साहित्य संसार

गजल

गजल

गजल

प्रितीको तोरण!

-लक्ष्मी रायमाझी खड्का अलौकिक ठानेको र सर्वस्व मानेको नजिकिएको पल ममा तिमी र तिमीमा म समाहित भई एक अर्कोमा विलीन हुंँदै समर्पित भावले सुम्पेको अस्तित्वमय प्रिती! जतनको घेराभित्र सुरक्षित छ मनको भण्डारनमा! समयको दुरीले लखेटेको संयोग निकटताको झोलीमा पर्खिएको वियोग अझै आत्मीयताको डोरीले कसे�. . .


के मज्जा?

-जयन्ता खत्री सुधा छाम्दा छाम्दै नोट रित्तिएको बेला सधैँ नोट तन्ने कोट रित्तिएको बेला मन रित्तिदैन,तलतल लागिरहेको हुन्छ खलबल जागिरहेको हुन्छ के खाउँ के खाउँ आज जाउँ कि नजाउँ दोधारमा लथ्रक लथ्रक हिडिरहेको बेला पछाडी बाट झ्याप्पै अङ्गालो हालेर जाउँ ओइ आज यसो सोलमारी तिर भन्दै, जाने र ,भनि यसो देखावट. . .


आमा

-सुमन धमला मलाई नौ महिना सम्म कोखमा राखिन् हरेक दुःख ,पीडा, कष्ट भोगेर मलाई यो धर्तीमा जन्म दिइन् मेरा दुःख पीडा सबै आफैले लिइन् मलाई जन्माएपछि हुर्काई, बढाई, पढाई ठूलो मान्छे बनाइन् अनि म कसरी भन्न सक्छु मेरी आमा गलत हुन् । सधैँभरी मेरो खुसीमा रमाउँछिन् मेरो खुसीमा आफै हराउँछिन् राती सपनामा पनि मेर. . .


आँसुको अर्थ के !!

-जमुना पौड्याल मान्छे ! मान्छे हुनुको अस्तित्व खोज्दै उक्लिरहन्छ उकालाहरू ओर्लिरहन्छ ओरालाहरू बिर्सिएर विगत कुल्चिएर वर्तमान खोजिरहन्छ भविष्य कैयौँ वसन्तका गीत गायो कोइलीले कैयौँ हिउँदमा सन्देश ल्यायो कर्याङ्कुरुङले प्रत्येक बिहानी उदाउँछ आशाका कलिला अङ्कुर बोकेर प्रत्येक साँझ मुर्झाउँ�. . .


आँसुको अर्थ के ?

-पुष्पाशायरा हृदय गगनमा पुगेपछि संवेदनाको चोट या खुसीको सूचना बन्छ पानीको मेघ एकाएक र फाट्छ तरल मन अनि वर्षन्छ छचल्किएर धुँदै नयन् आँसु ! महासागर छ हृदयमा मन्थन गर्छ ब्रह्मचेत् देखिँदा उस्तै भए पनि झर्छ आँसु नुनिलो पिरो अमिलो अमृतजस्तै गुलियो पनि दुई नयन भएर तप्प! तप्प ! विरहवियोग खपेर झर�. . .


गजल

- उदय अतीत तिमीलाई बुझाएर के गर्नु खै जिवनमा आएर के गर्नु खै जिन्दगी तहसनहस छ मेरो सहानुभूति पाएर के गर्नु खै लडेको मान्छे नउठ्न सक्छ लडेपछि समाएर के गर्नु खै बिच यात्रामा छोडेको देख्दा सोच्छु गुन लगाएर के गर्नु खै भविस्य नै अन्धकार छ मेरो बिहान सुर्य उदाएर के गर्नु खै म गरिब हुँ गरिबमै मर्न दे�. . .


लघुकथा : बिहे

-पारस भट्ट (प्यासी) कोठामा रासन नुन तेल सक्किएको थियो आज बिहानै चिया नास्ता गरेर म बजार तिर लागे" बिस्तार बिस्तारै गित गुनगुनाउँदै एक ध्यानले एक्लै बाटोमा हिडिरहेको थिए पछाडी बाट मेरो पिठ्युँमा कसैले छोए जस्तो लाग्यो यसो पछाडी फर्केर हेर्छु आफ्नो प्रतिबिम्ब बाहेक कसैलाइ देखेन "फेरि म आफ्नै सुरमा अलिक�. . .


सप्तरङ्गी शुभकामना

-देवराज तामाङ जिन्दगीका केही रंग तिम्रा नयनमा हेर्नु थियो सपनाका केही चित्र तिम्रा चयनमा कोर्नु थियो अथाहै अस्पर्शनीय तिम्रो प्रेममा एउटै जिन्दगीमा केही रंग तिम्रो ह्रदयमा भर्नु थियो तिम्रा रंगहरू हेरेर पोतेका केही चित्रहरू थिए मानकी क्यानभासमा तिमी र तिमी मात्र थियौ जीवनको आशामा तिमी बिनाको ह�. . .


एउटा नयाँ होली मनाउ

-सुरज दाहाल एउटा नयाँ होली मनाउ रंगहीन सम्बन्धहरु इन्द्रेणी बनुन वर्षौ अगाडि छुटेका साथीहरु कहिल्यै नछुटिने त्रिवेणी बनुन झगडा परेर छुटिएका छर छिमेकी होलीमा घोलिने मानवताको रंगले चिनुन आउ, एउटा यस्तो होली मनाउ आफै भित्रको होलिका जलाऔ राधाकृष्णको प्रेम फैलाऔ एउटा यस्तो होली मनाऔ सबै घेरा तोडेर. . .


अनुशासन पढौँ

-पारस भट्ट "प्यासी " हिजो जुनकीरी र पुतलीमा भनाभन हानाहान भयो" सरहरु पनि हेरिरहेका थिए छक्क परेर दिक्क मान्दै थिए मेरो विद्यार्थी कस्तो अनुशासन नभएका आफ आफैं भन्दै थिए! के भएको के तिमी ? कलेजमा त्यत्रो ठुलो विद्यार्थीले झगडा गर्ने हो? ए जुनकिरी ए पुतली तिमिहरु के भएको भनत? यत्ती कुरा बुझिराख बिद्य�. . .


चारु

-सुजता राई स्कुल जान्छु भन्छिन् छोरी पठाउँ कसरी ? शिक्षकबाटै हातपात हुन्छ बताउँ कसरी ? हेर्छन् कोही नजर जुधाई दिलमा बसेर, भरोसा छैन कसैको यहाँ थपाउँ कसरी ? नैतिक शिक्षा ग्रहण गर्ने पहिला बाआमा, घरमा राम्रो माहोल छैन हसाउँ कसरी ? सबैको सोंच कौशल भए समाज सुन्दर, खराब धेरै असल थोरै जगाउँ कसरी ? रहेछ गाह्�. . .


गजल

-सविना श्रेष्ठ तिमी र म रमाउने छुट्टै शहर पठाएको छु खाली सिउँदो रङग्याउँने रहर पठाएको छु दुई मुटु एक भएको दिन पक्कै खास होला सातौँ जुनिसम्म नछाड्ने ठहर पठाएको छु दुनियाँले जे जे पनि भन्ला प्रवाह छैन मलाई खुशी बोकि ल्याउने एउटा लहर पठाएको छ बाँच्दासंँगै मर्दा एउटै चितामा जलुँला प्रिय संँगैपिएर मर�. . .