समाचार

आज मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । मुख्यम. . .


लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

लुम्बिनी ।पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लु. . .


झापाको मेचीनगरमा बढ्यो बाँदर आतङ्क

झापा । जङ्गली हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय बाँदर आतङ्कबाट पनि हैरान भएका छन् । मेचीनगर नगरपालिका–७, ८, ११ र १२ का विभिन्न स्थानमा जङ्गलबाट हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि उनीहरू हैरान भएका हुन् । रातभरि स्थानीय क्षेत्रका सामुदायिक वनमा बस्ने बाँदर �. . .


चलचित्र ‘फनफनी’ निर्माण हुने

काठमाडौं । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बन्नुभएका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ । यहाँ आयोजित एक पत्रकार भेटघाटमा उहाँले पारिवारिक कथामा चलचित्र निर्माण हुने जानकारी दिनुभयो । “चलचित्रको लेखनको कार्य भइरहेको छ, यो पारिवारिक कमेडी चलचि. . .


प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित, अर्को बैठक मङ्गलबार ११ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । पूर्वसांसद टिवडेवालको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा गत वर्ष चैत २२ �. . .


प्रदेश सरकार छोड्ने नछाड्ने विषयमा माओवादीले प्रदेशको नेताहरुसंग छलफल गरेर निर्णय गर्ने: नेता उप्रेती

विराटनगर । काेशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र काेशी प्रदेश संसदीय दलकाे बैठकले निर्णयमापुग्न सकेन । प्रदेशसभा सचिवालयमा आज बसेकाे बैठकमा सरकारकाे समर्थनबारे निर्णय लिने तयारी थियो । तर,माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले बैठकपछि दिएकाे जानकारी अनुसार �. . .


‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर सङ्कलन

काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समापन समारोहम�. . .


नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : नेता ओली

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण �. . .


नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरुको जिज्ञासामा नेपाल र भारत दुवै पक्ष सँगै बसेर नक्शा राखेर. . .


नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम भएको हो । आज दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता शेयर ३६ हजा. . .


माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिने संकेत, बोलाइयो संसदीय दलको बैठक

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सोमबार लागि बोलाइएको छ । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक विराटनरमा बस्न लागेको हो । केही निर्णय गर्नु पर्ने भएर बैठक बोलाइएको माओवादी निकट स्रोतले जानकारी दिएको छ । �. . .


तीन मन्त्री पढेको दुहबीको सरस्वती मा.वि.मा बल्ल पीउने पानी

विराटनगर । सुनसरीको एक विद्यालयले बल्ल पर्याप्त खानेपानीको सुविधा पाउने भएको छ । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा स्टोरेज ट्यांकसहितको खानेपानी प्रणाली निर्माण गर्न लागिएको हो । यस विद्यालयमा देशका तीन मन्त्री पढेका थिए । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्त. . .