सम्पूर्ण समाचार

एक नम्बर प्रदेश नो हर्न अभियान ‘घोषणा मात्र कार्यान्वयन शुन्य’

शिवम् मिश्र (प्रशान्त) । विराटनगर, २ फागुन । सरकारले प्रदेश नं. १ लाई “हर्न निषेधित क्षेत्र” घोषणा गरेपछि देखिएको चहल पहल अहिले सुस्ताएको छ । प्रदेश प्रहरी कार्यालयले मुडमा लगाएको हर्न निषेधित अभियान कार्यान्वयन गर्न नसकेपछि फेलियर भएको हो । हर्न निषेधित अधियानको नाममा धेरै ठाउँमा गतिबिधिलाई बढाएको �. . .


विराटनगरमा लागुऔषध काराेवारी विद्यार्थी नेतादेखि प्रहरीसम्म, सेटिङमा काठमाडौंसम्म सञ्जाल

विराटनगर, १ फागुन । लागुऔषध करोबारमा सक्रिय एक प्रहरी जवान पोल खुलेपछि विदा लिएर फरार भएका छन् । विद्यार्थी नेतासँग मिलेर काठमाडौंमा लागुऔषध ओसारपसार गर्दै आएका  नेपाल प्रहरीका जवान जितेन्द्र यादव आफ्ना सहयोगी पक्राउ परेपछि विदा लिएर फरार भएका हुन् । भारतबाट लागुऔषध तस्करी गरी ल्याउदै गरेको अवस्था�. . .


बुढीगंगामा सार्वजनिक जग्गाको माटो खनेर व्यक्तिको प्लटिङमा, वडा अध्यक्षलाई प्रति गाडी २ सय

विराटनगर, १ फागुन । जनप्रतिनिधिकै संलग्नतामा बुढीगंगा गाउँपालिकामा सार्बजनिक जग्गाको माटो उत्खनन गरेको पाइएको छ । बुढीगंगा गाउँपालिका– ४ भवानीपुरबाट जनप्रतिनिधकै संलग्नतामा अवैध रुपमा उत्खनन गरेको पाइएको हो । मोरङ र सुनसरीको सीमा क्षेत्रमा बग्दै आएको बुढी खोलाछेउको दुई विघा ऐलानी जग्गा वडा अध्�. . .


गरिखानेको कथा : बिराटनगरकि मनमाया , उमेर बुढो परिश्रम कडा !

बिराटनगर फाल्गुन १ , मनमाया श्रेष्ठ ,उमेर बुढो भएपनि परिश्रम भने युवाहरुको भन्दा बढी । २५-३० बर्ष भयो मनमायाले बिराटनगरमा खाजा घर चलाउदै आएको । कलेज रोडमा रहेको उनको खाजा पसलमा दैनिक खाजा खानको लागि भिड लाग्ने गर्छ । मनमायालाई सबैले "आमा" भनेर सम्बोधन गर्छन । बिवाहको केही बर्ष पछि नै उनको श्रीमानको द. . .


झापामा यस्तो : विद्यालयले थाल्यो जडीबुटीजन्य उद्यानसहित अर्गानिक तरकारी खेती

विष्णुप्रसाद पोखरेल दमक, फागुन १ गते । एक निजी विद्यालयले आफ््ना ‘होस्टेल’का विद्यार्थी तथा अभिभावकलाई अर्गानिक उत्पादन खुवाउन जडीबुटीजन्य उद्यानसहित अर्गानिक सब्जी खेती थालेको छ । झापाको कमल गाउँपालिका–६ को हिमाली बोर्डिङ स्कुलले अर्गानिक खेती शुरु गरेको हो । कुनै पनि प्रकारको विषादी र रासायन�. . .


विराटनगरमा नेकपाले मनायो जनयुद्ध दिवस (फोटो फिचर सहित)

विराटनगर, १ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  आज जनयुद्ध दिवस मनाएकाे छ ।  नेकपा पार्टी कार्यालय विराटनगरमा एक कार्यक्रमकाे आयाेजना गरी जनयुद्ध दिवस मनाएकाे हाे ।  तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो। तर, माओवा�. . .


