बिराटनगर असोज १३, बिराटनगरमा एक्टिभ फिजियोथेरापी एण्ड वेलनेश सेन्टर संचालनमा आएको छ । उक्त सेन्टरको आईतबार बिराटनगरका मेयर भिम पराजुलीले उद्घाटन गरेका थिए । बिराटनगरको तीनपैनी चोकमा रहेको उक्त सेन्टरमा फिजियोथेरापी समन्धी सम्पूर्ण सेवा उपलब्ध हुने सेन्टरका संचालक डा. प्रजित पौडेलले जानकारी दिए �. . .
काठमाडौं । आजदेखि देशका विभिन्न भागमा मौसममा केही सुधार देखिए पनि कतिपय स्थानमा भने अझै सामान्य बदलीको अवस्था रहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशका कतिपय स्थानमा आउँदो बुधबारसम्म नै सामान्य बदली हुन सक्ने जनाएको छ । आगामी २४ घण्टामा कतिपय स्थानमा मेघ गर्जन र चट्याङको समेत खतरा भएकोले सामान्य सत. . .
लहान । अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाकासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले ३५० प्याकेट पटाकासहित सिरहाको सुखिपुर नगरपालिका ९ निवासी २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २७ वर्षीय सविर खानलाई पक्राउ गरेको हो ।. . .
ओखलढुंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालय सदस्य अशोक थापाले आफ्नै पार्टीका वडाअध्यक्षमाथि कुटपिट गरेका छन् । शनिबार बेलुका पार्टीको आन्तरिक विवादकाकारण थापाले चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र वस्नेतलाई गिलास प्रहार गरेका हुन् । गिलास प्रहारबाट बस्नेतको आ�. . .
विराटनगर असोज । सेन्ट्रल मलले उपभोक्ता लक्षित उपहार योजनाको पहिलो बम्पर उपहार घोषणा गरेको छ । एकजना भाग्यमानी बिजेताले मोटरसाइकल जितेका छन् । आइतबार गरिएको बम्पर उपहारमा क्रितु आरकेले यामाहाको मोटरसाइकल जित्न सफल भएका छन् । मलमा नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलमा खरिद गर्ने ग्र. . .
बिराटनगर, १३ असोज । नोबेल शिक्षण अस्पतालमा देशभरका ७० जना डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण दिईएको छ । ईण्डियन एकेडेमी अफ कार्डियोग्राफीसँग सहकार्य गरेर नोबेल शिक्षण अस्पतालले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा देशभरका १५ अस्पतालमा कार्यरत ७० जना डाक्टर सहभागि थिए । �. . .
विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् । [caption id="attachment_96789" align="alignnone" width="1800"] मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान्वयनसँग�. . .
रंगेली । लक्ष्मी बैंकले मोरङको पुरानो सदरमुकाम रंगेलीमा शाखा सञ्चालनमा ल्याएको छ । आइतवार बैंकले विशेष कार्यक्रम गरी रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाबाट शाखाको उद्घाटन गरेको हो । ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथ साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥य�. . .
काठमाडौ । सरकारले दशैँको मुखमा बीपी राजमार्गमा दस्तुर संकलनको काम सुरु गरेको छ। बढ्दो सवारी चापका कारण सडकको अबस्था जीर्ण बन्दै गएपछि सरकारले मर्मत गर्नका लागि बीपी राजमार्गमा दस्तुर उठाउन थालेको खबर आजको समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन्। सडक विभागअन्तर्गतको सडक बोर्डले तीनपटक त�. . .
झापा । प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव न. . .
भूमिका पाख्रिन विराटनगर । मोरङ जिल्ला डोरीतान संघको आयोजनामा बुढिगंगा गाँउपालिकास्थित मनमोहन स्मृति प्रतिष्ठानमा नेपालीहरुको महान चाड विजया दशमीको अबसर पारेर शुभकामना आदान प्रदान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाइल्. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आज दिउँसो टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको �. . .