Admin_OB

विराटनगरमा लगाइएको श्रीमदभागवत ज्ञान महायज्ञमा ३७ लाख संकलन

विराटनगर असोज ९, दाहाल प्रतिष्ठान विराटनगरमा राधाकृष्ण आध्यात्मिक प्रतिष्ठान बराहक्षेत्र प्राचीन हरिद्वार चतराधामको अक्षयकोष स्थापनार्थ लगाइएको श्रीमदभागवत ज्ञान महायज्ञमा ३७ लाख संकलन भएको छ । भदौ ३० गतेदेखि असोज ७ गते सम्म भएको महायज्ञ लगाउने कार्यमा पाँच लाख खर्चसमेत भएको सहआयोजक इन्दिरा र�. . .


पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी

गौर असोज ९ । रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना भएको मुद्धा अनुसन्धान गर्न बोलाउँदा नआएपछि जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । गत भदौ ९ गते लाल बकैया नदीमा बन्दै गरेका पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना पाँच जनाको मृत�. . .


विराटनगरको कोशी अस्पतालमा १४ जनालाई नियुक्ति

बिराटनगर असोज ९। विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा प्रदेश सरकारका मन्त्रीको ठाडो आदेशमा १४ जनालाई नियुक्ति दिइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको ठाडो आदेशमा अञ्चल अस्पतालमा १४ कर्मचारीलाई नियुक्ति दिइएको हो । मन्त्री घिमिरेका निजी सचिव हिक्मतबहादुर बस्नेतले नियुक्तिका ल. . .


प्याब्सन विराटनगरको अध्यक्षमा इन्द्र कुमार राई निर्वाचित

विराटनगर असोज ९ , निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर समिति विराटनगरको अध्यक्षमा मोर्डन एरा स्कूलका संस्थापक निर्देशक इन्द्र कुमार राई निर्वाचित भएका छन् । उनले विराटनगरस्थित जेसी बाल सदन स्कूलका अध्यक्ष मदन भट्टराईलाई ८ मत अन्तरले पराजित गरि अध्यक्षमा निर्वाचित भएका हुन् । यस. . .


झापामा चार बर्षिया बालिका बलात्कृत , २१ वर्षीय युवकलाई पक्राउ

दमक असोज ९ । झापामा चार बर्षिया बालिका बलात्कृत भएकी छन् । चार वर्षीया नाबालिकालाई बलात्कार गरेको उजुरीको आधारमा हल्दिबारी १३ जलथलका २१ वर्षीय युवकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् । बालिकालाई ती युवकले आईतबार दिउँसो साईकलम. . .


धरानमा एड्रिन प्रधान सहितको लाइभ कन्सर्ट हुने

बिराटनगर असोज ९ । सुनसरीको धरानमा लोकप्रिय  ‘१९७४ एडी’ ब्यान्डको  प्रस्तुति हुने भएको  छ । धरानस्थित पब्लिक स्कुलमा आयोजना हुने एक कार्यक्रममा असोज १३ गते ब्याण्डले प्रस्तुती दिने भएको हो । ‘द ओर्जीनल डिओ’नामक उक्त कार्यक्रम इटहरीको कक्टेल एण्ड ड्रिम्स बारले आयोजना गर्न लागेको हो । जागरण इन्टरटेन�. . .


पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ मेची र कोशी राजमार्गसँग जोडियो

काठमाण्डौ असोज ९ । २०६६ मा निर्माण सुरु भएको दोभान तमोर नदी माथिको पुल १० वर्ष पछि सञ्चालनमा आएको छ । सोमबार देखि पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ मेची र कोशी राजमार्गसँग जोडिएको छ । ठूला तथा साना सवारीसाधन पुलबाट गुड्न सुरु भएको उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्षले जानकारी दिएका छन् । पुल बनेसँग. . .


बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

नवलपरासी । नवलपरासीमा एक युवकले आफुसँग बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् । जिल्लाको पुर्वी कावासोती नगरपालिका १६ हरबासी स्थित ३६ विमल श्रीपालीले स्थानिय ३० वर्षीया बसन्ती परियारलाई गएराति एसिड र छुरा प्रहार गरेको नवलपरासी प्रहरीले जनाएको छ । स्थानियका अनुसार विमलले के. . .


सन्दीप लामिछानेले टी टेन लिग खेल्ने , केरला किंग्सले किन्यो संदिपलाई

काठमाडौं असोज ९ । युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने भएका छन् । गत वर्षबाट शुरु भएको टी टेन लिगको दोस्रो संकरणमा सन्दीपले साविक विजेता केरला किंग्स्बाट खेल्न लागेका हुन् । सन्दीपको टालीको इयान मोर्गान (कप्तान), सोहिल तानबीर, किरण पोलार्ड, क्रिस गेल, पाउल स्टर्लिङजस्ता खेलाडी छन् । “केरला क�. . .


मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु

काठमाडौं (रासस)। मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले सोमबार जनाएको छ । दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ ज�. . .


स्कुल बस दुर्घटना : चालकसहित २४ जना विद्यार्थी घाइते

दाङ असोज ९ । स्कुल बस दुर्घटना हुँदा दाङको तुलसीपुरमा २४ जना घाइते भएका छन् । तुलसीपुर घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर–६ हात्तीखौवा कल्भर्ड नजिकै स्कुल बस दुर्घटना हुँदा चालकसहित २४ जना विद्यार्थी घाइते भएका छन । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये चालक तुलसीपुर–११ का तिलक डीसी र व�. . .


प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

न्यूयोर्क (रासस) । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा �. . .