काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । सोमबार शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका . . .
काठमाडौं । आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुन ग्रिसकी च्याम्पियन आउटसाइड हिटर इभान्जेलिया चान्टाभा नेपाल आएकी छन् । दर्जनभन्दा बढी देशमा व्यावसायिक भलिबल खेलिसकेकी चान्टाभा कर्णाली यशभिस क्लबबाट खेल्नेछिन् । उनी सोमबार नेपाल आइपुगेकी हुन् �. . .
विराटनगर । नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च कोशी च्याप्टरले आयोजना गरेको ‘पिच फेस्ट’ को अडिसन विराटनगरमा सम्पन्न भएको छ । उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विराटनगर, धरान, इटहरी, बिर्तामोड, इलाम र उर्लाबारीसहित कोशी प्रदेशका विभिन्न स्थानबाट उल्लेखनीय संख्या�. . .
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै, �. . .
विराटनगर। संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुन लागेको छ । मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा कार्यक्रम गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रस�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ। सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्र�. . .
उदयपुरको बेलका नगरपालिका–२ कञ्चनजङ्गा टोलस्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज श्रेष्ठ पक्राउ परेका छन्। आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई आइतबार राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ४७ वर्षीय श्रेष्ठले विद्�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ११ को इतिहास समेटिएको ‘वडा परिचय ’ नामक पुस्तकको विमोचन गरिएको छ । पुस्तकमा वडा नं ११ को इतिहास, पूर्व जनप्रतिनिधिहरुको विवरण, शैक्षिक, सामाजिक,धार्मिक, स्वास्थ्य, जनसङ्ख्या,सञ्चार गृह, जातजाति,धर्म आदि लगायतका विषयहरु समेटिएको छ । वडा नं ११ द्वारा प्रकाशित उक्त �. . .
विराटनगर । श्री गणपती महोत्सव समिति विराटनगर–९ द्धारा आयोजना गरिएको गणपती महोत्सव सम्पन्न भएको छ । भदौ ११ गते बाट सुरु भएको श्री गणपती महोत्सव आईतबार सम्पन्न भएको हो । भक्तजनहरुले विधिवत पूजाआजा गरी ५ दिन सम्म धुमधामका मनाएका थिए । पुजा सकिएसँगै गणपतीको प्रतिमा विसर्जन गरेका छन् । सांस्कृतिक झाँक�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ स्थित अभिवादन टोल ‘क’ छिर्ने सडकमा जमेको पानीका कारण यतिबेला स्थानियवासीहरु हैरानी खेप्न वाध्य भएका छन् । जोगवनी रानी विराटनगर सडक खण्डको आरामिल पस्चिम छिर्नेबाटोको विच सडकमा पानी जमेका कारण स्थानियवासी लगायत सवारीसाधान चालकहरुलाई आउजाउ गर्न निकै समस. . .
विराटनगर विराटनगरस्थित श्री दरैहिया कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। किसानको हक, हित र समस्या समाधानमा केन्द्रित यस सभामा सहकारीले गरेका कामको समीक्षा र आगामी योजनाबारे गहन छलफल भएको थियो। साधारण सभाको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका उप-प्रमुख शिल्पा न�. . .
इन्दु कुमारी साह विराटनगर । ट्राफिक व्यवस्थापनका लागि सडकमा राखिने सचेतनाका सामग्रीमा पछिल्लो समय व्यापारिक विज्ञापन समेत देखिन थालेको छ । विराटनगरका केही व्यापारीहरूले ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको सचेतनाका सामाग्रीमा आफ्नो विज्ञापन समेत घुसाउने गरेका हुन् । उक्तसाम�. . .