समाचार

झापामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मंगलबार बेलुका करिब ७ बजे दक्षिण तर्फ जादै गरेको प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा घाईते �. . .


झापामा करेन्ट लागि एक जनाको मृत्यु

विराटनगर । झापाको हल्दिबारी गाउँपालिका-२ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले विद्युतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी-५ बस्ने ४८ बर्षीय बिक्रम तामाङ घाईते �. . .


झापाको मेचीनगरबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका-७ सुकुम्बासी टोलका ५४ बर्षीय अमृत खड्का रहेका छन । मंगलबार बेलुका करिब ४ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो का�. . .


मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने

पर्वत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने न�. . .


रूसमा इन्टेलको सबै व्यापार सञ्चालनहरू निलम्बित

कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ। तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं, कम्पनीले भनेको �. . .


नेपाली काँग्रेस विराटनगर महानगरको निर्णय : गठबन्धन स्वीकार छैन, लाद्न खोजिए मानिदैन

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगर समितिले गठबन्धन बनाएर निर्वाचन जान नसक्ने निर्णय गरेको छ । नगर सभापति दिपक चापागाईको सभापतित्वमा आज बसेको बैठकले गठबन्धन अस्वीकार गरेर जाने निर्णय गरेको हो । नगर सभापति चापागाईंले गठबन्धन अस्वीकार गरेर अगाडि बढ्ने निर्णय गरिएको जानकारी दिनुभयो । १९ वडा �. . .


सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन् । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्न�. . .


फेवाताल किनारमा नव वर्ष महोत्सव हुने

कास्की । कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनरूत्थानको लक्ष्यसहित फेवाताल किनारमा नववर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्ष�. . .


विराटनगरका उद्योगी-व्यवसायी भन्छन् : आयात मात्रै हैन सीमामा कडाई गर

विराटनगर । राजश्व प्रणालीमा जोडिएर हुने व्यापारिक प्रयोजनका वस्तु आयातमा कडाई गरिएसँगै सीमापार भारतका बजारबाट हुने अनौपचारिक कारोबार रोक्न नसके देशको अर्थतन्त्रमा झन् जटिलता थपिने उद्योगी-व्यवसायीले बताएका छन् । खुल्ला सीमाबाट भारतका बजारमा पुगेर आवश्यक सामान खरिद गरेर ल्याउनेको संख्या झन् बढ�. . .


मोरङको धनपालथानमा पानीमा डुबि एक बालकको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-३ डकुवा डाँडा स्थित रहेको ए बी सी ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबि एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ बजे ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबि अचेत अवस्थामा आफन्त�. . .


विद्यार्थीहरु चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु. ७१ लाख ७१ हजार र समुदायको रु. दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्था�. . .


विद्राेहीकाे हमलामा कङ्गोमा एक नेपाली शान्ति सैनिकको मृत्यु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते हुनुभएका सुर्खेत घर भएका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभ�. . .