समाचार

मन्त्री चौधरी र इजरायली राजदूतबीच भेट, विपिनको रिहाइमा पहल गर्न आग्रह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटघाट भएको छ । विहीबार मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम. . .


स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित ४ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित प्रहरीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक–१० भातेढिकुरबाट बुधबार दिउँसो पक्राउ पर्नेहरूमा हाल काठमाडौं बस्ने चिनियाँ नागरिकहरु ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु �. . .


देशमा असन्तुष्टि बढ्यो, सरकार गम्भीर बनोस : सांसद खान

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले जनतासँग गरेको प्रतिवद्धताहरु पूरा गर्नको लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले जनताको माग भनेको गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, देशभित्र रोजगारीलगायत रहेको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहे�. . .


गिरीबन्धुको फाइल खोलेर कांग्रेसलाई दण्डित गरियोस : सांसद शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले गिरीबन्धुजग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्री तयार हो कि होइन भन्दै प्रश्न गरेको छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले काङ्ग्रेसले ७० विगाह जग्गा बेचेर कमीसन खाएको आरोप लागेको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री तयार हुन. . .


निर्यात व्यवसायीहरुको अनुदान रकम भुक्तानीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले निर्यात व्यवसायीहरुलाई निर्यात गरे वापत दिन्छु भनेर घोषणा गरेको अनुदान रकम भुक्तानी लागि माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले यही आर्थिक वर्षभित्र सरकारले घोषणा गरेका अनुदान रकम प्रदान ग. . .


सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराव राम्रो होइन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन् । बिहीबर प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने ‘गाइजात्रा’ले सरकारमाथि नै गम्भीर . . .


ललितपुर महानगरले ‘घर घरमा नगर प्रहरी’ अभियान सुरु गर्यो

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्नका लागि ‘घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गरेका छन् । विहीबार ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गर्दै उनले नगरवासीको सुनुवाई गरी सो अनु�. . .


लोकसेवा आयोगमा चार लाख ८३ हजार बढी आवेदन

काठमाडौं । लोकसेवा आयोग असार १ गतेलाई आफ्नो ७४औं बार्षिकोत्सव मनाउने तयारी थालेको छ । बार्षिकोत्सवका लागि मूल समारोह समिति र चारवटा विभिन्न उप–समिति गठन गरिएको छ । आयोगका सदस्य एवं अतिथि सत्कार तथा प्रचारप्रसार समितिका संयोजक वीरबहादुर राईको संयोजकत्वमा बसेको बैठकले ७४औँ वार्षिकोत्सव विभिन्न का�. . .


संखुवासभामा खोलाले बगाउदा एक जना बालक मृत्यु

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका-२ च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका- ४ स्याक्सिलागोला बजारमामा बस्दै आएका नापाङ भोटेको ४ बर्षीय छोरा नामायाङ भोटेको स्कुलबाट घर फर्कने क्रममा खोलाले बगाउदा मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजे श्री कृष्ण माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत भो�. . .


टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो । ओमानका आयान खानले ३६ रनक. . .


आइसीसी टी–२० विश्वकपमा युगान्डाको पहिलो जित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ । समूह ‘सी’को पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको युगान्डाले बिहीबार भएको खेलमा भने पपुवा न्युगिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको हो । पीएनजीको भने यो लगातार दोस्रो हार हो । पीएनजीले दिएको ७८ रनको लक्ष्य पूरा गर्नका ल�. . .


एनडीए गठबन्धनबाट मोदी नै प्रधानमन्त्रीमा अनुमोदन

काठमाडौं । भारतको सत्तारुढ गठबन्धन एनडीएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट राजिनामा दिएका थिए । जुन ८ मा नयाँ प्रधानमन्त्रीको सपथको त�. . .