विराटनगर

सुनवर्षीमा मतदान केन्द्रमा खटिएका कर्मचारी प्रहरी नियन्त्रणमा

विराटनगर । मोरङको सुनवर्षी न.पा ६ मा रहेको  पटियापाडा मा.बि को (ग) मतदान केन्द्रमा खटिएका कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।नेपाल बिधुत प्राधिकरण रंगेली बितरण केन्द्रको सहायक पाँचौ तहको कर्मचारी जिल्ला मोरङ रंगेली न.पा २ बस्ने बर्ष ३७ को रंजित सिवा मतदान अधिकृतसँग झगडा गरेपछि नियन्त्रणमा परेका ह�. . .


निर्वाचन विथोल्न खोज्ने मोरङमा नेकपा बहुमतका २ नेता पक्राउ

विराटनगर । मोरङमा निर्वाचन विरोधी गतिविधि गर्दै हिंडेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई नेता पक्राउ परेका छन् । बुधबार दिउँसो मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल पक्राउ परेका हुन् । मोरङ प्रहरीका अनुसार च. . .


मोरङमा प्रहरीको अनुरोध ढुक्कले मतदान गर्नु, बिथोल्ने समूह निस्क्रिय

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङमा चुनाव बिथोल्ने प्रयासमा सक्रिय समूहहरूमाथि प्रशासनले कडा निगरानी बढाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कबित कटुवालका अनुसार निर्वाचनमा बाधा पुर्‍याउने र शान्ति सुरक्षा भंग गर्ने उद्देश्यले केही समूह सक्रिय रहेको सूचना �. . .


मोरङमा निर्वाचनका सबै प्रक्रिया पुरा, २४ घण्टाभित्रै मतपरिणाम सार्वजानिक गर्ने तयारी

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै मतदान स्थलहरूको तयारी पूरा भएको छ । जिल्लाका ६ निर्वाचन क्षेत्रका मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगी सकेको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । मुख्य निर्वाच. . .


मोरङमा ६ स्थानमा मतगणना

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्रका लागि निर्वाचनको सबै तयारीसँगै निर्वाचनपछि मतगणनास्थल समेत तयारी अवस्थामा राखिएको छ । यस पटक सबै निर्वाचन क्षेत्रबाट गणना गरिने भएको छ । यसपटक निर्वाचनको परिण�. . .


निर्वाचन नागरिकका लागि उत्सव, देशमा लोकतन्त्रको जग

लोकतन्त्रमा आवधिक निर्वाचन नागरिकका अधिकार सुनिश्चित गर्नका लागि हुन्छन् । नेपालमा लोकतन्त्रको विकास र अभ्यासको विश्लेषण विभिन्न कोणबाट हुन्छ । नेपालको लोकतान्त्रिक अभ्यासलाई विकसित मुलुकको लोकतान्त्रिक प्रणाली र अभ्याससँग तुलना गरिन्छ । यसको आफ्नो मौलिकपन पनि छ । विकसिम मुलुकबाट लोकतन्त्रको व. . .


कस्तो छ कोशी प्रदेशमा निर्वाचनको तयारी ?

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशभर अन्तिम तयारी तीव्र पारिएको छ । निर्वाचन आयोग नेपाल अन्तर्गत कोशी प्रदेश निर्वाचन कार्यालयले आवश्यक सबै प्राविधिक, प्रशासनिक तथा सुरक्षा तयारी पूरा हुने चरणमा पुगेको जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोल�. . .


निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ

विराटनगर । आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण १४ जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको जनाइएको छ । यसैक्रममा विराटनगर महानगरपालिका–७ डाँफे चोकमा मंगलबार बिहान का�. . .


फागुन २१ मतदानका लागि मौन अवधि सुरु,उल्लंघन गरिएमा उम्मेदवारी रद्द हुने

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि मौन अवधि सोमवार रातिबाट बाट सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचन, २०८२ को प्रयोजनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्�. . .


विराटनगरका होटल ७ बजेपछि बन्द, प्रहरीको निगरानी

विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मोरङमा सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसाय बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी सूचनाअनुसार होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, डान्स बार, गीत–. . .


स्वतन्त्र उम्मेदवार सुजित साहद्वारा रास्वपाकी उम्मेदवार आशा झालाई समर्थन गर्ने

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार सुजित साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् । त्रिभुज चुनाव चिह्न लिएर उम्मेदवारी दिएका साहले सोमबार आफूले उम्मेदवारी फिर्ता लिँदै रास्वपाक. . .


मोरङ–६ मा तीन जनाको उम्मेदवारी निष्क्रिय, शेखर कोइरालालाई सघाउने

काठमाडौँ । मोरङ–६ का तीन जनाको उम्मेदवारी निष्क्रिय भएको छ । आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै उनीहरुले नेपाली कांग्रेसका उम्मेदवार डा‍। शेखर कोइरालालाई सघाउने निर्णय गरेका छन् । उनीहरूले प्रत्यक्षमा कांग्रेसका उम्मेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेक�. . .