पुर्व

सिमा नाका शिल गरेको बेला ६७ बण्डल पटका सहित २ युवा पक्राउ

विराटनगर । ईटहरी ५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी (पटका) सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बिहान ०९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरील. . .


दुई सङ्क्रमितको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना र सप्तरीका अर्का एक जना गरि दुई पुरुषको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । �. . .


दमक नगरपालिकामा आइसोलेसन निर्माण सुस्त

झापाको दमक नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणको त्रास बढ्दो छ । अहिलेसम्म नगरपालिकामा १८९ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ । तीमध्ये १५५ जना सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक सङ्क्रमित महिलाको ज्यान गएको छ । वडा नं १ का ५८ वर्षीय सङ्क्रमित एक पुरुषको भने काठमाडौँमा उपचारका �. . .


निजी विद्यालयका शिक्षक–कर्मचारीहरु ६ महिनादेखि तलबविहिन

झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु). . .


मदन भण्डारी प्रतिष्ठानको कर्मचारीद्वारा आत्महत्या

विराटनगर । मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत लेखा एवं प्रशासन प्रमुख मुक्तीनाथ दाहालले आत्महत्या गरेका छन् । झापाको दमकस्थित तारबारीमा रहेको प्रतिष्ठानको बहुप्राविधिक शिक्षालयमा दाहाल कार्यरत थिए । उर्लाबारी–५ घर भएका उनी शिक्षालयमै झुन्डिएको अवस्थामा सोमबार मृत फेला परेका थिए ।  घटना पछ. . .


दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जलगायत सबै जनवर्गीय सङ्गठनको जि. . .


यौन दुव्र्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

यौन दुव्र्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको उजूरीका आधारमा उहाँलाई प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुव्र्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आध�. . .


नोबेलमा मोरङका दुई र वीपीमा धरानका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका तीनजना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र विराटनगरको नोबेल अस्पतालमा दुईजना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नोबेलमा मृत्यु हुने दुवैजना मोरङका रहेका छन् । कोरो. . .


खोटाङ्गमा अन्नबाली उपचार शिविर

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरिएको छ । विभिन्न अन्नबालीमा लाग्ने रोग तथा कीरो नियन्त्रणमा किसानलाई सहयोग गर्न नगर कृषि शाखा र वडा कार्यालय बुइपाको सहयोगमा कृषि ज्ञान केन्द्र खोटाङले शिविर सञ्चालन गरेको हो । शिविरमा तरकारी, फलफूल, खाद्यान्�. . .


‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’

पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी नेपालमा भए पनि यहाँसम्म पर्यटक ल्याउने माध्यम कमजोर भएको पर्यटन व्यवसायीले बताएका हुन् । सरकारी र निजी क्षेत्रबाट प्रभावकारी प्रयत्न न�. . .


सिट क्षमताभन्दा बढी यात्रु, मापदण्डको धज्जी उडाउदै सार्वजनिक यातायात

मेची राजमार्गको चारआलीबाट चन्द्रगढी चल्ने मिनी बसले गाडीभरि यात्रु राख्दै भाडा बढी लिने गरेका छन् । कोभिड –१९ को महामारीका कारण सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७’ को धज्जी उडाउँदै क्षमताभन्दा बढी यात्रु कोचेर साविकभन्दा ५० प्रतिशत बढी भाडा असुलेका हुन् । व्यवसा�. . .


झापाको प्लाज्मा बैंकलाई ११ लाख सहयोग

नेपाल रेडक्रस सोसाइटी झापाले स्थापना गरेको प्लाज्मा बैंकलाई एकका लागि एक अभियानले रु. ११ लाख आर्थिक सहयोग गरेको छ । यसअघि अभियानले रु. एक करोडको लगानीमा कनकाई नगरपालिकास्थित कोटीहोममा पिसिआर प्रयोगशाला स्थापना गरी मेची अञ्चल अस्पताललाई हस्तान्तरण गरेको थियो । पिसिआर ल्याब स्थापनाको सफलतापछि कोरो. . .