैन । धनकुटाको निगाले सिमेन्ट उद्योग र उदयपुरको उदयपुर सिमेन्ट उद्योग बाहेकले क्लिङकर ल्याएर ग्राण्डिङ गरेपछि उत्पादन गर्नसक्दछन् । क्लिङक. . .


यी सरकारी कार्यालयले बुझाउँदैनन् विराटनगरलाई कर

विराटनगर । संविधानको अनुसूची ८ (४) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (घ) १ मा सम्पति कर र घरवहाल कर असुल्ने अधिकार स्थानीय तहलाई छ । संविधान र कानुनले स्थानीय सरकारलाई अधिकार दिएपनि विराटनगरमा सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा रहेका कार्यालयबाट सम्पति कर बुझाउन आलटाल हुने गरेको हो । सरकारको स�. . .


कोशीमा विकास निर्माणमा छैन चासो, हवाईजहाज चढ्दा ३५ लाख खर्च

विराटनगर । प्रदेशको ढुकुटी खर्च गरेर काठमाण्डौं आउजाउमा हवाई टिकटमा मात्रै कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १० लाख ९३ हजार ३३५ रुपिँया राज्यकोषबाट खर्च गरिसकेका छन् । उनको यो पछिल्लो दुई वर्षमा तेस्रोपटक मुख्यमन्त्री बनेपछिको हवाई टिकटको मात्रै खर्च हो । सरकारको ढुकुटीबाट खर्चेर ह. . .


‘वैज्ञानिकले सन्तुलित वातावरण बनाउने दायित्व लिनुपर्छ’

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउनु पर्ने बताउनुभएको छ । नेपाल जोलोजिकल सोसाइटी (नेजोस) कोशी प्रदेशले शनिवार विराटनगरमा आयोजना गरेको एक सेमिनारको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो–वैज्ञानिकहरु नि�. . .


देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । देशका पहाडी भू�. . .


कोशी प्रदेशमा ३८५ सडक पूर्वाधार पहिचान

विराटनगर । कोशी प्रदेश सरकारले ३८५ सडक पूर्वाधारको निर्माण सूची राजपत्रमा सार्वजानिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राथमिकताका योजनाको रुपमा रणनीतिक सडक सञ्जाल पहिचान र वर्गिकरण गरेर राजपत्रमा प्रकाशित गरेको हो । प्रदेश सार्वजानिक सडक ऐन २०७७ को मापदण्डमा आधारित रहि प्रादेशिक स�. . .


खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक �. . .


दशगजा वारिपारि पहेँलपुर तोरीबारी

चन्द्रकला भण्डारी/रासस झापा । मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै सीमा क्षेत्रमा ९०÷२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ । त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हा. . .


कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

झापा । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी म�. . .


उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना

कटारी (उदयपुर) । कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार केन्द्�. . .