पुर्व

प्रयोग नै नगरी थन्कियो खोटेहाङ गाउँपालिकाको दमकल

खोटाङ । ‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो । विराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डा�. . .


चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

झापा । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले. . .


पेट्रोलिम पदार्थको मूल्य वृद्धि

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ । वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । हवाई इ. . .


प्रदेश १ प्रदेशसभा : सांसद कार्कीको ढ्याप-ढ्यापे समय ठिक थियो ?

विराटनगर । सोमबार दिँउसो नेपाली काँग्रेसका सांसद एवम् पूर्व कानुनमन्त्री केदार कार्कीले प्रदेशसभा बैठक चल्दै गर्दा टेबल ढ्याप-ढ्याप गरे । जुन समय सभामुख बाबुराम गौतमले मन्त्रिपरिषदको कार्यविभाजन र जिम्मेवारीसम्बन्धी पत्र पढेर सुनाउदै थिए । कार्कीले मागेको ढ्याप-ढ्यापे समय प्रति सभामुख गौतम नै अन. . .


मेची–काली उल्टो पदयात्रामा ‘रुपना थारू’

दमक । मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्कनुभएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय उल्टो पैदलयात्री रुपना थारू आज दिउँसो दमक आइपुग्नुभएको छ । श्रीमती सम्झनाको सहयोगबाट थारूले गत माघ २१ गते पूर्वी नाका कांकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्कि�. . .


छैन गहुँ, उद्योगको उत्पादन कटौती

विराटनगर । भारतबाट गहुँ आयातमा कडाई गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै त्यसको कच्चामा निर्भर रहेका उद्योगमा परेको छ । भारतले दश महिना अगाडीदेखि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् । गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योगहर�. . .


धरानबाट लागुऔषध गाँजासहित २ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१७ चतरा स्थितबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो साढे १ बजे अस्थाई प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ९३४३ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका-१ का ३२ बर्षीय योगराज राई �. . .


सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी

बनियानी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उहाँले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्�. . .


इटहरीका नन्द भाउजुको सेलरोटी उद्यम

विराटनगर । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुनुहुन्छ । सेलरोटी बनाउन जान्ने उहाँहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उहाँहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिनुहुन्थ्यो. . .


सदनमा बोल्न केदार कार्कीले ठोके टेबल

विराटनगर । नेपाली काँग्रेसका सांसद केदार कार्कीले सदन सेटिङमा चलेको जस्तै भएको आरोप लगाएका छन् । आज (सोमबार) प्रदेशसभाको बैठकमा प्रदेश १ का सभामुख बाबुराम गौतमले मन्त्री परिषदको कार्यविभाजन र जिम्मेवारी सम्बन्धि पत्र पढेर सुनाउदै गर्दा कार्कीले टेबल ठोकेर बोल्ने समय मागेका थिए । उनले सोही क्रमम�. . .


ईटहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ कोशी लोकमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा आखिभुई ८ घर भई ईटहरी-२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् । आइतबार साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकलल. . .


रासायनिक मल उपलब्ध गराउन झापाका चिया उद्योगीको माग

झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र किसान यसमा आश्रित छन् । तर दुःखको कुरा के छ भने सरकारलाई चियाखेतीमा मल चाहिन्छ भन्ने थाहा छैन । विसं २०७७ देख. . .