खेलकुद

विराटनगर किङ्ग्सको जर्सी र एन्थम सार्वजनिक

देवराज तामाङ विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्ग्सले आधिकारिक जर्सी र एन्थम सार्वजनिक गरेको छ । विराटनगरको रोडशेषस्थित होटल स्वागतममा मंगलबार बेलुका विशेष समारोह आयोजना गरी विराटनगरले आफ्नो आधिकारिक जर्सी र एन्थम सार्वजनिक गरेको हो। जर्सीको कलर पहेलो र निलो �. . .


शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गर्नुभएको छ । विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीलाई प्रधानमन्त्री निवासमा उहाँले सम्मान गर्नुभए. . .


युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा

काठमाडौं । युइएफए नेसन्स लिगमा क्रोएशिया र पोर्चुगलले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीले नेसन्स लिगको क्वाटरफाइनलमा पनि स्थान सुरक्षित गर्न सफल भए । पहिला नै समूह विजेता बनेको पोर्चुगलले पोल्यान्डमाथि ५–१ को प्रभावशाली जित पछि क्रोएशियाविरुद्ध प्रमुख खेलाडीलाई विश्राम दिएको . . .


एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र जनकपुरबीच हुने

विराटनगर । आगामी मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार जारी गरेको खेल तालिका अनुसार उद्घाटन मंसिर १५ को दिन विराटनगरले जनकपुरको सामना गर्ने भएको हो । आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमा�. . .


विराटनगरमा “स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता-२०८१” सुरु

विराटनगर । विराटनगर टेबल टेनिस क्लबको आयोजनामा संचालित "स्व. शंकर लाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता-२०८१" सुरु भएको छ। प्रतियोगीताको पहिलो दिन कक्षा ८-१० सम्मको जुनियर ब्वाइज सिङल्स इभेन्ट तर्फ सुशान्त मेहता, एभरेष्टकै सक्षम बस्नेत, लिलिपुटका श्रीजल प्याकुरेल र बुढानिलकण्ठका रुपेश श्. . .


नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक लिमिटेड

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान) द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष) को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको छ । क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरु, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृतस�. . .


युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको फराकिलो जित

काठमाडौं । युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले फराकिलो जित दर्ता गरेको छ । सोमबार विहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिक अफ आयरल्याण्डलाई ५-० गोल अन्तरले पराजित गरेको हो । युरो २०२४ को उप विजेता इंग्ल्याण्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो । अब इंग्ल्याण्डको प�. . .


विराटनगर किङ्ग्सको एम्बेसडर बने दयाहाङ राई

विराटनगर । विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । ब्राण्ड एम्बेसेडरको रूपमा विराटनगर किङ्ग्समा आबद्ध भई राईल�. . .


विराटनगरका प्रशिक्षक रिजालको नेतृत्वमा नेपाली यू-१९ महिला क्रिकेट टोली पहिलोपटक विश्वकप छनोट

विराटनगर । यू–१९ नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । महिला यु-१९ को मुख्य प्रशिक्षकको रुपमा विराटनगरका क्रिकेट प्रशिक्षक महेश रिजाल रहेका थिए। नेपाल क्रिकेट संघ (क्यान) ले २०८१ भदौ ११ गते रिज�. . .


टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो

काठमाडौं । टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ । ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो । जोहानेसबर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सञ्जु सामसन र तिलक वर्माको शतकीय पारिले निर्धारित २० ओभरमा जम्मा १ विकेट गुमाए�. . .


रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल क्वाटरफाइनलमा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले शुक्रबार राति पोल्यान्डलाई ५–१ ले हराएको छ । यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफमा निरन्तर गोलको अग्रता बनाइरहेको खेलमा अन्तिम क्षणमा रोनाल्डोले पोस्टको छेउ�. . .


एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

काठमाडौं । आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको जनाएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यानका सचि�. . .