समाचार

नागरिकता विधेयक पारित हुन्छ : अध्यक्ष दाहाल

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले नागरिकता विधेयक पुनःप्रक्रियामा गएको छ, अब पारित हुन्छ । अध्यक्ष दाहालले नागरिक विधेयकको प�. . .


निर्वाचनमा सबैभन्दा बढी दल मधेस प्रदेशमा हुने

काठमाडौँ । आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९मा सहभागी हुने दलको सङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ । निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलका आधारमा सो प्रदेशमा वढी देखिएको हो ।आयोगबाट भएको राजनीतिक दल दर्ता, निर्. . .


विराटनगरमा २० वर्षपछि ‘नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्ट हुने

विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ले विराटनगरमा २० वर्षपछि लाईभ कन्सर्ट गर्ने भएको छ । मानवसेवा आश्रमलाई सहयोग लागि ‘नेपथ्य’ले विराटनगरमा कन्सर्ट गर्ने भएको हो । मानवसेवा आश्रमले विभिन्न जिल्लामा निर्माणधिन शाखा भवनको लागि अक्षय कोष स्थापनाक�. . .


कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ । नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उहाँले भन्नुभयो, “हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्ष. . .


झापामा विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी

झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चौकीदार विष्टले सञ्चालन गरेको क्यान्टिनमा बनाइएको छोलामुरी खाजा खाएलगत्तै कक्षा एकदेखि छसम्मका विद्यार्थ�. . .


‘तीजमा माइती देशकै झल्को आउँछ बरिलै’

रामपुर (पाल्पा) । ‘तीजमा छोरी आइन माइत नभन्नु है आमाले, आउन पाइन आमा म त घरको कामले’ ..........यसपालिको तीजमा माइती घरमा जान नपाउँदा फोनबाटै बुढी भएकी आमालाई सम्झाउँदै हुनुहुन्छ, पाल्पा रामपुरकी भगवती देवकोटा । माइतीघरमा आमाको काखमा बसेर दर खादै आँगनीमा मादलको तालमा घन्केर नाच्ने रहर उहाँलाई नभएको होइन �. . .


कारबाहीमा नाइजेरियामा ५७ जना आतङ्ककारी मारिए

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतङ्कवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराक�. . .


विराटनगरका पूर्वमेयर पराजुलीका कमजोरी औल्याउँदै नागेश कोइरालाले जारी गरे श्वेतपत्र

विराटनगर । विराटनगर महानगरपालिकामा गत कार्यकालका मेयर भीम पराजुलीले प्रक्रिया मिचेर कर्मचारी भर्ती गरेको भन्दै प्रमुख नागेश कोइरालाले स्वेतपत्रमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । कोइरालाले बिहीबार श्वेतपत्र सार्वजनिक गर्दै यसअघिको नेतृत्वले प्रक्रिया नपुर्‍याई कर्मचारीको भर्ती गरेको आरोप उ�. . .


माछाले धानिएको वेगनासको पिप्लेगाउँ

लेखनाथ । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले ताल�. . .


विराटनगरमा भोली शनिबारदेखी रात्रीकालीन ‘भेट्रान्स फुटबल प्रतियोगिता’ हुँदै

विराटनगर । विराटनगरको सहिद रंगशालामा रात्रीकालीन भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । विराट मेघा स्पोर्ट्स एकेडेमीले भोली शनिबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो। एकेडेमीले ‘मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल’ प्रतियोगिता शनिबारदेखि सहिद रंगशालमा आयोजना गर्न लागेको जनाएको छ । प्रति�. . .


धनकुटामा गत आर्थिक वर्षमा ६ सय ७७ वटा उद्योग तथा व्यवसाय दर्ता

धनकुटामा गत आर्थिक वर्षमा ६ सय ७७ वटा उद्योग तथा व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/७९ मा पाँच सय १६ वटा उद्योग र एक सय ६१ वटा व्यवसाय दर्ता भएका हुन् । गत आर्थिक वर्षमा दर्ता भएका पाँच सय १६ वटा उद्योगसँगै धनकुटामा उद्योगको संख्या तीन हजार आठ सय ३७ पुगेको छ । त्यस्तै, व्यवसायको संख्या एक  हजार ६ सय �. . .


विराटनगरको ईडेनवर्ग कलेज परिसरमा संचालित क्यान्टिनमा चोरी

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित भानुटोल दक्षिण कलेज रोडमा रहेको एक क्यान्टिनमा चोरी भएको छ । शुक्रबार विहान ३ बजे ईडेनवर्ग कलेज परिसरमा संचालित क्यान्टिनमा चोरी भएको हो । क्यान्टिन लक्ष्मी याक्खा( पराजुली ) ले विगत लामो समयदेखी संचालन गर्दै आएकी थिईन् । कलेज परिसरको पर्खाल नागेर �. . .