समाचार

खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ । जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो । शुक्रबार बिहान १० �. . .


ड्रिम टु प्लेबाट किङ्सको क्याम्पसम्म : ५ युवा खेलाडीको अब ‘अग्निपरीक्षा’

विराटनगर । कोशी प्रदेशबाट क्रिकेटको ठूलो सपना बोकेर अघि बढेका पाँच युवा खेलाडी अब विराटनगर किङ्सको जर्सीका लागि अन्तिम दौडमा प्रवेश गरेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० प्रतियोगिताबाट पाँच खेलाडीलाई आफ्नो तयारी क्याम्पका लागि छनोट ग�. . .


सैन्य आधार तालिम सम्पन्न, २ हजार ९६८ जना दीक्षित

काठमाडौं । नेपाली सेनाका तालिम केन्द्र तथा विभिन्न युनिटमा सञ्चालित नौ महिने सैन्य आधार तालिम सम्पन्न भएको छ । तालिम पूरा गरेका २ हजार ५०२ पुरुष र ४६६ महिला गरी कुल २ हजार ९६८ जना सैन्य दीक्षित भएका छन् । नेपाली सेनाका सैन्य तालिम केन्द्रसहित विभिन्न २२ स्थानमा सञ्चालन भएको तालिमको समापनका अवसरमा छुट्. . .


कोशी प्रदेशमा कहाँ कहाँ सडक अवरोध

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। शुक्बार अपरान्हसम्म अद्यावधिक विवरणअनुसार कोशी, उपत्यका, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा पनि बाढ�. . .


विराटनगर विमानस्थलमा हवाई उडान सामान्य

सोनु साह, विराटनगर । देशभर मौसममा आएको परिवर्तनसँगै विभिन्न स्थानमा वर्षा भइरहेको भए पनि विराटनगर विमानस्थलबाट हुने हवाई उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ। असोज ८ गतेदेखि लगातार वर्षा भइरहेका कारण देशका केही स्थानमा भारी वर्षासँगै राजमार्गसमेत अवरुद्ध भएका छन्। खराब मौसमका कारण हवाई उडान प�. . .


खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसम र भिजिबिलिटी कमजोर भएका कारण शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा आन्तरिक उडान हुन सकेको छैन भने अन्य स्थानमा भन�. . .


पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङ नाका पुनः सञ्चालन, करिब ६ लाख नेपाली नागरिकको राज्यसँग�. . .


चीनमा छालाको निकासी रोकियो,सरकारसँग उद्योगीको सहजीकरण आस

विराटनगर । चीनमा निकासी भइरहेको छालाको लागि सरकार आवश्यक सहयोग र सहजीकरण नगरेपछि त्यसको असर नेपाली छाला उद्योगमा परेको छ । तीन महिनायता चीनमा नेपालबाट छाला निकासी रोकिएको हो । सरकारले छाला उद्योगले प्रदूषण गरेको भन्दै सहयोग र सहजीकरणमा आलटाल गर्दै आएको हो । यसका कारण निर्यात पनि प्रभावित भएको हो । रा�. . .


नेपालबाट निर्यात हुँदै आएको खानेतेललाई भारतमा महसुल हेरफेरबाट असर

विराटनगर । भारतले खानेतेलको कच्चा तथा तयारी तेल आयात गर्दा लाग्ने महशुल घटाएपछि नेपाली उद्योगी असजिलोमा परेका छन् । भारतले मंहगी नियन्त्रण गर्न लिएको नीतिले नेपालबाट तेल निर्यात गरिरहेका उद्योगीहरु प्रतिस्पर्धी बन्न नसक्ने स्थितिमा पुगका हुन् । जसले गर्दा भारतीय बजारमा निर्यात भएर पुग्ने खानेतेल. . .


महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा

हेटौँडा । अविरल वर्षाका कारण मकवानपुरको मनहरी गाउँपालिका–अन्तर्गत रजैया क्षेत्रमा महेन्द्र राजमार्गमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले उक्त क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेको जनाइएको छ। पहिरोका कारण राजमार्गमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू जोखिममा पर्न सक्ने भएकाले आवश्यक साव�. . .


२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन

काठमाडौं । पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ । नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी देशका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा अन्य स्थानमा भएको वर�. . .


एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयको स्थलगत अवलोकन गरेका छन्। निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री गुरुङ च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेका हुन्। उनले कार्यालय आसपासको अवस्था तथा खोलाको प�. . .