सम्पूर्ण समाचार

विराटनगर–११ मा करेन्ट लागेर एकजनाको मृत्यु

विराटनगर । विराटनगर–११ रामपुर चोकमा रहेको केशरी निपेट वर्कसप कपडा फ्याक्ट्रीमा कार्यरत विराटनगर–१ पोखरियाका ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार बिहान मेसिनबाट अचानक करेन्ट लागेर कामत गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्. . .


भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका �. . .


प्रधानमन्त्री देउवा र सामसङका सीएफओ एचके पार्कबीच भेट

कठमाडौं । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफ ओएचकेपार्कले बुधबार नेपालको औपचारिक भ्रमणकाक्रममा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो। भेटकाक्रममा पार्कले प्रधानमन्त्�. . .


पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार तीन सय छ । यसको मू�. . .


‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करणमा गीत सार्वजनिक

विराटनगर । 'प्रेमगीत ३' को नेपाली र हिन्दी संस्करणमा गीत सार्वजनिक भएका छन् । जी म्युजिक कम्पनी युट्युब च्यानलबाट'कोही ना कोही नाता हे' बोलको हिन्दी गीत र ओएस्आर डिजिटलबाट 'मायाको गाउँ' बोलको नेपाली गीत बिहिबार सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको म्युजिक भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क�. . .


प्रहरी जवान आधारभुत तालिम १३९ औँ समुहको दिक्षान्त समारोह सम्पन्न

विराटनगर । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान १३९ औँ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औँ समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात बिहिबार १ नम्बर प्रदेश प्रहरी ताल�. . .


पर्यटकको आकर्षणको केन्द्र बन्दै सिरहाको बाबाताल

बन्दीपुर । पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन�. . .


पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखर�. . .


विराटनगरको तृष्णा रेष्टुरेन्टमा मध्यरातमा झगडा, तीनजना पक्राउ

विराटनगर । विराटनगर एयरपोर्ट रोडमा सञ्चालित तृष्णा रेष्टुरेन्टमा बुधबार राती झगडा भएको छ । प्रहरीले झगडामा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेष्टुरेन्टका बाउन्सर श्रवण अली, विराटनगर–१० का सन्तोषकुमार चौधरी र अर्का सुमनकुमार चौधरी रहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानक. . .


रकेट आक्रमणमा तीन अमेरिकी सैनिक घाइते

रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ। मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक सामान्य चोटपटक लागेको छ। अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ । संदिग्ध इरान समर्थ�. . .


झापाबाट प्रतिबन्धित लागुऔषध सहित एकजना पक्राउ

विराटनगर । झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका करिब ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०२-०१३ प ४७४३ नम्वरको मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-११ झापाका २४ बर्षीय आकाश गिरीको स. . .


सप्तकोशी नदीमा डुवी बालकको मृत्यु

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ स्थित सप्तकोशी नदीको भंगालोमा डुवी बालकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब २ बजे सरस्वती मा.बि. राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र-९ राजाबासका राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझी विद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने. . .