विराटनगर

कोशी प्रदेशका तीन जिल्लाबाट लागूपदार्थ र प्रतिबन्धित औषधिसहित ८ जना पक्राउ

विराटनगर । लागूपदार्थ र प्रतिबन्धित औषधि कारोबारमा सक्रिय आठजना व्यक्तिलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ । झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिहीबार साँझ लागूऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी चौकी डाइनियाबाट खटि. . .


सरकारसँग सम्झौता, सेवाग्राहीसँग रकम असुल्दै विराटनगरको नोबेल अस्पताल

विराटनगर । कोशी प्रदेशमा दशवर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सेवाका लागि सरकारसँग सम्झौता गरेको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले सेवाग्राहीसँग भने रकम असुल गरेको छ । माघ १५ गतेदेखि कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गर्ने निजी अस्पतालसँग गरेको सम. . .


विराटनगरमा खुल्ला बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा अर्बन स्पोर्टसको आयोजनामा खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ। माघ २० गते गोग्राह चोकस्थित अर्बन स्पोर्टसको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जुनै उमेर समुहको पुरुष र महिलाको टिम सहभागी हुने पाउने व्यवस्था रहेको कार्यक्रम संयोजक संचेप श्रे. . .


मोरङ जिल्ला स्तरीय ‘बी’ डिभिजन क्रिकेट : मिल्स र बेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा मिल्स क्रिकेट क्लब विराटनगर र बेलबारी विजयी भएका छन् । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर�. . .


विराटनगरमा मोटरसाइकलको शृङ्खलाबद्ध चोरीमा संलग्न व्यक्ति सीसी टिभीको मद्दतले पक्राउ

विराटनगर । विराटनगरमा भइरहेको मोटरसाइकलको शृङ्खलाबद्ध चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सीसी टिभीले खिचेको दृश्यको सहयोगमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो । मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो । त्यस क्रममा म�. . .


विराटनगर वडा नम्बर ६ मा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउनुभयो । विराटनगर वडा नम्बर ६ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा उहाँले महानगरका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताउनुभयो । मेयर कोइराला�. . .


विराट टिचिङमा क्यान्सर विरुद्धको ‘आशा’ कार्यक्रम, क्यान्सर इन्स्टिच्युट भवन संचालनमा आउदै

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर दिवसको अवसरमा विविध कार्यक्रम गर्ने जनाएको छ । यही माघ २१ गते आईतबारका दिन विश्व क्यान्सर दिवसको अवसरमा १५ वटा भन्दा बढी जनचेतनामुलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रम गर्ने जनाएको हो. . .


विराटनगरको घोघाहा खद्रापैनी, जहाँ बन्दैछ चिटिक्क प्रधानमन्त्री पार्क

विराटनगर । विराटनगर महानगरपालिका २ र ७ को सीमानाको घोघाहा खद्रापैनी घुमेजस्तै दुईतर्फ बाउण्ड्रि वालले घेरिएको छ । विराटनगर–२ शनिहाटको महेन्द्र रात्री मा.वि. उत्तरतर्फबाट सुरु भएको खद्रालाई ड्रेनमार्फत सिंघिया खोलामा जोडिएको छ । ड्रेन बाहेकको बाँकी खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको का. . .


मोरङको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनमा दुईजनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दि�. . .


विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । बुधबार महानगरको हलमा सम्पन्न नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबै नगरसभा सदस्यहरूको साथ र सहयोगबाट विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताउनुभयो । आगामी दिनमा �. . .


विराटनगरमा जीसीजी इन्टरनेशनल चस्मा पसल संचालनमा,२५ प्रतिशतसम्म छुट

विराटनगर । विराटनगरमा जीसीजी इन्टरनेशनल चस्मा पसल संचालनमा आएको छ। विराटनगरको रंगेली रोडस्थित चस्मा पसल औपचारिक रुपमा बुधबारदेखि संचालनमा आएको हो । जीसीजी इन्टरनेशनलमा विभिन्न उमेर समुहको लागि विभिन्न अन्तराष्ट्रिय कम्पनीका चस्माहरु , अप्टिकल ग्लासहरु थोक तथा खुद्रा मुल्यमा उपलब्ध रहेको विरा�. . .


दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता मोरङमा हुने

विराटनगर । दोस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता फागुन १८ र १९ गते मोरङमा हुने भएको छ । डोरीतान संघ कोशी प्रदेशको आयोजना र केन्द्रीय समितिको अभिभावकत्वमा आयोजना हुन लागेको प्रतियोगिता यसअघि माघ २६ र २७ गतेलाई तय भएको थियो । डोरीतान संघ कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेका अनुसार व्यवस्थाप. . .