विशेष

सोलुखुम्बुको थुलुङ दूधकोशीमा माओवादीका प्रमुख र उपप्रमुख विजयी

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का असिम राई विजयी भएका छन् । माओवादी केन्द्रका राई ४०४९ मतका साथ निर्वाचित हुँदा नेपाली काँग्रेसका बीरबहादुर राईले ३५११ मत र नेकपा एमालेका आङबाबु राईले १६०१ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि मा�. . .


मतदाता शिक्षाको अभाव : विराटनगरको प्रमुख पदमा २४३३ मत प्रयोगविहीन

विराटनगर । उम्मेदवारहरुले आम मतदातालाई उचित मतदाता शिक्षा प्रदान गर्न नसक्दा मोरङको विराटनगरमा हालसम्म २ हजार बढी मत प्रयोगविहीन भएको छ । हालसम्म प्राप्त नतिजा अनुसार मतदाताले उम्मेदवार नै नभएको पदमा झुक्किएर मतदान गर्दा २ हजार ४३३ मत प्रयोगविहीन भएको हो । यसले २०७४ सालको स्थानीय निर्वाचनको तुलना�. . .


उदयपुरको लिम्चुङबुङमा माओवादी केन्द्रका मेजर राई निर्वाचित

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित भएका छन् । मतगणनामा राईले २ हजार ५१ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित �. . .


खोटाङको जन्तेढुंगामा माओवादी केन्द्रकी अरुणा राई निर्वाचित

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरूणादेवि राई २८८१ ल्याएरनिर्वाचित भएकी छन् । निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए । पराज�. . .


मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना जनप्रनिनिधी निर्वाचित

विराटनगर । प्रदेश नंं. १ को मोरङमा पछिल्लो २४ घण्टाको अवधिमा वडाध्यक्ष सहित ६५ जना जनप्रतिनिधी निर्वाचित भएका छन् । स्थानीय तहको जनप्रतिनिधी निर्वाचित गर्न शुक्रबार भएको मतदान प्रक्रियाबाट सदर मत प्राप्त गरि मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना निर्वाचित भएका हुन् । वडाध्यक्षमा सबैभन्दा बढी नेपाली कां�. . .


बुढीगंगाको अध्यक्षमा बलभद्र र उपाध्यक्षमा अमृताको अग्रता

विराटनगर । बुढीगंगा गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले १६ सय २२ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले १४ सय ४९ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इश्वरी प्रसाद आचार्यले ३ सय २५ मत पाएका छन् । त्य. . .


रंगेलीमा पत्रकार बरालमाथि काँग्रेस कार्यकर्ताद्वारा कुटपिट

विराटनगर । मोरङको रंगेली नगरपालिकामा मतगणनाको रिपोर्टिङमा खटिएका पत्रकार रवीन्द्र बरालमाथि काँग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् । रंगेली नगरपालिकाको मतगणना स्थलमा रहेका बराललाई बाहिर निस्कँदै गर्दा हिजो राती ११ः३० मा कुटपिट भएको हो । नेपाली कांग्रेस र जनमत पार्टीका कार्यकर्ताले समाचारको व. . .


विजयी भएको सुन्न नपाई मृत्यु

धनकुटा । धनकुटाको चौविसे गाउँपापलिका २ को वडा सदस्य पदमा विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको निधन भएको छ। यस अगाडी पनि वडा सदस्य रहेका उनी पुनः विजयी भएका छन् । तर, त्यसको नतिजा सुन्न पाउँदै मृत्यु भएको छ । मधुमेह र उच्चरक्तचापका विरामी मगरको मष्तिष्कघातका कारण शनिबार राति निधन भएको हो। अघिल�. . .


विराटनगरमा नागेश र शिल्पाको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्त्रधनका मेयर उम्मेद्वार नागेश कोइरालाले अग्रता कायम राख्दै फराकिलो पारेका छन् । नेपाली काँग्रेसका कोइरालाले २३४३ मत पाएका छन् । उनलाई एमालेका सागर थापाले १७५० मतसहित पछ्याईरहेका छन् । उपमेयरमा एमाले उम्मेद्वार शिल्पा निराला कार्कीको १८९६ मतसहित अग्रता क�. . .


केराबारी–१ र कटहरी–१ मा एमाले विजयी

केराबारी । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको किल्ला मानिने मोरङको केराबारी गाउँपालिका वडा नंं. १ र कटहरी गाउँपालिका–१ मा मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तहको चुनावमा कांग्रेसले जितेको दुवै पालिकाको वडामा नेकपा एमालेले अध्यक्ष पद खोस्न सफल भएको हो ।. . .


दमकमा एमाले अगाडी, महागठबन्धनबाट राप्रपाका थापा पछ्याउँदै

झापा । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएर पछ्याईरहेका छन् । काँग्रेस, माओवादी, एकिकृत समाजवादीले राप्रपाका उमेदवारलाई सहयोग गर्दै महागठबन्ध�. . .


भरतपुरमा रेनुको अग्रता

विराटनगर । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिका�. . .