बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।. . .
काठमाडौँ, चैत २० गते । आगामी पञ्चवर्षीय योजना निर्माणमा जुटेको राष्ट्रिय योजना आयोगले बुधबार र बिहीबारका लागि राष्ट्रिय विकास परिषद् बैठक आयोजना गर्दैछ । बैठकमा समृद्ध नेपाल र सुखी नेपालीको मूल लक्षसहित दीर्घकालीन सोचको १५ औँ योजनाको आधारपत्रलाई अन्तिम रूप दिइने आयोगले जनाएको छ । दीर्घकालीन सोचस�. . .
फिदिम, चैत २० गते । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौध�. . .
मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ । मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करो�. . .
बिराटनगर चैत्र २० , युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सोह्र वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिताको लागि प्रदेश १ को टिम घोषणा भएको छ । प्रदेश १ को टिममा दिपेश कडेल (कप्तान) , सकिब अन्सारी , समिर कार्की . . .
बिराटनगर चैत्र २० , बिराटनगरमा बालबालिकाको लागि कार्निभल आयोजना हुन लागेको छ । किड्लसको आयोजनामा बिराटनगरको होटेल नमस्कारमा चैत्र २३ गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम शनिबार दिउसो १२ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने आयोजकले जनाएको छ । उक्त कार्निभलमा बिभिन्न बालबालिका मैत्री �. . .
भद्रपुर, चैत २० गते । झापामा पहिलोपटक कनकाई नगरपालिकाले नगरका नौ वटै वडाको ऐलानी जग्गाको लगत सङ्कलन शुरु गरेको छ । वर्षौँदेखि जोतभोग गरिरहेका तर लालपुर्जाविहीन जग्गाधनीलाई सो वितरणका लागि ऐलानी जग्गाको लगत सङ्कलन गरिएको हो । नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरका ११ हजार घरधुरीमध्ये पाँच हजार ब�. . .
चाँदनी हमाल काठमाडौँ, चैत २० गते । बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उहाँले थप्नुभयो, “के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी आयो ।” यो सि. . .
नारद गौतम काठमाडौंँ, चैत २० गते । बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मङ्गलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्त�. . .
काठमाडौं चैत्र २० । आज देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिक तथा सामान्य बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने आंशिक बदली हुने जनाइएको छ । देशको पुर्वी र मध्य भूभागका केही स्थान तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको . . .
झापा, चैत्र १९ गते । प्रदेश नम्बर १ सरकारको बिनियोजित बजेटबाट निर्माण हुने इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको आज शिलान्यास भएको छ । ३ करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको नयाँ भवनको आज प्रदेश नम्बर १ का माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले एक कार्यक्रम. . .
बिराटनगर चैत्र १९ , हरेक आमाबुबालाई आफ्नो सन्तानको पहिलो जन्मदिन धुमधामका साथ मनाउने रहर हुन्छ। पार्टी प्यालेस वा होटेल नै बुक गरेर पनि मनाएको देखिन्छ तर बिराटनगरका एक युवाले आफ्नो सन्तानको पहिलो जन्मदिन बिराटनगरको बिराटेश्वर बृद्धआश्रममा बृद्धहरुलाई मिठो खान ख्वाएर मनाएका छन् । बिराटनगरका भुव�. . .