सम्पूर्ण समाचार

मोरङ ४ मा १७ दल र चारजना स्वतन्त्रको उमेदवारी, एकजनाको नाममा कैफियत

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट २१ जनाको उमेदवारी दर्ता भएको छ । जसमा १७ दल र ४ जना स्वतन्त्र रहेका छन् । आइतबार विराटनगर–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गरेकामध्ये एकजना स्वतन्त्र उमेद्वारको नाम भने निर्वाचन आयोगले क. . .


गगन नेतृत्वको कांग्रेसले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्यायो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ । आज मनोनयन दर्ताको समय रहेपनि अझै बाँकी क्षेत्रको मनोनयन टुंग्याउन सकेको छैन । बाँकी क्षेत्रमा उम्मेद्वारको नाम टुंग्याउन संसद. . .


चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पक�. . .


उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । उनले भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले फागुन २१ गते चुनाव हुने–नहुने विषयमा राजनीतिक दल�. . .


सर्लाहीमा जनमत पार्टीले उम्मेदवारको टुंगो लगायो, मनोनयन दर्ता गर्दै

सर्लाही । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सर्लाही जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनता माझ लोकप्रियता र स्थानीय मुद्दामा पकड भएका उम्मेदवार अघि सारेको जनाएको छ । पार्टीले प्रतिनिधिसभा निर. . .


झापा–५ मा बालेन उम्मेदवारी का अघि बढे,ओलीको पालो १ बजे

दमक । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह आफ्नो उम्मेदवारी दर्ता गराउन दमक पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा बालेनले उम्मेदवारी दिन लागेपछि अहिले दमकको राजनीतिक वातावरण निकै गर्माए. . .


आज देशभर उम्मेदवारी दर्ता हुँदै

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेद�. . .


मोरङका ६ वटा निर्वाचन क्षेत्रमा यी हुन नेपाली कांग्रेसका उम्मेदवार

विराटनगर माघ ६ ,   फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार पार्टीले क्षेत्र नम्बर १ बाट खड्ग फागो, क्षेत्र नम्बर २ बाट डा. मिनेन्द्र रिजाल, क्षेत्र नम्बर ३ बाट डा. सु. . .


विराटनगरमा २३ औँ भजन–कीर्तन प्रतियोगिता हुने, प्रथमलाई २५ हजार पुरस्कार

विराटनगर । विराटनगर–४ स्थित मदरल्याण्ड एकेडेमीले आगामी सरस्वती पूजाको अवसर पारेर २३ औँ भजन–कीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी माघ ९ गते हुने प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । विगत २३ वर्षदेखि विद्यार्थीहरूमा अनुशासन, करुणा, कला, संस्कार. . .


विराटनगरका सडकमा ‘सुरक्षित चालक अभियान’, यातायातमा लाइसेन्स लिने लाम

विराटनगर । विराटनगरमा सिटीसफारी र यसका चालक आधिकारिकता यकिन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कडाई गरेपछि यातायात कार्यालय विराटनगरमा चाप बढेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा ‘सुरक्षित चालक अभियान’ सञ्चालन भइरहेको छ । विराटनगरमा तिव्र रुपमा चलेको अभियानसँगै यातायात कार्यालयमा भन�. . .


विराटनगरमा तामाङ समुदायले भव्य रूपमा मनाए सोनाम ल्होछार

विराटनगर । विराटनगरमा रहेका तामाङ समुदायले राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार विराटनगरमा भव्य रूपमा मनाएका छन् । विराटनगर–१० स्थित एक्वा पार्कमा विधिवत पूजापाठ गरी बिहान १० बजे विराटनगरको महेन्द्रचोकबाट शान्ति ‍¥याली निकालिएको थियो। ‍¥याली विभिन्न स्थानको परिक्रमा गर्दै पुनः एक्वा पार्कमा. . .


विराटनगरका उद्योगीको ‘कोशी कनेक्ट’ मिसन, जुटे अन्तरजिल्ला व्यापार सञ्जाल निर्माणमा

विराटनगर । औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गरी ब्यावसायीक सम्वन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले सञ्चालन गरेको तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सम्पन्न भएको छ । माघ २ गते, शुक्रवार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण �. . .