समाचार

खोप लगाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग

विराटनगर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थी र शिक्षक–कर्मचारीका लागि अविलम्ब खोपको व्यवस्थापन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग गरेको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्क�. . .


धरानको कडा निषेधाज्ञा फिर्ता

विश्वविद्यालयको परीक्षा गराउने भन्दै धरान उपमहानगरपालिकामा भोलि शुक्रबारदेखि लागु हुने गरि घोषणा भएको कडा निषेधाज्ञा फिर्ता भएको छ । सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयपछि प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलबाट जारी सुचनामा धरान उपमहानगरपालिकाले पुनर्विचार गर्न अनुरोध गरे अनुसार सूचन�. . .


तालिबानका पाँच प्रतिज्ञा पालना हुनेमा अफगानद्वारा नै शङ्का बढी !

काबुल तालिबानले काबुल सहितका सबै प्रान्तमा आफ्नो नियन्त्रण रहेको दावी गरिसकेको छ । अफगान भूगोललाई तालिबानले कब्जामा लिएसँगै उनीहरूले त्रसित बनेका अफगानी र उनीहरूप्रति शङ्का व्यक्त गरेको अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्ने प्रयास गरेका छन् । यसपटक उनीहरू पहिले भन्दा ‘सकारात्मक र भिन्न हुन�. . .


चिप्स अभावका कारण टोयोटाले सेप्टेम्बरमा उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने

टोकियो विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बर महिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ । विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग प. . .


अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ ः चिनियाँ विदेशमन्त्री

बेइजिङ्ग चीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ । चिनियाँ विदेशमन्त्रीले बुधबार सो धारणा राख्नुभएको हो । उहाँले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताउनु भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीले अफ�. . .


पितृको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

कमल गाउँपालिका कमल गाउँपालिका–७ विष्णुकठ्ठा स्थित सिंहदेवी आधारभूत विद्यालयमा स्थानीय एक परिवारले आफ्ना पिृतको स्मृतिमा रु एक लाख ५० हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरेका छन् । स्थानीय शान्ता केरुङ लिम्बूकी आमा स्व गौमाया लिम्बू र बहिनी स्व हेमकुमारी लिम्बूको स्मृतिमा उनका परिवारजनले विद्यालयम�. . .


भारतको ७५ औँ स्वतन्त्रता साहित्य अवार्ड दमकका तीन साहित्यकारलाई

झापा दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत हुनुभएको हो । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्याएवापत उहाँ�. . .


अन्तरराष्ट्रिय आलेख सेवा : अमेरिकी सैनिकको बहिर्गमन र तालिवानको काबुल यात्रा

काठमाडौं अफगानिस्तानको लामो बसाई अमेरिकाका लागि ओसामा विन लादेनको अन्त्य र अल कायदाको सङ्गठन निर्मुल पार्नुलाई उपलब्धिमुलक मानिएको छ । चीन र रूसजस्ता शक्तिशाली मूलुकमा रहेर अफगानिस्तानको शान्तिका लागि भएका पहलले अमेरिकालगायतका उसका सहयोगी राष्ट्रमा लाभ पुगेको पक्कै हुनसक्छ । यसबारे अमेरिकी पू�. . .


विराटनगरमा ५० सहित प्रदेश १ मा ८१३ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीम�. . .


अनेरास्ववियु महेन्द्र मोरङ्ग समितिद्वारा राजनीतिक दल विभाजन अध्यादेश बिरुद्धमा प्रदर्शन

विराटनगर आकृति रानी फुयल अनेरास्ववियु महेन्द्र मोरङ्ग समिति द्वारा सरकारले ल्याएको लोकतान्त्रिक पद्धति बिरोधी राजनीतिक दल विभाजन अध्यादेशको बिरुद्धमा बिरोध कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम क्याम्पस समिति संयोजक जोसेफ घिमिरे क्षेत्रीको नेतृत्वमा आयोजना गरिएको थियो। घिमिरे भन्छन् , ' आ�. . .


रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा

चन्द्रागिरि चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुक सहित नेपालमा पनि नयाँ भेरियन्ट सहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्व. . .


प्रशासनले भोलीदेखी धरानमा कडा निषेधाज्ञा गर्ने भएपछि मजदुर श्रमिक आन्दोलित

विराटनगर । सुनसरी प्रशासनले भोली शुक्रबारदेखी धरानमा सार्वजनिक यातायता समेत चल्न नदिनेगरी कडा रुपमा निषेधाज्ञा गर्न लागेपछि धरानका श्रमिक आन्दोलित भएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा १० दिन सम्म कडा रुपमा निषेधाज्ञालाई लागु गर्न लागेपछि श्रमिक विरोधमा उत्रिएका हुन्। भोली भदौ ४ गत�. . .