विराटनगर

एक्कासी तुवाँलोले ढाक्यो आकाश, विराटनगर विमानस्थलबाट छैन उडान र अवतरण

विराटनगर । मौसम प्रतिकूल भएपछि विराटनगर विमानस्थलबाट जहाज उडान र अवतरण हुन सकेको छैन । आइतबार बिहादैदेखि तुवाँलो बढेपछि जहाजहरु उडान र अवतरणमा समस्या भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानमा समस्या आएपछि त्यहाँ यात्रुहरु बिहानैदेखि अलपत्र बनेका छन् । तुवाँलो र वायु प्�. . .


मोरङ–२ बाट रास्वपाका कृष्ण कुमार कार्की विजयी

विराटनगर । मोरङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कुमार कार्की विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई फराकिलो म�. . .


मोरङ–६ मा पराजित भएपछि डा. शेखर कोइरालाको धन्यवाद सन्देश

विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा पराजित भएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्। ‘रुख’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका कोइरालाले लोकतान्त्रिक निर्वाचन जय–पराजयभन्दा माथि संस्कार र संस्कृतिको विक�. . .


मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी विजयी

विराटनगर। मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा सन्तोष राजवंशी विजयी भएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजवंशीले कुल ४०,८३३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। प्रत्यक्षतर्फ भएको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई फराकिलो मतान्तरले पराजित गरेका हुन. . .


मोरङ–४ मा मतगणना जारी रहँदै अमनलाल मोदीद्वारा हार स्वीकार,रास्वपा उम्मेदवारलाई बधाई

विराटनगर। प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङ क्षेत्र नम्बर-४ मा नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदीले हार स्वीकार गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले मतगणना अझै जारी रहे पनि मतान्तर धेरै भएकाले आफूले हार स्वीकार गर्ने बताएका छन्। उनले आफ्नो स्टाटसमा लेखेका छन्, “न. . .


मोरङ ६ मा रास्वपा उम्मेदवार रुबिना निरन्तर अगाडी, शेखरलाई माटोको चुनौती

विराटनगर । प्रतिनिधि सभा निर्वाचन मोरङ क्षेत्र नं ६ को पछिल्लो मतगणनाको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुविना आचार्यले मतान्तरलाई फराकिलो बनाएकी छिन् । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले यस अगाडी जितेको निर्वाचन क्षेत्रमा आचार्यले ९ हजार ५०४ मत प्राप्त गरेकी छिन्. . .


सेन्ट जोसेफको ४९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

विराटनगर। विराटनगरस्थित सेन्ट जोसेफ स्कूलले आफ्नो ४९औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। कार्यक्रमको प्रारम्भ विद्यालयका संस्थापक स्व. पुन्य प्रसाद सिटौला सरप्रति श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो। उहाँको दूरदृष्टि, समर्पण र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताले विद्�. . .


मोरङका ६ मध्ये पाँच निर्वाचन क्षेत्रमा रास्वपा अगाडी, एउटामा श्रम संस्कृति

विराटनगर । मोरङमा ६ निर्वाचन क्षेत्रमध्ये पाँचवटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अगाडी छन् । एउटा क्षेत्रमा भने श्रम संस्कृति पार्टीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । परम्परागत तथा पुरानो दलले जित्दै आएको क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने, क्षेत्र नम्बर २ मा कृष्ण क�. . .


देशभर ६० प्रतिशत मतदान

विराटनगर । निर्वाचन आयोगले देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणका बारेमा जानकारी दिइएको छ । यद्यपी यो यकिन तथ्यांक भने हैन । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन् । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मत. . .


संक्रमणकालको अब्बल व्यवस्थापक सुशीला कार्की, नहुने भन्दाभन्दै भयो चुनाव

विराटनगर । जेनजी आन्दोलन नभएको भए २०८४ सालको निर्वाचन २०८२ मा गर्नुपर्ने कुनै बाध्यता आउने थिएन । तर, नागरिकका मुद्दा सम्बोधन गर्नका लागि कहिलेकाँहि आवश्यकताको सिद्धान्तमा टेकेरै देशले नयाँ पाइला चाल्नुपर्ने हुन्छ । त्यहि पाइला चाल्न बाध्य बनायो, गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले । जेनजी विद्रोहप. . .


मोरङमा यहाँ हुनेछ मतगणना (सुची सहित)

विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङमा अलग–अलग स्थानमा मतगणना गरिने भएको छ । ६ क्षेत्रकै छुट्टाछुट्टै स्थानमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक क्षेत्रका निम्ति छुट्टै गणनास्थल तोकिएको छ । मोरङ–१ को मतगणना उर्लाबारी नगरपालिका कार्यालय गरिनेछ । मोरङ–२ �. . .


मोरङमा ४५ प्रतिशतले गरे मतदान

विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मतदान भएको छ । क्षेत्र नम्बर १ मा ४८.८५, २ मा ४४.६०, ३ मा ४२.८२, ४ मा ४२.२२, ५ मा ५०.९९ र ६ मा ४१.७४ प्रतिशत मतदान भएको छ । मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ३ लाख ५० हजार ९ सय ३६ जनाले मतदान गरिसकेका छन् ।. . .