विशेष

भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण सुस्त

जाजरकोट । जाजरकोट भूकम्पबाट पीडितहरूले साढे दुई महिना बित्दासम्म पनि त्रिपालको बास बस्न बाध्य छन् । आफैँले अस्थायी आवास निर्माण गर्न नसक्ने र सरकारले दिने भनेको अनुदान समेत समयमा नदिएका कारण पीडितहरू कठ्याँग्रिदो चिसोमा त्रिपालमुनि बस्न बाध्य छन् । अनुदानको पहिलो किस्ता पाएका पीडितहरूले समेत जन. . .


प्रधानमन्त्री दाहालद्वारा बीपी प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालको बोलावटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव ड�. . .


अत्यधिक चिसो बढ्न थालेपछि विराटनगरका विद्यालय तीन दिन विदा

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था तीन दिन विदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरले माघ ३,४ र �. . .


दुई वर्षपछि सेयर बजारमा उच्च, कारोबार ८ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार कारोबार दुई वर्षयताकै उच्च भएको छ । मंगलबारको कारोबार ८ अर्ब नाघेको छ । नेप्से सूचक ५४.५४ अंकले बढेर २१७५.१७ पुगेको छ । नेपाल स्टक एक्सचेन्जको रेकर्डअनुसार २०७८ माघ ४ पछि हालसम्मकै उच्च कारोबार भएको हो । बैंकहरुको ब्याजदर घटेको असर सेयर बजारमा परेको हो । १४ कम्पनीको सेयरमा सर्किटस. . .


आन्दोलनका कारण बीपी प्रतिष्ठानको उपचार सेवा प्रभावित

विराटनगर । चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ । चिकित्सक र कर्मचारीहरु आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । ‘रेफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठ�. . .


झापाको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते

झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर- ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन् । स्कुलले आज आयोजना गरेका खेलकूद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास भरिएकोसो सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरि. . .


निमोनियाबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने?

काठमाडौं । जाडो मौसम स्वास्थ्यको दृष्टिकोणले बालबालिका र वृद्धवृद्धाका लागि निकै जोखिमपूर्ण हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र जेष्ठनागरिकलाई यो मौसममा फोक्सोको संक्रमणका कारण निमोनियाको जोखिम हुन्छ । निमोनियासँगै श्वासप्रश्वाससम्बन्धी अन्य रोगले पनि शरीरमा चाँडै आक्र�. . .


आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं । वि.सं १९९० माघ २ गते गएको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ । माघ २ गतेदिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालद�. . .


मौसम पूर्वानुमान : यस्तो छ वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारहाल बंगलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण मंगलबार विहान देशका पहाडी भूभागहरूमा आंशिक बदली हुनेछ भने तराईका अधिकांश स्थ�. . .


डिजेल र पेट्रोलको मूल्य १ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले मंगलबार विहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँ मूल्य घटाएको हो । जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्. . .


पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरूको उस्तै छ पीडा

पोखरा ।  माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउनुहुने जा�. . .


आज माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा

काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् । सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ �. . .