इनरुवा, ५ माघ : सुनसरीको धरान उपमहानगरपालिका-८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । कोशी राजमार्गअन्तर्गत धरान-८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुच�. . .
रत्ननगर, चितवन, ५ माघ : चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा गएराति सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् । गएराति ८ बजे लक्ष्मण महतोका ३३ वर्षीया छोरा किरण महतो आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खाटमा सुतिरहेका उनला. . .
बैतडी, माघ ५ गते । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ । स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक . . .
विराटनगर माघ ५, बिराटनगरमा विराटनगर जुनियर जेसिजद्वारा आयोजित टेस्टी-टेस्टी अन्तर बिद्यालय हाजिरी जवाफको २२औ संस्करणको उपाधी मोर्डन एरा स्कूल बिराटनगरले जितेको छ । विराटनगरको बिरेन्द्र सभा गृहमा भएको फाइनल चरणको खेलमा मोर्डन एराले जित हासिल गरेको हो। उपाधीसँगै मोर्डन एरा स्कुलले १५ हजारका नगदका . . .
मोरङ, माघ ४ गते। जिल्ला प्रहरी कार्यालय मोरङ तथा सामुदायिक सेवा केन्द्र तिनपैनीको सक्रियतामा गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानको सहयोग स्वरूप प्राप्त १०० थान न्यानो कम्बल बिहीबार दिउँसो बितरण गरेको छ। उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक अरूण क�. . .
विराटनगर-१५ र १२ बाट लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सुनसरी धरान-८ बस्ने १८ बर्षिय राकेश प्रधान, मोरङ पथरी नगरपालिका-१० बस्ने १८ बर्षिय जेनिस थापा र मोरङकै सुन्दरहरैचा नगरपालिका-६ बस्ने१८ बर्षिय सागर प्रसाईलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट लागूऔषध एभिल-१० ए�. . .
मोरङको बेलबारी नगरपालिका-९ भाउन्नेमा मे ८ प ९६०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक विराटनगर-१३ बस्ने ३१ बर्षिय सबिन पोखरेल घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।. . .
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल ६ स्थान माथी उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लेको हो । फिफाको नयाँ वरियतामा नेपाल १६५ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १७१ औं स्थानमा रहेको थियो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको �. . .
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापास्थित झिलझिले शाखाको बिहीबार उद्घाटन भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विधिवत उद्घाटन गरेका हुन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षे�. . .
ईलाम सदरमुकामस्थित ग्रिनभ्याली एकेडेमीमा अध्ययनरत विद्यार्थीले हेलिकप्टर बनाएर परीक्षण उडान गरेका छन्। कक्षा ७ मा अध्ययनरत रेहान्स झा, आदित्य ताम्राकार र नवीन तामाङले मिलेर हेलिकप्टर बनाएका हुन्। हेलिकप्टरको विद्यार्थीले विद्यालय परिसरमा परीक्षण उडान गरेका थिए। ‘दुई हप्तादेखि निरन्तरको प्रय�. . .
धनकुटा, माघ ४ गते । धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा कफ्र्यु जारी गरेको छ । बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको कार्यक्रम शुरु . . .
मोरङ, रासस । मोरङका १५ स्थानीय तहमा दमकल छैन । झट्ट आगलागी हुँदा निभाउने यन्त्र नै नभएपछि जिल्लावासी अन्य जिल्लामा दमकल बोलाउन बाध्य छन् । बाँकी दुई स्थानीय तहमा बारुणयन्त्र छन् । बेलबारी, सुनवर्सी, लेटाङ, उर्लाबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र जहदा, धनपालथान, मिक्लाजुङ, केरावारी, ग्रामथ�. . .