विराटनगर

मोरङ जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेशको निरन्तरता

मोरङ । मोरङ जिल्लामा आज शुक्रवार विहान १० : ०० बजेदेखि वेलुका ४ : ०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ। साथै, वेलुका ७ : ०० बजेदेखि शनिवार बिहान ५ :०० बजेसम्म कर्फ्यू आदेशको निरन्तरता रहने जिल्ला प्रशासन कार्यलाय मोरङले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार, सुरक्षा अवस्थालाई ध्यानमा र�. . .


शून्यतामा सुनसरी–मोरङ औद्योगिक क्षेत्र

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा तीनदिनयता शून्यता छाएको छ । उद्योगमा उत्पादन छैन, भएको उत्पादन बजारमा पठाउने अवस्था छैन । उद्योगको सुरक्षाका लागि भएपनि केहि मजदुरलाई सञ्चालकले आउन आग्रह गरिरहेका छन् । मजदुरले आफ्नो रोजीरोटी दिने उद्योगको संरक्षणका लागि उद्योगीको भनाई मानिरहेका छन् । उद�. . .


सुरक्षित महसुश नहुँदासम्म विराटनगरका विद्यालय बन्द

विराटनगर । हाल देशभर देखिएको अशान्त र नाजुक परिस्थितिले शिक्षाक्षेत्र पनि प्रभावित भएको छ । महानगरका सरकारी कार्यालयहरु जलेर खरानी बनेका कारण प्रशासनिक निकाय निष्क्रिय भएको छ । विराटनगरका विद्यालयहरु समेत अनिश्चितकालका लागि बन्द भएका छन्। विराटनगरका संस्थागत र सामुदायिक दुवै विद्यालयका सञ्चाल�. . .


राजनीतिले कोल्टे फेरेन भने विराटनगरकी सुशिला कार्की : प्रधानन्यायाधीशपछि पहिलो महिला प्रधानमन्त्री

विराटनगर । यदि राजनीतिक परिस्थिति अब थप कोल्टे फेरेन भने नेपालमा पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की नियुक्त हुने संभावना बढेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पुराना दलहरुले जनअपेक्षा अनुसारको कार्य नगर्दा जेन–जेड आन्दोलनको बलमा कार्कीको अन्तरिमकालिन मन्त्रिपरिषद्को प्रधानमन्. . .


विराटनगरमा पेट्रोलियम पदार्थ वितरणमा समस्या

विराटनगर । इन्धन भएपनि विराटनगरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । तर, त्यो अभाव भने बैकिङ्ग कारोबार प्रणाली सञ्चालन नहुँदा र सुरक्षाको अनुभूति नभएका कारण मात्रै भएको हो । इन्धन भएपनि अहिले विराटनगरका पेट्रोलपम्प खुल्न सकेका छैनन् । सुरक्षाको कारण देखाउँदै उनीहरुले पम्पमा ढाट लगाएर बसेका हुन् । य�. . .


आज पनि मोरङमा निषेधाज्ञा र कर्फ्यू आदेशको निरन्तरता

विराटनगर भाद्र २५ , जिल्ला प्रशासन कार्यालय मोरङले आज भाद्र २५ गते दिनभर जिल्लाभर निषेधाज्ञा लागू हुने र साँझ ५:०० बजेदेखि भोलि असोज २६ गते बिहान ६:०० बजेसम्म कर्फ्यू आदेश निरन्तर रहने जनाएको छ। प्रशासनले सुरक्षाको अवस्था नियन्त्रणमा राख्न र सम्भावित अप्रिय घटना रोकथाम गर्न निषेधाज्ञा तथा कर्फ्यू �. . .


विराटनगर विमानस्थल सञ्चालनमा, उडान पुनः सुरु

विराटनगर भाद्र २५, विराटनगर विमानस्थलमा उडान पुनः सञ्चालनमा आएको छ। अहिले विमानहरू क्रमशः विराटनगरमा अवतरण गर्न थालेका छन्। विराटनगर विमानस्थलका प्रमुख सुवास झाले आवर विराटनगरलाई जानकारी दिँदै भने, “विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न एयरलाइन्सका विमानहरू विराटनगरमा आउने क्रम सुरु भएको छ।” उन. . .


विराटनगरका युवाहरु क्षतिग्रस्त क्षेत्रमा सरसफाईमा जुटे

इन्दु कुमारी शाह विराटनगर । हालैको अव्यवस्थित घटनाले क्षति पु¥याएका स्थानलाई पुनः सामान्य अवस्थामा फर्काउन विराटनगरका युवाहरु सक्रिय भएका छन् । मंगलवार बिहानदेखि विभिन्न टोलटोलका युवाहरुले क्षतिग्रस्त क्षेत्रहरूमा सरसफाई अभियान सञ्चालन गरेका छन् । आफ्नो वरिपरिको क्षेत्रलाई सफा राख्ने उद्द. . .


विराटनगरमा सुरक्षा निगरानी कडा, सतर्कता अपनाउन प्रशासनको आग्रह

इन्दु कुमारी शाह विराटनगर । पछिल्ला घटनापछि विराटनगरमा सुरक्षाकर्मीलाई हरेक क्षेत्रमा परिचालन गरी निगरानी कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार महानगरमा त्रासित हुनुपर्ने अवस्था नरहेको भए पनि आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रशासनले अफवाह तथा भ्रामक सूचनाको पछि . . .


विराटनगरमा स्थानीय र सुरक्षा निकायको सहयोगले सामान्य अवस्था फर्काउने कोसीस जारी

इन्दु कुमारी शाह विराटनगर । विराटनगरमा भईरहेको घटनाहरु स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिने कोसीस भईरहेको छ । पछिल्ला केही समययता चोरी, लुटपाट र अव्यवस्थित गतिविधिका कारण त्रसित बनेको विराटनगरमा स्थानीयवासी र सुरक्षा निकायको सक्रियताले अवस्था क्रमश सामान्य बन्दै गएको छ । आन्दोलनका नाम�. . .


विराटनगरमा लुटपाट गर्नेलाई स्थानियले नै नियन्त्रणमा लिई कार्वाहि गर्दै

इन्दु कुमारी साह विराटनगर । हालैको आन्दोलनपछि विराटनगरका विभिन्न स्थानमा लुटपाट र चोरीजस्ता अपराधिक गतिविधि बढिरहेका छन् । यसै क्रममा स्थानीय बासिन्दाले सुरक्षा संयन्त्रलाई सहयोग गर्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन थालेका छन् । हिजोदेखि बढिरहेका यस्ता घटनापछि प्रहरीले मा. . .


विराटनगरस्थित मोरङ कारागारमा कैदीबन्दी भाग्ने प्रयास, प्रहरीद्वारा हवाई फायर

विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा कैदीबन्दीहरूले नाराबाजी गर्दै गेट तोडेर भाग्ने प्रयास गरेका छन्। उक्त घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको हो। भाग्ने प्रयाससँगै कैदीबन्दीका आफन्तहरू समेत कारागारको गेटअगाडि भेला भई होहल्ला गर्न थालेपछि थप तनाव सिर्जन�. . .