कोशी

देवेनरा ग्रुपमा प्रहरीको छापाप्रति उद्योग–व्यवसायीको चार छाता संघको आपत्ति

विराटनगर । विराटनगरस्थित व्यवसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यवसायमा प्रहरीले छापा हानेकोप्रति पूर्वका उद्योग व्यवसायी संघ तथा संगठनले संयुक्त रुपमा आपक्ति जनाएका छन् । सोमबार नेपाल प्रहरीले सडक नै छेकेर ५ घण्टासम्म घरमा छापा मारेको भन्दै ध्यानाकर्षण भएको जनाइएको हो । नेपाल उद्योग वाणिज्य म�. . .


गिरी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगीको अर्को मुद्दा

विराटनगर । निर्माण व्यवसायी सुभास श्रेष्ठमाथि ठगी गरेको कसूरमा जिल्ला अदालत काठमाण्डौंले धरौटी माग गरेका अभिषेक गिरी विरुद्ध मोरङमा अर्को ठगी विरुद्धको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कटहरीको अन्नपूर्णा आयल सेन्टरका तत्कालिन सञ्चालक दिलिप चौधरी बड्कुले गिरी विरुद्ध ठगी गरेको आरोप�. . .


राजमार्ग खुलेसँगै विराटनगरबाट बस सेवा आजबाट पुन सञ्चालनमा

सोनु साह विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादपछि एक सातादेखि प्रभावित बनेको यातायात सेवा आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। विराटनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नियमित रूपमा चल्न थालेपछि जनजीवन पनि बिस्तारै सामान्य बन्दै गएको छ�. . .


अवैध रूपमा भारततर्फ ओसारिँदै गरेका ४ गोरु मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर मोरङ प्रहरीले नेपालबाट भारततर्फ अवैध रूपमा ओसारपसार गर्न लागिएका चार वटा गोरु नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धनपालथान गाउँपालिका–७ हरकपुर क्षेत्रमा दुई जना व्यक्तिले चार वटा गोरु भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा गडेरिया प्रहरी चौकीबाट खटिएको टोलीले निग. . .


गृहमन्त्रीको सक्रियतापछि सुनसरी सहित तराईमा सामान्य बन्दै जनजीवन

सोनु साह विराटनगर । विगत केही दिनदेखि अशान्त बनेको सुनसरी, मोरङसहित तराईका विभिन्न जिल्लाको अवस्था बिस्तारै सामान्य बन्दै गएको छ। साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावले तराईका विभिन्न जिल्लालाई प्रभावित बनाएको थियो। अहिले भने प्रशासन, सुरक्षा निकाय �. . .


कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

खेमराज सापकोटा विराटनगर । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारहरूको पुनर्गठन प्रक्रिया सुरु भएको छ । कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको तयारी भइरहेको छ । तर, कोशी प्रदेशमा भ. . .


सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा भने यथावत्

विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा शुक्रबार जारी सूचनाअनुसार साउन १६ गते बिहान ५ः३० बजेदेखि साँझ ७ः०० बजेसम्म कर्फ्यु आदेश हटाइएको हो। जिल्ला प्रशासनले यसअघि साउन १२ गते र�. . .


विराटनगरमा सामाजिक सद्भाव र्‍याली

सोनु साह विराटनगर । सुनसरी र मोरङ सहित तराई जिल्लामा पछिल्ला दिनमा देखिएको तनाव र अशान्ति थप फैलिन नदिन विराटनगरमा शुक्रबार सामाजिक सद्भाव र्‍याली आयोजना गरिएको छ। विराटनगरस्थित नागरिक समाज, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय व्यवसायी, मजदुर, विभिन्न संघसंस्था तथा सर्वसाधारणको सहभागितामा आ�. . .


मोरङ प्रशासनद्वारा विराटनगरमा ड्रोनमार्फत कडा सुरक्षा निगरानी

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन ड्रोनमार्फत निगरानी सुरु गरेको छ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ । जिल्ला. . .


विराटनगरबाट शान्ति र सद्भावको सन्देश, आज सद्भाव र्‍याली

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन आज शुक्रबार विराटनगरमा सद्भाव र्‍याली आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठ�. . .


सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाका सन्दर्भमा सरकार र पीडित पक्षबीच ६ बुँदे सहमति भएको छ। गृह मन्त्रालय र मृतकका अभिभावकहरूबीच भएको वार्तामा पीडितका माग सम्बोधन गर्ने लिखित सम्झौता भएपछि आन्दोलनरत पक्ष अन्तिम संस्कारका लागि तयार भएको हो। गृहमन्त्री . . .


सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक, सद्भाव कायम राख्नेबारे छलफल

विराटनगर। सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि त्यसको प्रभाव अन्य जिल्लामा समेत फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ । मोरङ उद्योग व्यापार संघको सभाहलमा जारी बैठकमा जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाको सहभा�. . .