समाचार

फेसबुकका कर्मचारीले चार तलाबाट हाम फालेर आत्महत्या गरे

वासिंटन : फेसबुकका एक कर्मचारीले यसको मुख्यालयबाटै हाम फालेर आत्महत्या गरेका छन् । प्रहरीले उक्त घटनालाई आत्महत्या भएको पुष्टि गरेको हो । ती कर्मचारी क्यालिफोर्नियास्थित मेन्लो पार्कमा कार्यालयको चौथो तलाबाट फाल हालेका थिए । फेसबुक कम्पनीले भने ती व्यक्ति आफ्नो कर्मचारी भएको र घटनाबारे अनुसन्ध�. . .


चीनका राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने

काठमाडौँ ।  चीनका राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ। नेपाल र चीनबीच कूटनीति च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भ�. . .


संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने

काठमाडौं । संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइँदै (लाइट अप) छ। स्थानीय समय अनुसार राती ९:१० बजे बुर्ज खलिफामा झन्डा झलमल्याइन लागेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ। ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद �. . .


विराटनगरको किन्डर पिलरमा बालबालिकाले मनाए संविधान दिवस ।

विराटनगर । विराटनगरको बरगाछिमा रहेको किन्डर पिलर मन्टेशवरीले आफ्ना बालबालिकाको साथ संविधान दिवस मनाएको छ । स्कुलका बालबालिका साथै शिक्षकले समेत विभिन्न जातीय पोसाक लगाएका थिए । आफ्नो संस्कृति तथा देशको बारे साना बालबालिकालाई सचेत गराउने उदेश्यले कार्यक्रम गरिएको स्कुलकी निर्देशक श्रुती शर्माले �. . .


विराटनगरमा स्कूल प्रिन्स एण्ड प्रिन्सेस्, भोली पहिलो अडिसन हुँदै

विराटनगर । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरले स्कुल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ आयोजना गर्ने भएको छ । मिस एस.ई ई मोरङ २०१९ को पुर्ण सफलता पछि स्कूल प्रिन्स एण्ड प्रिन्सेस् प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिताो पहिलो अडिसन विराटनगरस्थित बिग होटलमा शनिबार हुने म्यानेजिङ्ग ड�. . .


हाम्रो स्कूल अफ नर्सिङ कलेजका सातौं ब्याचका विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर एयरपोर्ट छेउमा रहेको हाम्रो स्कूल अफ नर्सिङ कलेजले सातौं ब्याचका विद्यार्थीलाई विदाई गरेको छ । कलेजले शुक्रबार एक कार्यक्रम आयोजना गरि कलेजमा विएससी नसिंङमा अध्यनरत ३० जना विद्यर्थीहरुलाई विदाई गरेको हो । विएससी नर्सिङ विषयमा पठनपाठन हुँदै आएको २०६३ सालमा स्थापित कलेजले हालसम. . .


विराटनगरमा सफल ब्यवसायी : बजारमा ५० करोडको लगानी, २ सय ५० करोड थपिँदै

विराटनगर । विराटनगरका युवा पर्यटन ब्यवसायी हुन् पुण्य भट्टराई । बि.सं. २०३६ सालमा रतुवामाई नगरपालिका डाम्राभिट्टामा जन्मिएका भट्टराइ २०५८ सालमा ब्यवसायमा लागेका हुन् । टभल्स एजेन्सीबाट ब्यवसायमा छिरेका उनका अहिले पानी उद्योग, होटल ब्यवसाय छ । विराटनगरमा होटल एसियाटिक संचालनमा छ भने सुनसरीको भेडेट�. . .


संविधान जारी भएको दिनलाई विराटनरमा राजपाले मनायो कालो दिवस, प्रहरीले कालो झण्डा खोस्यो

विराटनगर । आज असोज ३ गते नेपालको संविधान जारी भएको दिन । आजभन्दा ४ बर्ष अगाडि २०७२ असोज ३ गते संबिधान सभाबाट नेपाली जनताले आफैले संबिधान जारी गरेको दिनको स्मरणमा यो दिवस मनाईन्छ । संघीय सरकारले संघीय राजधानीमा भब्यताका साथ संबिधान दिवस मनाएको छ भने प्रदेश सरकारले पनि विराटनगरमा दशौ हजारको उपस्थितीम�. . .


हरिनास बाबुछोरा हत्याकाण्ड : हत्यामा संलग्न भएको आशंकामा छिमेकी पक्राउ

स्याङ्जा । हरिनास गाउँपालिका–३, ललहीका ३३ वर्षीय गोरे भन्ने चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजन खड्काको हत्यामा संलग्न भएको आशंकामा छिमेकी दिपक भनिने दानबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । नाबालाक छोरासहित बाबु निर्मम हत्या मल्लले गरेको अनुसन्धानबाट देखिन आएको भन्दै उनलाई पक्राउ गरि�. . .


लेटाङ साकोसको २६ औं साधारण सभा सम्पन्न, बिभिन्न व्यक्ति सम्मानित हुने

भूमिका पाख्रिन लेटाङ असोज ३ , लेटाङ नगरपालिकाकै गरीमा बोकेको लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा बोल्दै संस्थाका अध्यक्ष गोपाल बारकोटीले अध्यक्ष प्रतिवेदन पेश गरे । संस्थाले विभिन्न विधाका उत्कृष्ट कारोबार गर्ने ऋणी, उत्कृष्ट बचत कर्ता, जेष्ठ न�. . .


लेटाङमा प्रथम मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने

भूमिका पाख्रिन लेटाङ असोज ३ , लेटाङ नगरपालिकामा प्रथम मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लेटाङ नगरपालिका वडा नं. ३ को आयोजना तथा खेलकुद समिति ३ नं. वडा कार्यालयको सहआयोजनामा हुने उक्त प्रतियोगिता यहि असोज ६ गते देखी असोज १६ गतेसम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी �. . .


लेटाङ नगरपालिकाको आयोजनामा सई कटुवालको विदाई सम्पन्न

भूमिका पाख्रिन लेटाङ , असोज ३ , लेटाङ नगरपालिकाको आयोजनामा इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी नायब निरीक्षक दीपक कटुवालको शुक्रबार विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले सई कटुवालले लेटाङमा रहँदा गरेको योगदान बारे चर्चा गरे । यता उप�. . .