सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा खुम्बु क्षेत्रमा उक्त सङ्ख्यामा विदेशी पर्यटकको मृत्यु भएको हो । जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनु. . .
भोजपुर । नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरु सञ्चालनपश्चात् बन्द भएका पनि छन् । आफ्नै देशमा रहेका फलाम खानी बन्द हुँदा बाह्य मुलुकबाट फलाम आयात गर्नुपर्ने देशको बाध्यात्मक अवस्था छ । यस्तै चपेटामा परेको छ भोजपु�. . .
पाँचथर । हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ । अठारौँ गणतन्त्र दिवसका अवसर पारेर वडा कार्यालयले बिहीबार सोही वडाको देवी योङहाङ स्मृति भवनमा विद्यार्थी प्रोत्साहन कार्यक्रम आय�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक कोरिडोर अन्तर्गत इटहरी–१२ मा अवस्थित तिरुपति प्लाइउड उद्योगमा गएराति भीषण आगलागी भएको छ । राति साढे २ बजेबाट सुरु भएको आगो नियन्त्रणमा आउन सकेको छैन । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आगो नियन्त्रणका लागि मोरङ र सुनसरीका �. . .
इटहरी (सुनसरी) । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, प�. . .
रामकुमार लिम्बू / रासस फिक्कल (इलाम) । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने सबै जातिजातिको आ–आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् । तीमध्ये विशिष्ट विशेषता भएको समुदाय हो, लिम्बू समुदाय । आफूलाई पूर्वी नेपालको आदिवासी भूमिपुत्र दाबी गर्दै आएका लिम्बू समु�. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् । . . .
खोटाङ । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । विसं २०४९ वैशाख १ गते स्थापना . . .
खोटाङ । सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता हुनुभएका सविनको खोजीमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । डिकुवास्थित ओख्लाङका विन�. . .
सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ �. . .
धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ विजयपुरडाँडाको शान्त परिवेशमा अवस्थित पिण्डेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा उदाउँदै छ । ‘अमृतपिण्ड पिण्डेश्वर महादेव’का रूपमा चिनिने यो मन्दिर धार्मिक विश्वास, पौराणिक इतिहास र प्राकृतिक सौन्दर्यको समिश्रण हो । जहाँ दैनिक . . .
दमक (झापा) । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा �. . .