आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अङ्कले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अङ्कले उकालो लागेर ४२१.�. . .


साउन १५ : दूधको माग उच्च

काठमाडौं । आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो । नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पु¥या. . .


आयल निगमको निजीकरण हल्ला कि यथार्थ ?

काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ पुरानै विषय हो । यो मूल्यको घटबढले पारेको प्रभावले यहाँको अरु क्षेत्रलाई पनि असर गर्ने गर्दछ । त्यसैले यो मूल्यको घटबढ सदनदेखि सडकसम्मै सधैँ चर्चाकै विषय बन्ने गर्दछ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा बहुक्षेत्रमा प्रत्यक्ष असर हुने भएकाले सामान्य . . .


हिमाल दोलखाको शेयर कारोबारमा रोक

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले शेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद शेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त जानकारी दिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देश�. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर दुई हजार १९५.१० मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७२ अङ्कले ओरालो लागेर ४१९.२० मा पु�. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.९५ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.२०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनक�. . .


मोरङमा ८४ प्रतिशत पुँजीगत खर्च

विराटनगर । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालयअन्तर्गत रु.५५ अर्ब १२ करोड ९७ लाख छ हजार आठ सय ८१ खर्च भएको विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो खर्च पुँजीगत प्रगतितर्फ ८४ दशमलव ८३ प्रतिशत हो । सो अवधिमा रु.६४ अर्ब ९८ करोड ५१ लाख छ हजार पा�. . .


दिक्तेल रुपाकोट मझुवागढीमा सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा सवारीसाधन मर्मत र इन्धन खरिदमा रु एक करोड सात लाख ४० हजार एक सय ३९ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले सवारीसाधन मर्मतमा रु ५३ लाख ५८ हजार छ सय ५४ र इन्धन खरिदमा रु ५३ लाख ८१ हजार चार सय ८�. . .


यसरी बन्यो बलराम आचार्यको दिमागमा गोर्खा डिर्पामेन्ट स्टोरको ‘कन्सेप्ट’

विराटनगर । डिपार्टमेन्ट स्टोरको कुनै ‘कन्सेप्ट’ नै नभएको बेला पूर्वाञ्चलमा २०५६ साल असार २ गते इटहरीमा खुलेको गोर्खा डिपार्टमेन्ट स्टोर अहिले चार शहरमा शाखासहित सञ्चालनमा छ । गोर्खा ग्रुप बनाएर व्यापारी बलराम आचार्यले उपभोक्तालाई एउटै छाना भित्र किनमेलको वातावरण सिर्जना गरेका हुन् । पूर्वमा डिप. . .


पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राजस्व बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८/७९ मा सरकारले पेट्रोलियम पदार्थको आयात�. . .


सयपत्री हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्त. . .


बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ८०० ले बढेर रु. ९४ हजार ८०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९४ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. . . .