पुर्व

विराटनगरका उद्योगी-व्यवसायी भन्छन् : आयात मात्रै हैन सीमामा कडाई गर

विराटनगर । राजश्व प्रणालीमा जोडिएर हुने व्यापारिक प्रयोजनका वस्तु आयातमा कडाई गरिएसँगै सीमापार भारतका बजारबाट हुने अनौपचारिक कारोबार रोक्न नसके देशको अर्थतन्त्रमा झन् जटिलता थपिने उद्योगी-व्यवसायीले बताएका छन् । खुल्ला सीमाबाट भारतका बजारमा पुगेर आवश्यक सामान खरिद गरेर ल्याउनेको संख्या झन् बढ�. . .


मोरङको धनपालथानमा पानीमा डुबि एक बालकको मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-३ डकुवा डाँडा स्थित रहेको ए बी सी ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबि एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ बजे ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबि अचेत अवस्थामा आफन्त�. . .


इलामको माईजोगमाईमा २१ फिट अग्लो गणेशको प्रतिमा निर्माण हुने

इलाम । इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एवं पर्यटकीय क्षेत्र नयाँ बजारस्थित दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्न शिलान्यास भएको छ । शिलान्यास आईतबार भएको हो । करिब २१ फिट अग्लो प्रतिमा स्थापना गर्ने गरि शिलान्यास गरिएको हो । माईजोगमाई गाउँपालिका नयाँ बजारका युवा तथा व्यवसा�. . .


लेटाङमा प्रहरी हतया आरोपमा ६३ जना विरुद्ध मुद्दा, २० जनालाई कर्तव्य ज्यान

विराटनगर । मोरङको लेटाङ घटनामा संलग्न आरोपमा ६३ जनालाई नियन्त्रणमा लिईएको छ । पक्राउ परेकामध्ये २० जना विरुद्ध कर्तव्य ज्यान र ४२ जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको हो । घटनामा संलग्नमाथि भईरहेको अनुसन्धान सात दिनभित्र सकिने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोर. . .


नहरको पानीमा डुब्दा एकजनाको मृत्यु

सुनसरी । सुनसरीको ईनरुबा नगरपालिका–६ मधेशा स्थित नहरको पानीमा डुबि एकजना बृद्दको मृत्यु भएको छ । आज दिउसो पौने १२ बजे ६० बर्षीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकिले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना स. . .


ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

मोरङ । मोरङको केराबारी गाँउपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिदा ट्याक्टर चालक केराबारी–१० का १९ बर्षीय पिलिज बि.क.लाई ट्याक्टरको स्ट्रिङले च्यापिई घाईते भई उपच�. . .


नागरिकसँग प्रहरी जोड्दै सुन्दरहरैंचा

विराटनगर । पाँचवर्ष अगाडिसम्म मोरङको सुन्दरहरैंचा क्षेत्रमा प्रहरी चौकी हरैंचाको मात्रै संरचना थियो । स्थानीय तहको गठनसँगै सुन्दरहरैंचा नगरपालिकामा पछिल्लो पाँचवर्षको अवधिमा प्रहरीका संरचना तीनवटा पुगेका छन् । बलिया–बाँसबारी प्रहरी चौकी स्थापना भई हाल भवन निर्माणको कार्य भई रहेको छ । स्थायी सं�. . .


योजना आयोग उपाध्यक्षमा डा.लोक्सोम, सदस्य सचिवबाट पर्शुराम बस्नेत बर्खास्त

विराटनगर । प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक्सोमलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ । पाँचथरका डा.लोक्सोम शेर�. . .


स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताउनुभयो । उहा. . .


बुढिगंगा गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ईटहरी-१९ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागी बिराट म�. . .


ओलाङचुङगोलाका किसान ‘आलु रोपाइँ’ मा व्यस्त

फुङ्लिङ । ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसान अहिले आलु रोपाइँमा व्यस्त भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साक�. . .


झगडिया पक्रेर कर्तव्य ज्यानमा संलग्नको खोजी

विराटनगर । नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा. विजय यादवको मृत्यु वा हत्या रहस्यमय रहेको बेला प्रहरीले आठजनासँग सोधपुछ गरिरहको छ । घटनामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो । सप्तरीको विष्णुपुर गाउँपालिका- १ का मृतक यादव विराटनगर ४ नोबेल अगाडि डेरा बसेको घरको कम. . .