खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् । . . .
खोटाङ । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । विसं २०४९ वैशाख १ गते स्थापना . . .
खोटाङ । सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता हुनुभएका सविनको खोजीमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । डिकुवास्थित ओख्लाङका विन�. . .
सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ �. . .
धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ विजयपुरडाँडाको शान्त परिवेशमा अवस्थित पिण्डेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा उदाउँदै छ । ‘अमृतपिण्ड पिण्डेश्वर महादेव’का रूपमा चिनिने यो मन्दिर धार्मिक विश्वास, पौराणिक इतिहास र प्राकृतिक सौन्दर्यको समिश्रण हो । जहाँ दैनिक . . .
दमक (झापा) । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा �. . .
धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आउनुभएको छ । बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्�. . .
भोजपुर । मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि भोजपुरका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताउनुभयो । किराका कारण गोड्ने . . .
टक्सार (भोजपुर) । किरात समुदायको पर्व साकेला उभौली विधिवत् रूपमा समापन गरिएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिक रूपमा पर्व समापन गरिएको हो । आज आयोजना गरिएको बृहत् साकेला सिली प्रदर्शनीमा उल्लेखनीय सङ्ख्यामा स्थानीयको सहभागिता थियो । साकेला उभौलीको अ�. . .
विराटनगर । सुनसरीको बराहक्षेत्रमा गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको छ । आज(शनिबार) बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक वन क्षेत्रमा प्रहरीले ३ राउण्ड गोली चलाएको हो । गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली बराहक्षेत्र नगरपाल�. . .
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थितबाट गाँजा बोकेको पिकअप गाडी सहित ओसार पसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज(शनिबार) बिहान विशेष सुचनाको आधारमा प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले साँघुरीगढी-५ ओख्रे स्थितमा प्र.१-०२-००२ च ५२३८ नम्बरको महेन्द्रा पिकअप गाडीलाई संका. . .
फिक्कल (इलाम) । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धन गर्न �. . .