कोशी

अलैँची सुकाउँदै किसान (तस्बिरसहित)

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै । कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ । ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची यहाँका किसानको आम्दानीको . . .


भोटेकोशी बाढीमा हराइरहेका १० जनाका आफन्तले सोलुखुम्बुमा दिए डीएनए नमुना

सोलुखुम्बु । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका तथा हालसम्म आफन्तको सम्पर्कमा नआएका नागरिकको पहिचानका लागि सोलुखुम्बुका १० जना हराइरहेका व्यक्तिका आफन्तले डीएनए परीक्षणका लागि नमुना दिएका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका �. . .


आजको मौसम अपडेटः कोशी प्रदेश सहित देशका विभिन्न स्थानमा भारी वर्षा हुने

विराटनगर । आज कोशी सहित बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू(भाग, कर्णाली प्रदेशको पहाडी भू(भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू(भागको एक(दुई स्थानमा भारी वर. . .


प्रदेशस्तरीय हस्तलेखन र चित्रकला प्रतियोगितामा ग्रीन पिस स्कुलको सफलता

विराटनगर । विराटनगर–६, मोरङस्थित ग्रीनपिस एकेडेमीका विद्यार्थीले प्रदेशस्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशद्वारा आयोजित प्रतियोगितामा विद्यालयका दुई विद्यार्थीले फरक–फरक विध�. . .


मोरङमा २९ दाताबाट एककरोड ५८ लाख राहतमा योगदान

विराटनगर । रसुवाको भोटेकोशी बाढीबाट पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि मोरङ जिल्लाका विभिन्न उद्योगी, व्यवसायी, सामाजिक सङ्घसंस्था र व्यक्तिगत दाताहरूबाट १ करोड ५८ लाख ९४५ रुपैयाँ राहत सङ्कलन भएको छ । यसैगरी एघारलाख ४१ हजार रुपैँयाको सामाग्री समेत संकलन भएको छ । सार्वजनिक गरिएको विवरण अनुसार स�. . .


भोटेकोशी विपद्पीडितका लागि रक्तदान, ६० पाउण्डभन्दा बढी रगत सङ्कलन

इनरुवा । भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि मधेस युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ६० पाउण्डभन्दा बढी रगत सङ्कलन भएको आयोजक संस्थाका उत्तम कार्कीले जानकारी दिए। विपद्का समयमा घाइते तथा बिरामीलाई आवश्यक पर्ने रगतको अभाव. . .


विराटनगरको रथयात्रामा संकलित भेटी भोटेकोशी बाढीपीडितका सहयोग गरिने

विराटनगर । विराटनगरमा हिजो सम्पन्न ऐतिहासिक ९५औँ श्रीराधाकृष्ण रथयात्राका क्रममा संकलन भएको भेटी रकम गणना गर्न थालिएको छ । रथयात्राका क्रममा संकलित भेटी श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका पदाधिकारी तथा स्वयंसेवकहरूले अहिले मन्दिरमा गनिरहेका छन् । रथयात्रा मूल समारोह समितिका संयोजक कैला�. . .


राधाकृष्ण रथयात्रामा भएको फोहोर नेपाल फुलबारी बाट राता रात सफाई

विराटनगर । नेपाल फूलबारी वेस्ट थ्री आर पोलिशन कन्ट्रोल सर्भिस प्रालीले विराटनगर आइतबार सम्पन्न भएको ऐतिहासिक रथथात्रापछि विराटनगमा भएको फोहर उठाएको छ । रथयात्रामा भक्तजनको लागि विभिन्न संस्थाले पानी र जुसलगायत निशुल्क वितरण गर्दै विराटनगरको सडकमा पानीका वोतल,गिलासलगात फोहर नेपाल फूलबारी वेस्. . .


अघिअघि रथयात्रा, पछिपछि सफाईसाफ

विराटनगर । राधाकृष्ण रथयात्राको ५९ औं संस्करणमा यस पटक सरसफाईलाई विशेष प्राथमिकता दिइएको छ । आस्था र श्रद्धापूर्वक सहभागी हुन आएका भक्तजनलाई पानी, सर्वत तथा पर्साद वितरण हुँदा उत्पादन हुने फोहोरलाई तत्काललै संकलन गरेर व्यवस्थापन र बिर्सजन गरिने भएको हो । राधाकृष्ण रथयात्रा फोहोर व्यवस्थापन उपसमि�. . .


राधाकृष्ण रथयात्राका क्रममा यी रुटबाट हुन्छन् सवारी बाइपास

विराटनगर । राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि ४ बाइपास रुट तयार पारिएको हो । तर, यस पटक तीनपैनीबाट ट्राफिकसम्म रथ नआउँदासम्म कोशी राजम�. . .


विराटनगरमा रथयात्राका लागि एकिकृत सुरक्षा योजना, प्रहरीको बडीदेखि आकाशसम्म क्यामरा

विराटनगर । राधाकृष्ण रथयात्रालाई लक्षित गर्दै स्थानीय प्रशासनले एकिकृत सुरक्षा योजना तयार पारेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार यो योजना अनुसार एक हजार ४०० प्रहरी राधाकृष्ण रथयात्राका लागि परिचालन गरिनेछ । जसमा नेपाल प्रहरीका एक हजार र सशस्त्र प्रहरीका चार सयजना �. . .


कोशीका विभिन्न सहरमा आज रथयात्रा, विराटनगरमा मात्रै पाँच लाख भक्तजन आउने अनुमान

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने राधाकृष्ण रथयात्रा कोशी प्रदेशका विभिन्न सहरमा शनिबार निकालिँदै छ । विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदै छ भने इटहरी, दुहबी लगायतका सहरमा पनि रथयात्राको तयारी गरिएको छ । विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुन�. . .