समाचार

बुबाको हौसला र साथले मृत्युलाई समेत जित्न सफल भए : कुशे औँसी विशेष

- तुलसी घिमिरे आज कुशे औँसी बिहानै बुबालाई फोन गर्न २-३ चोटि प्रयास गरे। अझै पनि पहाडमा फोन भन्ने बित्तिकै के लाग्थ्यो र। फ्रेस भइ चिया पिएपछि फेरि फोन गरे। ३-४ चोटी को प्रयासपछि यो पालि चाहिँ फोन लाग्यो। बुबा संगै हुनेले मिठाई, फलफूल दिने, मिठो परिकार बनाएर खुवाउने, उपहार दिने गर्छन्। तर यो फोनमा कसरी मना�. . .


आज मोतीराम जयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती देशभर आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो । श्रृङ्गार रसलाई केन्द्रविन्द�. . .


गरिब पहिचानका नाममा अर्बौं रुपैयाँ स्वाहा

काठमाडौँ । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ। यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ। तर वास्तविक गरिबको पहिचान अझै हुन सकेको छैन । सरकारले गरिब जनताको खोजी कार्य आर्थिक वर्ष २०७०/७१ देखि सुरु गरेको हो�. . .


आज देशभर कुशे औँसी र बाबुको मुख हेर्ने दिन मनाइँदै

काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। . . .


व्यासको जन्मभूमि र पराशरको तपोभूमि दमौलीलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

दमौली । व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक महत्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका पर्यटक आकर्षि. . .


वैदेशिक मुद्रा बचाउन विलासितका सामान आयातमा प्रतिबन्ध : मन्त्री बडू

काठमाडौँ ।नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वस्तुनिष्ट एवं वैज्ञानिक ढङ्गबाट भन्सार दररेट कायम गर्न सरकारसँग अनुरोध गरेको छ । सङ्घको ४२ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले सङ्घीय संसद्मा पेश भएका आर्थिक विधेयक द्रुतमार्गबाट पारित गर्न सरकारसँग अनुरो�. . .


सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रमा वर्षमा आधा अवधिसम्म ‘खतरनाक’ गर्मी हुने : अध्ययन

मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले बिहीबार चेतावनी दिएका छन् । सम्भवतः विश्वले ती लक्ष्यहरू गुमाउनेछ र यस शताब्दीको अन्त्यसम्ममा उष्णकटिबनधीय क्षेत्र�. . .


नेपाल केन्यासँग १८ रनले पराजित

काठमाडौँ । केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पराजित भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । हिजो भएको खेलमा भने नेपालले केन्यालाई ५. . .


विश्वविद्यालयमा तालाबन्दी होइन, वार्ताबाट समाधान गरौँ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सिङ्गो शिक्षाको केन्द्रविन्दु भएको बताउनुभएको छ । ‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौती’ बारे त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस प्रमुखसँगको छलफलमा मन्त्री पौडेलले देशको ८० प्रतिशत जनशक्ति उत�. . .


समानुपातिकतर्फ दल दर्ता सुरु

काठमाडौँ । आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार आज पहिलो दिन प्रतिनिधिसभातर्फ २९, प्रदेश नं. १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिन. . .


मोरङमा निर्वाचनका दुई हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण

विराटनगर । मोरङमा स्थानीय तह निर्वाचनका दुई हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले खर्च विवरण बुझाउन तोकेको समयमा थोरै उम्मेदवारले खर्च विवरण बुझाएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङमा हालसम्म एक हजार १२ स्थानीय तह न�. . .


झापाबाट स्रोत नखुलेको १३ लाख नगदसहित एकजना पक्राउ

झापा । प्रहरीले स्रोत नखुलेको रु १३ लाख ६० हजारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका– १ निवासी ५४ वर्षीय तेजबहादुर गणेश रहेका छन् । विशेष सूचनाका आधारमा उनलाई इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले नेपाल–भारत सीमास्थित लसुना बोर्डरबाट आज पक्राउ गरेको जिल्ला प्�. . .