देशको खबर

अब प्रदेशकै नामबाट मोटरसाइकलको नम्बर प्लेट

काठमाडौं, ९ कात्तिक । दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो । अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइनेछ । मन्त्रिपरिषद्ले यो व्यवस्था. . .


कञ्चनपुर घटना : एसपी विष्ट बर्खास्त

काठमाडौं, ९ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलार्इ बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहित  प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको . . .


नोकियाले भारतमै बनाउन थाल्यो ५ जी उपकरण

कात्तिक ८, नयाँ दिल्ली (भारत) । फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले भारतमा ५ जी उपकरणको उत्पादन शुरु गरेको छ । कम्पनीको चेन्नईस्थित कारखानामा ३ जीपीपी ५ जी न्यू रेडियो रिलिट १५ स्ट्याण्डर्डमा आधारित न्यू रेडियो बनाउन थालेको हो । कम्पनीले भारतमा आईपी र अप्टिक्स उत्पादन पनि बनाउन थाल्ने बताइ�. . .


‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्बियामा मन्त्री पुन

काठमाडौँ, कात्तिक ८ गते । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गर्नुभएको छ । मन्त्री पुन नेतृत्वको टोली आज त्यसतर्फ प्रस्थान गरेको ऊर्जा मन्त्रालयले जनाएको छ । सम्मेलन शुक्रबार र शनिबार दुई. . .


प्रचण्ड भोली भारत भ्रमणमा जाने

बिराटनगर कार्तिक ८ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) भारत भ्रमणमा जाने भएका छन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली जान लागेका हुन् ।   इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडिया कन्क्लेभ–२�. . .


काठमाडौंमा १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार

काठमाडौं कार्तिक ८ – काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ३० वर्षीय समीर पुलामी छन्। सोल्टीमोड बस्दै आएका पुलामीले सोही ठाउँ बस्. . .


काठमान्डौको गेस्ट हाउसमा मृत अवस्थामा भेटिए २ जना

काठमाडौं कार्तिक ८ – काठमाडौंका दुई वटा गेस्ट हाउसमा दुई जना मृत फेला परेका छन्। गेस्ट हाउसमै मृत अवस्थामा भेटिनुले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। काठमाडौं टोखा नगरपालिका–९ बुद्ध टोलस्थित पाँचथर स्याबरुम्बा गेस्ट हाउसको दोस्रो तलाको १०२ नम्बरको कोठामा बस्दै आएकी रुपन�. . .


राजमार्गका होटलमा यात्रु ठगिँदै अनुगमन र कारबाही शून्य

सीता शर्मा काठमाडौँ, कात्तिक ८ गते । राजमार्गमा सञ्चालित होटल, रेस्टुरेन्ट र अन्य पसलले यात्रुबाट मनलागी रकम असुल्दै आएका छन् । होटल वा रेस्टुरेन्टवालाले जति मूल्य भने पनि यात्रुहरू तिर्न बाध्य भएका छन् । जिम्मेवार निकायबाट यस्ता होटल तथा रेस्टुरेन्टको प्रभावकारी अनुगमन हुन नसक्दा दशैँमा घर जाने र. . .


दशैँको खानपिनले पेटका बिरामी बढे

काठमाडौँ, कात्तिक ८ । दशैँका बेला बढी खानपिनले पाचन प्रक्रियामा असन्तुलन भएपछि उपत्यकाका अस्पतालहरूमा पेटसँग सम्बन्धित समस्या लिएर आउने विरामीको चाप बढेको छ । दशँैको बेलामा आवश्यक भन्दा बढी खान खाएर अस्पतालमा उपचार गर्न आउनेहरूको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जानकारी दिएको छ । यी बाहेक दशैँमा म�. . .


चुम्बन गरेको भिडियो देखाएर एक करोडको बार्गेनिङ ?

काठमाडौं । ‘हनी ट्रयाप’ शैलीमा ब्ल्याकमेल गरेर एक करोड रुपैयाँको बार्गेनिङ गर्ने एक युवतीसहित दुईजनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–८ का ३१ वर्षीय बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउपालिका–४ कि २५ वर्षीय युवती इन्द्रिरा उप्रेती रहेकी छन् । इ�. . .


हजुरबा बेहुला, हजुरआमा बेहुली, अनि छोरा नाति जन्ती

रामेछाप, ८ कात्तिक । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै । सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । युगौंदेखिको परम्प�. . .


जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो, १६ घाइते

गुल्मी, ८ कात्तिक । गुल्मीमा बुधवार साँझ भएको जीप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् । ज्यान जानेमा इस्मा गाउँपालिका–२, पालुखाका १५ वर्षीय विमल केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधवार बेलुकीपख सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाको हस्तिचौरतर्फ ज�. . .