झापा बैशाख ४ : झापामा दारा काटेको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ। मेचीनगर नगरपालिका-१२ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए। स्थानीयले हात्ती मृत देखेपछि प्रह. . .
सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव सुरु भएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–१ पिके आधार शिविरमा आजदेखि महोत्सव सुरु भएको हो । याक तथा चौँरी व्यवसायी संघले आयोजना गरेको महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ । चौँरी कृषकलाई सम्मान, चौँरी र जलवायुसम्बन्धी अन्�. . .
धनकुटा । पर्यटन प्रवर्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा बैशाख ५ गतेदेखि पाँचदिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) हुने भएको छ । धनकुटा नगरपालिका–१ हिलेमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था हिले पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास संस्. . .
झापा । ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार वीरता जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रमकाबीच प्रदान गरिएको हो । प. . .
झापा । झापामा नक्कली सुनको टिल बिक्री गर्ने एक जना प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जल्पाइगुडी-४० सिलिगुडी भारतका ५४ वर्षीय शेर बहादुर गिरी रहेका छन् । सोमबार दिउँसो साढे २ बजे झापाको बिर्तामोड नगरपालिका-५ शनिश्चरे स्थितबाट गिरीले आफु सुन बेच्ने मानिस भएको भन्दै आफुसँग भएको नक्कली काँचो सु�. . .
खोटाङ । प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो । भोलि बुधबार रामनवमी पर्व हो । यसै अवसर पारेर आयोजित मेलामा आउने दर्शनार्थीलाई सहजरुपमा पूजाआजा गर्ने वाता�. . .
इलाम । इलामको निर्वाचन क्षेत्र २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ कायम गरिएको छ । अघिल्लो निर्वाचनभन्दा अहिले पाँच सय ४७ मतदाता थपिएका छन् । वैशाख १४ सम्ममा १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि अबको पुरुष मतदाता संख्या ५९ हजार १८ र महिलाको संख्या ५६ हज�. . .
ताप्लेजुङ । कोशीमा हालै जारी भएको जनस्वास्थ्य ऐन खारेजीको माग गरिएको छ । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले पाँचौँ पूर्ण बैठकमार्फत् जनस्वास्थ्य ऐन खारेज गर्न माग गरेको हो । ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा बसेको समितिको बैठकले जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० ले जिल्ला समन्वय स�. . .
विराटनगर । `बिनायो कङकङ, बिनायो कङकङ ए कान्छा घुम्न जाँउ लैलै मलायो हङकङ´ यो गीत कुनै सांगीतिक कार्यक्रमको ‘स्टेज प्रोग्राम’ मा घन्किएको होइन् । यो गीतका भाका ईलामको माङसेबुङको खुल्ला आकाश, माटो अनि कुना कन्दरा र भीर पाखा छिचोल्दै घन्किएको गीत थियो । त्यसमा पनि गायिका सुनिता थेगिमको आवाजमा । गायिका थे�. . .
मोरङको उर्लाबारी र सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका कानेपोखरीबाट बिर्तामोड तर्फ जाँदै गरेको मे ७ प ८४८० मोटरसाइकलले मोरङको उर्लाबारी ३ मंगलबारेमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गर�. . .
सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । आज दिउँसो पौने २ बजे “मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्. . .
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई र २८ वर्षीय गणेश राई छन् । गत १ वैशाखको राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहार गर�. . .