कोशी

जीर्ण भवन छोडेर भाडाको घरमा सर्दै मोरङ ट्राफिक

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको विराटनगर ट्राफिक चौकस्थित भवन जीर्ण भएपछि भाडामा भवनमा सरेको छ । बस्नै नहुने भवनमा जेनतेन ट्राफिक प्रशासन चलाउँदै आएपनि अति जीर्ण भएपछि भाडाको भवनमा सारिएको हो । विराटनगर–९ ट्राफिक चौकबाट विराटनगर–२ स्थित भाडाको घरमा सार्ने काम धमाधम भईरहेको ट्रा�. . .


गाँजा बोकेका दुईवटा कारसहित चारजना विराटनगरबाट पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती लागुऔषध नियन्त्रण ब्यूरो कोशी प्रदेश प्रहरी कार्यालयको टोलि र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलिले जेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी का�. . .


बेलायतबाट ट्रान्सपोर्ट\ट्राफिक इन्जिनियरिङ्गमा मास्टर गरेका विराटनगरका युवाले गर्दैछन् ट्राफिक लाइटमा एआई प्रयोग

विराटनगर । विराटनगरको बरगाछीमा प्रदेश सरकारले जडान गरेको ट्राफिक लाइट सञ्चालनमा छ । त्यस बाहेक विराटनगर महानगरपालिकाले नगरका पाँच स्थानमा ट्राफिक लाइट जडान गरिरहेको छ । यसको भौतिक प्रगती करिब ९५ प्रतिशत सम्पन्न भएको छ । कन्चनबारी, घाँस चौक, रोडशेष, जलजला, तीनपैनीमा जडान भईरहेका ट्राफिक लाइटमा  एआई प�. . .


मौसम पूर्वानुमा : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, �. . .


कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो। माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थि�. . .


राष्ट्रिय बाल दिवसमा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम सम्पन्न

विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयले राष्ट्रिय बाल दिवसको अवसरमा "बालबालिकासँग मुख्यमन्त्री" कार्यक्रम भव्यताका साथ आयोजना गरेको छ। नेपाल स्काउट कोशी प्रदेशका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री ह�. . .


विराटनगर–१० संसारी माईस्थानको जग्गा मन्दिरकै नाममा रहने सर्वोच्चको ठहर

विराटनगर । विराटनगर–१० (साविक विराटनगर–१३) स्थित संसारीमाई मन्दिरको जग्गा घुमाईफिराई माईस्थानकै नाममा हुने सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्च अदालतको भदौ २४ गतेको फैसलाले माइस्थान मन्दिरका नाममा जग्गा कायम हुने ठहर गरेको हो । यद्यपी फैसलाको पूर्ण पाठ भने आएको छैन । भानु मोरङ साँस्कृतिक स�. . .


श्रीमतीलाई स्तन क्यान्सर, तीन वर्षका छोराको रेखदेख गर्न विदेशबाट फर्किए श्रीमान

विराटनगर । धनकुटाका केशव दाहाल तीन वर्षका छोरा र श्रीमती छोडेर कमाउन विदेश गए । ‘छोराको स्याहार गर, म केहि कमाउँछु’ श्रीमती आकृति गौतमलाई भन्दै गएको १७ महिनापछि उनको विदेशमै मुटु फुट्ला जस्तो खबर पुग्यो । श्रीमती आकृतिको स्तनमा सानो गाँठो निस्कियो । विस्तारै बढ्दै गएर पानी जमेपछि उनी अस्पताल पुगिन् ।. . .


थाहै नपाई अर्कैको ऋणमा बैंक ग्यारेन्टी

विराटनगर । मोरङ बेलबारी–३ का प्रताप थापाले नौ वर्ष अगाडी सनराइज बैंक (हालको लक्ष्मी सनराइज बैंक) विराटनगर शाखा बाट गाडी खरिद गर्न ऋण (लोन) लिएका थिए । बैंकको कर्जामा ग्यारेन्टी छोरा प्रभाष थापालाई राखे । गाडीको लोन चुक्ता गरे, आफ्नै नाममा गाडी पास भयो । त्यसपछि लक्ष्मी सनराइज बैंकसँग कारोबार भएको थिएन । �. . .


राष्ट्रसेवक बचत तथा ऋण सहकारी अध्यक्षमा पुनः काफ्ले

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जीवन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न २६ औँ बार्षिक साधारणसभाले काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति र तीन सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तुलसीनारायण अधिकारी¸ सचिवम�. . .


मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हुनेछ वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, मधेस, ब. . .


मौसम पूर्वानुमान : यी चार प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट�. . .