देशको खबर

कांग्रेस महाधिवेशन : चितवनबाट पहिलोपटक केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित

चितवन । नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेसम्म कोही हुन स�. . .


रु.२०० ले घट्यो सुनको मूल्य

विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.२०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ६०० कायम भएको छ जसको . . .


बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित

नवलपरासी । बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी �. . .


कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित

नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उहाँ ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । सभापति पदमा खसेको मतम. . .


हत्या अभियोगमा श्रीमान् पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा ६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो । अम्बिकालाई यही पुस ५ गते राति घाइते भई लडिरहेको अवस्थामा भेटाइएको थियो । कार्या. . .


चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा उन्नाइस गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई ग�. . .


ट्रक दुर्घटनामा एकको मृत्यु

मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिनुभयो । ट्रक लगभग १०० मिटर तल. . .


पछिल्लो २४ घण्टामा २४१ सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ५१० जनामा पीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास�. . .


कलाकार सम्पदा संरक्षणमा सक्रिय

सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यका साथ अहिले २५ कलाकार वसन्तपुर क्षेत्रका सम्पदाको चित्र कोर्नमा व्यस्त छन् । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा एक हप्तादेखि उनीहरु विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रमा चित्र बनाउन लागिपरेका हुन् । शनिबारीय कला कार्य�. . .


कांग्रेस प्रदेश नं २ को नेतृत्वका लागि मतदान जारीः दुई बजेसम्म ७०० मत खस्यो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । दिउँसो २ बजेसम्. . .


नरहरिनाथका २३७ घरधुरीमा धारा जडान

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा खानेपानी धारा जडान गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । ‘एक घर एक खानेपानी धारा’ कार्यक्रमअन्तर्गत २३७ घरधुरीमा खानेपानीका धारा जडान समुदायलाई हस्तान्तरण गरिएको हो । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्वीस इन्टरकोअपरेशन ने. . .


चुरे काछका बस्तीमा हात्तीको त्रास

महोत्तरी । चुरे पहाडतिर जङ्गली हात्ती हिँड्न थालेपछि महोत्तरी र धनुषा जिल्लाका चुरे काछका बस्तीमा त्रास बढेको छ । उत्तरतर्फ प्रदेश नं २ र बागमती प्रदेशको सीमा छुट्याउने चुरे पहाडमा जङ्गली हात्तीको हिँडडुल बाक्लिएकाले दक्षिणी काछका महोत्तरी र धनुषा जिल्लाका बस्तीमा त्रास बढेको हो । यसै साता चुरेप�. . .