बिर्तामोड । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौं झापा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । एपीएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमीफाइनल यात्रा सुरक्षित गरेको हो । एपीएफका तर्फबाट स. . .
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सोमबार सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कास्कीको पोखरा–१८ सराङकोटका २९ वर्षीय रवीन्द्र ढकाल (पाइलट) र उदयपुरको त्रियुगा–११ विशालनगरका २६ वर्षीय स�. . .
ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ। पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुंगाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो। समितिद्वारा विनियोजित २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीक. . .
विराटनगर । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउसो ४ बजे झापाको कमल गाउँपालिका- ३ स्थितमा रहेको एक होटलमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्. . .
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो । सहज नेपाल संस्थाको प्राविधि�. . .
फिक्कल (इलाम) । अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् । भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी �. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा ७ गाेठगाउँ स्थित श्री शिव पाञ्चायन मन्दिरमा महाशिव रात्रीको अवसरमा शिवरात्री मेला हुने भएको छ। उक्त अवसरमा विभिन्न धार्मिक गतिविधीहरूका साथ भगवान शिवको प्रतिमा अनन्त श्रीविभूषित जगतगुरू बालसन्त मोहनशरण देवाचार्यको बाहुलिबाट अनावरण गरिने कार्यक्रम रहेक�. . .
उदयपुर (गाईघाट)। उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ। विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरु�. . .
विराटनगर । धनकुटामा आइतबार जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हिले बजारबाट गइरहेको को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा भएको हो । सडकबाट करिब ५० मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । घाइते हु�. . .
विराटनगर । झापा गोल्डकप फुटब प्रतियोगिताअन्तर्गत आज आइतबार विभागीय टिम नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यी दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटबल क्�. . .
विराटनगर । मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए । मेचीनगर–५ क�. . .
विराटनगर । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान ज�. . .