विराटनगर । मोरङको रंगेली नगरपालिकाले घर जग्गा करका दर मनोमानी ढंगबाट तोकेको आरोप लगाउँदै नेपाली काँग्रेसले गरेको आन्दोलनका कारण दैनिक प्रशासनिक कामकाजमा समस्या सिर्जना भएको छ । नेपाली काँग्रेसको नगर समितिले नागरिकमाथि जर्बरजस्ती कर तोकिएको आरोप लगाउँदै सच्याउन माग राखेर आन्दोलनमा उत्रिएको हो । . . .
इन्दु साह विराटनगर। विराटनगरका विभिन्न सडक र फुटपाथमा निर्माण सामाग्री राखिएको कारण आम नागरिकलाई हिँडडुल गर्न समस्या पर्दै आएको छ । सडक छेउ र फुटपाथमा महिनौँसम्म गिट्टी, बलौटा, रड, बाँस लगायतका निर्माण सामग्री राख्ने प्रवृत्ति बढ्दो क्रममा रहेको पाइएको हो । महानगरपालिकाका नगर प्रहरी प्रमुखका अनुसा�. . .
विराटनगर । विराटनगरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा संचालनमा आएको छ। बिहीबार विराटनगर-४ स्थित कंचनबारीमा नयाँ शाखा संचालनमा आएको हो। एक कार्यक्रमका बीच शाखाको उद्घाटन बैंकका कोशी प्रदेश प्रमुख यसपाल कुमार तिब्रवाल गरेका थिए । अहिले बैंकका देशभर २७३ शाखा कार्यालयहरु रहेका छन् । ग्रा�. . .
विराटनगर । विराटनगर–२ सँग सीमा जोडिएको तीनपैनी हनुमान मन्दिर रोड सिंघीया खोला पारी कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । विराट�. . .
विराटनगर । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औं वार्षिकोत्सवको अवसरमा विराटनगरका युवा क्रिकेटर दिपेश कंडेल सम्मानित भएका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिपेशलाई अवार्ड प्रदान गरेका थिए । वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीब�. . .
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । विराटनगर ६ कि निर्मला शर्माकाे ४२ दिनका छाेरा शिब शंकर शर्माकाे हातबाट जुश खाएर कार्कीले अनशन तोडेका हुन् । काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगा�. . .
विराटनगर । प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि सुन्दरहरैंचाको स्कलर्स होम स्कुलले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो । उपाधिसँगै स्कलर्सले १५ हजार रुपैयाँको साथै मेडल,ट्रफी जित हात पारेको छ । यसैगरी प्�. . .
विराटनगर । सप्तकोशी नदीमा गाँजा ओसारपसार गर्न छुट्टै डुंगा चलेको छ । प्रहरीले गाँजा २४८ केजी गाँजा लोड गरेको डुंगा पक्राउ गरेपछि गाँजा कारोबारीले जलमार्ग भएर गाँजा ओसारपसार गर्न थालेको रहस्य खुलेको हो । जसका लागि ट्यूवमा बाँस बाँधेर त्यसमाथि गाँजा प्याक गरिएका बोरा राखिएको पाइएको थियो । इलाका प्रहर�. . .
इन्दु साह विराटनगर । विराटनगरका बजारमा बिक्री हुने हरियो तरकारीको स्रोत बारे थोक र खुद्रा व्यापारीबीच फरक मत रहेको पाइएको छ। तरकारीका थोक बिक्रेताले अधिकांश तरकारी नेपालकै विभिन्न स्थानबाट आउने गरेको बताएका छन्, जबकी खुद्रा बिक्रेताले भने केही तरकारी भारतबाट समेत आउने गरेको दाबी गरेका छन्। विरा�. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकामा एक हजार २३१ जना क्यान्सर रोगी रहेको तथ्यांकले देखाएको छ। महानगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न प्रकारका क्यान्सरका बिरामीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो। महानगरपालिकाले दिएको एक आर्थिक वर्षको तथ्यांकले मात्रै यो संख्या देखाएको छ । �. . .
विराटनगर । पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन आन्दोलनलाई छानविन गर्नुपर्ने कोशी प्रदेशसभा टिप्पणी भएको छ । पूर्वमुख्यमन्त्री कार्कीले अनशन बसेर भ्रम फिजाउन खोजेको भन्दै छानविन गर्नुपर्ने माग राखिएको हो । बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद तिलाचन पाठकले सं�. . .
विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले विश्व ओजन दिवसको अवसरमा निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । कलेजमा ओजन तह विनाश तथा संरक्षणको उपायको शिर्षकमा निबन्ध प्रतियोगिताको आयोजना गरेको हो । निबन्ध प्रतियोगितामा कलेजमा कक्षा ११ र कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत १ सय ५० जना भन्दा बढी व. . .