Bivek_OB

पाँचथर अस्पतालमा आइसियु र भेन्टिलेटर जडानका लागि दुई करोड बजेट

फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङको पहलमा अ. . .


सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो

गत साता निरन्तर घटेको सुनको भाउ आइतबार भने सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज (आइतबार) तोलामा ३ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको . . .


कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४५ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४५ लाख ८७ हजार ५१३ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ३३ हजार ५५६ को मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ . . .


गायक नन्दु गुरुङको “प्रिय तिमीमा” को भिडियो सार्वजनिक

गायक नन्दु गुरुङको "प्रिय तिमीमा" को भिडियो सार्वजनिक भएको छ । गितकार राम प्रसाद गुरुङको शब्द, नन्दु गुरुङको स्वर र संगीतमा सजिएको प्रिय तिमीमा संगीत संयोजन भने अशोक थापाले गरेका छन् । गित दमकको काव्य रेकर्डमा रेकर्डिङ गरिएको हो भने भिडियो  निर्देशन देव गुरुङले गरेका हुन् । क्यामेरामा अर्जुन सेन्च�. . .


धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको शुक्रबार राति करिब साढे ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । शवको ब्यबस्. . .


लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात

प्रहरीले कृष्णगनरको लक्ष्मीनगरमा लकडाउनको बेला युवालाई मास्क लगाउन आग्रह गर्दा दुई प्रहरीमाथि हातपात भएको छ । स्थानीय दुई दर्जन युवाले प्रहरीमाथि दुव्र्यवहार र हातपात गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । घटनामा गाडीचालक प्रहरी हवल्दार दीपक श्रेष्ठ साम�. . .


विद्यालयमा जुवातास खेल्ने विद्यालयका प्रधानाध्यापकसहित ११ जना पक्राउ

विद्यालयमा जुवातास खेल्ने विद्यालयका प्रधानाध्यापकसहित ११ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो खैरहनी नगरपालिका वडा नम्बर-२ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय खैरहनीको टोली विद्यालयमा पुगेको थियो । विद्यालयको कक्षाकोठामा जुवातास खेलिर�. . .


भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ७७ हजार २६६ कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ७७ हजार २६६ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० संक्रमित थपिएका थिए । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ५२९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५७ कोरोना संक्रमितको मृ. . .


लिभरपुलद्वारा लियोनल मेस्सीलाई आफ्नो क्लवमा भित्र्याउने दौडमा नरहेको स्पष्ट

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले लियोनल मेस्सीलाई आफ्नो क्लवमा भित्र्याउने दौडमा नरहेको स्पष्ट पारेको छ । क्लबका प्रशिक्षक योर्गेन क्लोपले मेस्सी अनुबन्धको दौडमा आफुहरु नरहेको प्रष्ट पारे ।उनले अर्जेन्टिनी फरवार्ड प्रिमियर लिगमा आउनु सुखद हुने बताए । मेस्सीले बार्सिलोना छोड्ने निर्णय गरेपछ. . .


बेलबारीमा मादक पदार्थ सेवन गरि युवाहरुमा झडप , एकको मृत्यु

मोरङको बेलबारी ५ कसेनीस्थित लोहन्द्र पुलमा स्थानीयबीच भएको झडपमा शुक्रबार एक जनाको मृत्यु भएको छ । उक्त झडपमा घाइते भएका स्थानीय ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ४ जना घाइते भएका छन् । घाइतेको विराटनगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी मोरङका प्र�. . .


विश्व कोरोना अपडेट : कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख नजिक

विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४२ लाख ९९ हजार ९२३ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख २७ हजार ७३० को मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशक. . .


प्रदेश न. १ का केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार (आज) प्रदेश न. १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर सामान्यतया बदली रही केही  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का. . .