समाचार

संखुवासभामा खोलामा डुबेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका-३ सभाखोला स्थित खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० बर्षीय कुशल राई रहेका छन् । शनिबार बिहान ५ बजे घरबाट माछा मार्न जान्छु भनि हिडेकोमा राती सम्म घर फर्कि नआएपछी आफन्तहरुले खोजतलास गर्न क्रममा उनलाई आफन्तले डुबि मृत अवस्थामा फ. . .


नेप्से परिसूचक ५३ अङ्कले बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता शेयर ३१ हजार दुई सय ५२. . .


मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

काठमाडौँ । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो । मलेसियाले दिएको एक सय �. . .


संखुवासभाको अमरुवा खेल मैदानमा पहिलोपटक ‘फ्लड लाईट’ जडान

विराटनगर ।संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका ७ अमरुवाको खेल मैदानमा 'फ्लड लाईट' जडान गरिएको छ । रात्रीकालिन खेलका लागि सहज बनाउने उद्देश्यले सोही स्थानका युवाहरुको प्रयासमा 'फ्लड लाईट' जडान गरिएको हो । पूर्वी पहाडी जिल्लामा पहिलो पटक खेल मैदानमा 'फ्लड लाईट' जडान गरिएको हो । सदरमुकाम खाँदबारीबाट. . .


झापामा किसान आकर्षित गर्न प्रविधिमा जोड दिइँदै

बनियानी । किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोपाइँको तयारी गरेको छ । जिल्लाका चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । स्थानीय कृषि सहकारी संस्थाको सहकार्यमा विर्तामोड, कन�. . .


शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय

काठमाडौँ । शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको विरोधमा शेयर लगानीकर्ता आज अर्थ मन्त्रालय पुगेका थिए । लगानीकर्तासँगको छलफलका क्रममा अर्थमन्त्रालयक. . .


नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको व�. . .


प्रतिपक्षको नाराबाजीले संसद् बैठक स्थगन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र . . .


विराटनगरबाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जना पक्राउ

विराटनगर । अवैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-५ बाट शनिबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनरको प्रादेशिक अनुन्धान समूहले अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर-५ चाँदनी चोक स्थित भोक्राहा �. . .


नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ । हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । . . .


नाइल नदीको किनारामा विद्यार्थीले कोरे हिमालका चित्र

काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो । प्रतियोगितामा पाकिस्तान इन्टरनेशनल स्कुल, आइरिश इन्टरनेशनल स्कुल, माआदी �. . .


ताप्लेजुङका वरिष्ठ प्रहरी हवल्दार मृत फेला

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला पर्नुभएको छ । सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहनुभएका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ�. . .