नेपाल उद्योग वाणिज्य महासंघ-कृषि उद्यम केन्द्र र प्रदेश नं. १ सरकारबीच समझदारीपत्रमा हस्ताक्षर

विराटनगर, १ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ-कृषि उद्यम केन्द्र र प्रदेश नं. १ सरकारबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। सार्वजनिक निजी साझेदारी कार्यक्रमको प्रारूपमा आधारित भई राज्यले लिएको लक्ष प्राप्त गर्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकताका साथ सम्बोधन गरिएको हुँदा निजी क्षेत्रको �. . .


आखिर किन रोए सांसद ? यस्तो छ कारण (भिडियाे रिपाेर्ट)

विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटकघरमा ‘मुनामदन’ नाटक हेर्न पुगेका दर्शकको आँखामा आँशु झरेका देखियो । आरोहण गुरुकुलमा केही दिन देखि मञ्चन हूँदै गरेको नाटक हेर्न पुगेका सांसददेखि कलाकार अनि विद्यार्थीको आँखामा आँशु झर्यो .  नाटक हेरेपछि सहकर्मी प्रेम देवानले तयार पार्नु भएकाे एक रिर्पोट �. . .


विराटनगरका ब्यापारी आन्दोलनबाट पछि हटे, मन्त्री सहितको वार्ता- दुई बुँदामा सहमती

विराटनगर, २९ माघ । आन्दोलनरत उद्योगी ब्यापारीसँग भएको वार्तामा २ बुँदे सहमती भएको छ । बितीय संस्थाहरुबाट अत्याधिक रुपमा बढाएको ब्याजको बारेमा बैैँकको ब्याज घटाउनु पर्ने माग राख्दै बिराटनगरका ब्यापारी आन्दोलित थिए । उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघको नेतृत्वमा भएको आन्दोलनका कार्यक्रम साबैजन. . .


नाम र राजधानीका लागि प्रदेश सभा नियमावली संसोधन गर्न समिती गठन, काे काे छन् सदस्य

विराटनगर, २९ माघ । प्रदेशको नाम र राजधानी प्रदेश सभामा प्रवेश गराउन प्रदेश सभा संचालन नियमावली संशोधनको लागि समिति बनाईएको छ । प्रदेशको नाम र राजधानीको बिषय लामो समयसम्म अल्भिएको अबस्थामा प्रदेश सभामा प्रबेश गराउनको लागि प्रदेश सभा संचालन नियमावली संशोधन गर्न लागिएको हो । प्रदेश सभाको तेश्रो अधिबे. . .


प्रदेश १ सरकारद्वारा मुख्यमन्त्री ग्रामीण सडक आयोजना कार्यविधि स्वीकृत

विराटनगर, २९ माघ । प्रदेश १ मन्त्री परिषदको बैठकले बिभिन्न ५ वटा निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री ग्रामीण सडक आयोजना(सञ्चालन) कार्यविधि २०७५ स्वीकृत गरेको छ । त्यस्तै सार्वजनिक निजि साझेदारी तथा लगानी प्राधिकरण विधेयक २०७५ मस्यौदा तर्जुमाको सैद्धान्तिक स्वीकृत प्रदान गरेको आर्थिक मामिला तथा य�. . .


कागजी अधिकारले उकुसमुकुस जिसस, काम अनुगमन ‘न श्राेत न साधन’

सुमन सुस्केरा/ विराटनगर, २९ माघ । जिल्ला समन्वय समिति (जिसस) को जिम्मेवारी भनेको संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको काम नै हो । त्यो सँगै योजना तथा कार्यक्रमको अनुगमनको समेत व्यवस्था गरिएको छ । तर अनुगमन गर्ने निकाय जिसस के गर्ने र कसरी गर्ने भन्ने अन्योलमा छन् । समन्वय र अनुगमन गर्ने काम भनिएपनि हालस�. . .