पुर्व

धरानबाट भोजपुर जाँदै गरेको बस धनकुटामा दुर्घटना एक जनाको मृत्यु, १३ घाईते

विराटनगर । धराटबाट पहाडी ईलाका भोजपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुदाँ एकको मृत्यु १३ जना घाईते भएका छन् । आज(सोमबार) बिहान धरानबाट भोजपुरका लागि छुटेको बस धनकुटा नगरपालीका ६ स्थित गोठगाँउमा दुर्घटनामा परेको थियो । बस करिब ५० मिटर तल खस्दा बसमा सवार धनकुटा ६ कि ७३ वर्षीया कृष्णा कुमारी राई भ. . .


मोरङ कारागारका थुनुवाको कोशी अस्पतालमा मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको आइतबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन् । ठगी मुद्दामा थुनाम. . .


बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ

झापा । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिनुभयो । खनाललाई आजै जिल्ला अदालत. . .


लिम्बू पत्रकार संघले जारी गर्‍यो ‘विजयपुर घोषणापत्र’: मुक्कुम्लुङमा केबुलकार विरोध

धरान । लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो पूर्ण बैठक २०८२ वैशाख २० गते ऐतिहासिक विजयपुरगढी (धरान) मा सम्पन्न भएको छ। नवनिर्वाचित अध्यक्ष सन्देश सुब्बा (इड्वा) को अध्यक्षता र वरिष्ठ पत्रकार हर्ष सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले तीन बुँ�. . .


धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ । धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार सङ्घीय सरकारको ५० . . .


प्रदेशमा लगानी सम्मेलनः एक खर्ब ५२ अर्बको सम्झौता

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन-२०२५’को आज समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेशका मुख्य�. . .


सोलुखुम्बुको गौरी टापमा तेस्रो स्पार्क एड्भेञ्चर हुने

काठमाडौँ । यात्रुहरुका लागि मुलुकभर सवारी साधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको गौरी टाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गर्ने भएको छ । ‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा दुई सयभन्दा ब. . .


‘उनको स्वीटर’ टिमलाई धरानमा भव्य स्वागत, सुजन चापागाईको प्रस्तुतिमा झुमे दर्शक

प्रेम देवान विराटनगर । पछिल्लो समय पूर्वी नेपालमा सांगीतिक चेतनाको केन्द्र बन्दै गएको धरानमा बिहीबार साँझ एक भव्य सांगीतिक माहोल छायो । त्यसो त धरानमा पछिल्लो समय एकपछि अर्को गर्दै सांगीतिक साँझहरु भईरहँदा बिहीबार साँझको कार्यक्रमले त झन् महोल फरक र आर्कषित बनाईदियो । यही वैशाख २६ गतेबाट प्रदर्शन�. . .


बुबाआमा टुङ्गो नभएका इन्द्र बहादुरलाई ३६ वर्षमा नागरिकता

केदार मगर/रासस खोटाङ । “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय इन्द्रबहादुर थापाले भन्नुभयो, “अब सबैभन्दा पहिले दुई छोराको जन्मदर्ता गरिदिन्छु, त्यसपछि �. . .


विराटनगरमा आजदेखि लगानी सम्मेलन सुरु हुँदै

बेलबारी (मोरङ) । कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि दुईदिने लगानी सम्मेलन आयोजना गर्दैछ । यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् । प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण यो प्रदेशलाई �. . .


कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

दिलकुमार लिम्बू/रासस फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक साइक्लिङ’ यात्रा सम्भव भएको छ । धरान माउन्टेन बाइक नेटवर्कका चारजना साहसी राइडर—अविसेक मादेन, अनिष तामाङ, दीपसागर तामाङ र निमा शेर्पाले कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविरसम्म साइकल यात्र�. . .


जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

बनियानी । झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यमा विकसित भएको छ । विसं २०६५ मा स्थापित पूर्वको पुरानो पर्यटकीय गन्तव्यमध्ये एक जामुनखाडीमा वैशाख १ गते नयाँ वर्षका अवसरमा पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको. . .