काठमाडौँ, मङ्सिर २३ गते । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको भन्दै निर्वाचनमा विभिन्न समूहक�. . .
दश दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलोपटक मन्त्रिपरिषदको बैठक डाक्नुभएको छ । बेठक अपरान्ह चार बजे बस्ने गरि बोलाइएको हो। एपेन्डिसाइटिसको शल्यक्रियापछि शुक्रबार डिस्चार्ज हुनुभएका प्रधानमन्त्री ओलीले बिस्तारै काममा फर्किन अग्रसरता देखाउनुभए बमोजिम बैठक डाकिएको जनाइए. . .
एजेन्सी काठमाडौं, मङ्सिर २३ गते । ३४ वर्षिया, सान मरिन । फिनल्याण्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदैछन् । गठबन्धनको सरकारलाई मरिनले नेतृत्व गर्नुहुनेछ । फिनल्याण्डका प्रधानमन्त्री एन्ट्टी रिन्नले राजिनामा गरेपछि यसै साता सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई प्रधानमन्त्रीको रुप�. . .
विकास घिमिरे धनकुटा २३ मंसिर । धनकुटाको हिलेमा आगामि मंसिर २६ गतेदेखि ३० गतेसम्म धनकुटा गोल्डकप आयोजना हुने भएको छ । हिले फुटवल क्लवले सोमवार धनकुटामा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो । स्थानीय हिले खेल मैदानमा हुने प्रतियोगितामा पूर्वका विभिन्न ८ टोलीको सहभागीता रहने छ । आयोजकको . . .
काठमाडौं, मङ्सिर २३। नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को बक्सिङ्ग विधातर्फ २० वर्षपछि स्वर्ण पदक जितेको छ । बक्सर मीनु गुरुङ्गले भारतीय बक्सरलाई पराजित गरेर स्वर्ण पदक जित्नुभएको हो । उहाँले भारतीय बक्सर शिक्षालाई ५४ किलो तौल समूहमा हराएर स्वर्ण जित्नुभयो । मीनुको स्वर्णसँगै नेपालले तेह. . .
ईलाम । ईलामको सुर्योदय नगरपालिका ५ अन्तुडाँडामा आगलागी हुँदा २६ लाख बराबरको क्षती भएको छ । आज बिहान मानबिर तामाङको दुईतल्ले काठ सिमेन्ट र टिनको छानोले बनेको फ्याफुल्ला होमस्टेमा बिधुत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । आगलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद पाँचल�. . .
काठमाडौँ, मङ्सिर २३ गते । साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला �. . .
गौशाला, मङ्सिर २३ गते । चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीह घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ । गौशाला नगर�. . .
लहान, मङ्सिर २३ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स।६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स।१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसा�. . .
सुरेशकुमार यादव काठमाडौं मंसिर २३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो बस्ने बैठकमा उपनिर्वाचनका समिक्षा लगायत स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबारे छलफल हुने बताइएको छ । सचिवालयमा प्रस्तुत हुने एजेण्डाको बारेमा पार्ट�. . .
खोटाङ । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति अज्ञात समूहले आगलागी गरेको छ । आगलागीबाट गाडी ध्वस्त भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटन. . .
चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् । जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार . . .