कोशी

धनपालथान बालिका मृत घटना, काका विरुद्ध जर्बरजस्ती करणीपछि हत्या आरोपमा अनुसन्धान

विराटनगर । ओछ्यानबाटै उठाएर काका नातामा पर्नेले सात वर्षीया बालिकालाई जर्बरजस्ती करणीपछि हत्या गरेको खुलेको छ । असार १४ गते शनिबार बिहान ४ः४५ बजे धनपालथान गाउँपालिका ५ रंगपुर वैरियास्थित दुर्गा आधारभुत विद्यालय नजिक मृत फेला परेकी सात वर्षीया बालिकामाथि जर्बरजस्ती करणीपछि हत्या भएको खुलेको हो । �. . .


विराटनगरमा धान दिवस : दरैयामा महानगरद्वारा सामूहिक रोपाँई

विराटनगर । विराटनगर महानगरपालिकाले सामूहिक धान रोपाइँ आयोजना गरेको छ । २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर आइतबार विराटनगर–१६ को दरैयामा उपप्रमुख शिल्पा निराला कार्कीसहित रोपाँईमा सरिक भएका हुन् । महानगरको कृषि तथा पशुपंक्षी विकास शाखाले स्थानीय दरैहिया कृषि सहकारी संस्थासँगको साझेदारीमा धान . . .


कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

काठमाडौँ । कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो । प्रदे�. . .


कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्ल�. . .


ओबी र नागरिकबीच डिजिटल सहकार्यका आयाम

आवर विराटनगर डट नेटले १३ वर्षको सुखद यात्रा पुरा गरेर १४ वर्षमा प्रवेश गरेको छ । पूर्वमा डिजिटल मिडियाको पहिलो नक्षत्रको रुपमा उदाएको यसले १३ वर्षका सिकाईसँगै नागरिकसँग सहकार्यको आरोहण गरिरहेको छ । नागरिकसँग डिजिटल सहकार्यले मिडिया परिदृश्यमा नयाँ आयाम थप्दै आएकोमा हामी विश्वस्त छौं । यो अवसर हाम्�. . .


असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्�. . .


जन्मकैद फैसला सुनाएका विराटनगरका राजकुमार सहनी १७ बर्षपछि पक्राउ

विराटनगर । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका आरोपी राज कुमार सहनी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १५ निवासी सहनीलाई श्री इलाका प्रहरी कार्यालय रानीबाटको टोलीले नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । वि।सं। २०६५ साल वैशाख २६ गते दिउँसो १२ बजे घटित भएको हत्या काण्डमा आरोप�. . .


विराटनगरको एभरेष्ट स्कुलका १३३ जना विद्यार्थी उच्च जीपीएसहित उत्तीर्ण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले २०८१ सालको एसईई परिक्षाको परिणाममा पनि उत्कृष्टता हासिल गरेको स्कुलको दाबी छ । १ सय ७१ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा १ सय ३३ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएर उत्तिर्ण गरेका छन् । जसमध्ये दुई विद्यार्थी प्रेम खतिवडा र कृति �. . .


विराटनगरमा बिहे घरमा नाच्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

विराटनगर । विराटनगरमा बिहे घरमा नाच्ने क्रममा शनिबार बिहानका राति करेन्ट लागेर १ जना किशोरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिए । उनका अनुसार कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्र. . .


देशभर धमाधम धान रोपाई जारी

काठमाडौँ । समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपा�. . .


देशभर मनसुनी वायुको प्रभाव : यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि म. . .


सुनसरीमा लागुऔषध विरुद्ध कार्यक्रम, अबको युद्ध दुव्र्यसन विरुद्ध

विराटनगर । लागुऔषध दुरुपयोग तथा ओसार–पसार विरुद्ध कोशी प्रदेशमा प्रहरीले आम नागरिकसँग प्रतिवद्धता माग गरेको छ । प्रहरीले ‘म मेरो घरमा दुव्र्यसनी नभित्रियोस भनि प्रहरीलाई सूचना दिन प्रण गर्दछु’ भन्ने प्रतिवद्धता नागरिकसँग अपेक्षा गरेको हो । लागू औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्�. . .