सम्पूर्ण समाचार

प्रदेश सवारी तथा यातायात : ब्याक गरेर मार्नेलाई सामान्य सजाय नभई जन्मकैदको ब्यवस्था गर्न माग

विराटनगर । सवारी सम्वन्धी कसुर र त्यसमा हुने दण्ड सजायका सम्वन्धमा स्पष्ट व्यवस्था गर्न र दस्तुर असुली सम्वन्धी अधिकांश प्रावधान हटाउन प्रदेशसभा सदस्यहरुले माग गरेका छन् । प्रदेश सवारी तथा यातायातका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले सवारी सम्वन्धी धे�. . .


मुख्यमन्त्रीको प्रश्न: सिक्सलेन सडक निर्माण किन रोकियो? हरेक तिन महिनामा प्रगती देखिनु पर्ने

विराटनगर । रानी–विराटनगर-इटहरी-धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ। ६ वर्ष अगाडि निर्माण सुरु भएको यो सडक २०७६ सालभित्र सक्नुपर्ने समायावधि हो। तर, विद्युत् पोलदेखि विभिन्न समस्याले साइड क्लियर नहुँदा समयमा काम सकिने छाँट अझै देखिएको छैन। सडक निर्माणसँग सम्बन्धित �. . .


पुष्पलाल चोकमा कार्यरत असई गणेश दाहाल दाहाल बने साउन महिनाको उत्कृष्ट प्रहरी

विराटनगर । पुष्पलाल चोकमा कार्यररत प्रहरी सहायक निरीक्षक (असई) गणेश दाहाल साउन महिनाको उत्कृष्ट प्रहरी बनेका छन् । विभागीय नीति अनुसार व्यवसायिक रुपमा लगनशिल, कर्तव्यनिष्ठ एवंम जिम्मेवारी पुर्वक कार्य गरेको भन्दै साउन महिनाको पुलिस अफ द मन्थ घोषणा भएका हुन् । उनले सवारी दुर्घटना न्यूनिकरणमा प्रभाव. . .


विराटनगरमा एक युवाको शव फेला , पहिचान खुलेन

विराटनगर १९ भदौ । विराटनगर १६ रानी भट्टिमोडमा पहिचान नखुलेका एक युवकको अत्याधिक मादक पदार्थ सेवन गरी ज्यान गएको छ । तराई मुलको देखिने अन्दाजी २५ बर्षको उमेरका युवकको बिहिबार दिउसो मादक पदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । युवकले अत्याधिक मादक सेवन पदार्थ सेवन गरेका कारण ज्यान गएक. . .


मन्त्री पण्डित कर्मचारी प्रति कठोर बन्दै, कार्यसम्पादन सम्झौैता अनुसार काम नगरे कार्वाही

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यसम्पादन सम्झौता अनुसार काम नगरेर कार्वाही गर्ने चेतावनी दिएका छन् । बिराटनगरमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले सेवा प्रवाहमा लापरवाही गरेलाई दण्डित गर्ने बताएका हुन् । कर्मचारी समायोजन गर्ने बारेमा समिति नै खार. . .


रंगेलीमा देखिएको अबैध धन्दा, नेपालमा टिप्परको माथिल्लो भाग काटेर भारत निकासी

रबिन्द्र बराल रंगेली–कानेपोखरी सडक सन् २०११ को मार्चमा भारतीय ठेकदार कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लिमिटेड चाईनाले सो सडक बनाउने जिम्मा पाएको थियो । भारतबाटै हाईवा ट्रिपर तथा ट्याक्टरलगायतका सवारी साधन ल्याएर काम सुरु गरेको थियोे । सो कम्पनीले १८ महिना काम गरेर कम्पनी भागे पछि उनिहरुले प्रयोग ग�. . .


विराटनगरको विराटसिटी अस्पतालमा उपचार गर्न गएका विरामीलाई डाक्टरद्धारा दुब्र्यवहार

विराटनगर । उदयपुरको वेलका नगरपालिका घर भएकी ज्ञाना खड्का (कमला) ईटहरीमा बस्दै आएकी छिन् । उनका भाई बिगत ५ बर्षदेखि हाडजोर्नी तथा नसा सम्बन्धि समस्याका कारण उपचारको खोजीमा थिए । ईटहरीमा बस्दै आएकी कमलालाई उनका भाई जीवन खड्काले विराटनगरको सिटी अस्पतालमा राम्रो डाक्टर रहेको भन्ने सुनाएर त्यही उपचारको ल. . .


आफन्तको खोजीमा विराटनगर आएका बृद्ध अन्ततः आश्रम पुगे (भिडियो रिपोर्ट)

विराटनगर । एक हप्ता अगाडी विराटनगरमा आफन्त खोज्दै आएका भोजपुरका ७६ बर्षिय खडानन्द शर्मा चौलागाइले विराटनगरमा कोही भेटेनन् । एक सातासम्म विराटनगरका बिभिन्न ठाउँमा भौतारिएका चौलागाई आफन्त कोही नआएपछि विराटनगरका युवा अभियान्ताहरुले उद्धार गरी सुनसरी चतरामा रहेको एक आश्रमको पुर्याएका छन् । १८ बर्�. . .


दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु

विराटनगर । लामो समयदेखी अवरोध रहँदै आएको दुहबी–कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल थालेका छन् । मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमा समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल थालेका हुन् । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघ�. . .


झापामा यस्तो : वडा कार्यालयमै साथीको छातीमा छुरा प्रहार , पक्राउ परे सागर

झापा,  भदौ १८। वडा कार्यालयमै साथीको छातीमा छुरा प्रहार गर्ने एक जना पक्राउ परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा बुधबार बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसत. . .


बुढीगंगा बरमनियाँका युवा सरोज कृषिमा सफल हुँदै, मासिक २ लाख आम्दानी

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ७, बरमनियाँमा २०४८ सालमा जन्मिएका हुन्, युवा उद्यमी सरोज नेपाल । नेपाल बाल्यकाल देखि नै कृषि कर्मलाई निक्कै रुचाउँथे । कक्षा १०मा बढ्दै गर्दा कृषिमा केही गरौँ भनेर उनी गाउँको दुध खरिद गरेर बजारसम्म पुर्याउने काम गर्थे । कसैले दुधको खोजी गर्दा उनले गाउँका किसान. . .


मानव बेचविखन बिरुद्धको अभियान : सौठामा प्रहरीको विद्यार्थी लक्षित प्रशिक्षण

रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ६ स्थित सौठा माध्यमिक विद्यालयमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । भदौ १४ देखि २० गतेसम्म मानव बेचबिखन बिरुद्ध साताव्यापी जनचेतनामूलक कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा ९, १०, ११ र १२ का विद्यार्थीलाई लक्षित सचेतना सम्बन्धि प्रशिक्षण द�. . .