पुर्व

इलाममा सर्पले डसेर किशोरीको मृत्यु

इलाम भदौ १७ ,  विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जा�. . .


करेन्ट लगाएर माछा मार्दा सुनसरीका एकयुवा आफैलाई करेन्ट लागेर ज्यान गयो

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १३ मा एक युवकको करेन्ट लागेर ज्यान गएको छ । १६ बर्षीय मुकेश सरदारको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । आज दिऊँसो घर नजिकै रहेको नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका सरदारको उपचारकालागि नोवेल अस्पताल बिराटनगर ल्. . .


ताप्लेजुङमा आगलागीबाट आठ लाखको क्षति

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका मनोज गुरुङको घरमा आगलागी भएको छ । आगलागीबाट आठ लाख बराबरको क्षति भएको छ । आज बिहान गुरुङको ढुङगा माटोले बनेको टिनको छाना भएको एक तले कच्चीको भान्सा घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलले जनाएको छ । आगलागीबाट घरमा भएको सम्पुर्. . .


सप्तरीमा एक दर्जन बढी महिलालाई जागिरको प्रलोभन देखाई बलात्कार गर्ने एक युवा समातिए

सप्तरी भदौ १७ , जागिरको प्रलोभन देखाई एक दर्जन बढी महिलालाई बलात्कार गरी लुटपाट गर्ने सप्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि प्रहरीको खोजीमा रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का २८ वर्षीय सञ्जीव खड्का नाम बताउने सन्तोषकुमार यादवलाई सप्तरी प्रहरीले पक्राउ गरी सोमबार सार�. . .


गरिखानेको कथा : उदयपुरका डम्बरबहादुर केरा बिक्रीबाट मासिक ५० हजार कमाई गर्छन

हरिकुमार राई उदयपुर।  पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्दैन भन्ने उदाहरण बनेका छन् उदयपुरको त्रियुगा नगरपालिका –१४ साउनेका ५६ वर्षीय डम्बरबहादुर मगर । उनले व्यावसायिकरूपमा केराखेती गरेर केरा बिक्रीबाट मासिक ५० हजारभन्दा बढी कमाई गर्�. . .


तीनै तहको चुनाव बहिस्कार गरिएको तिङ्लामा उपनिर्वाचन नहुने

सोलुखुम्बू। आगामी मंसिर १४ गते तीनै तहमा रिक्त ५० पदका लागि उपनिर्वाचन हुँदैछ। दशैंतिहार लगत्तै हुने निर्वाचनका लागि दलहरुमा चहलपहल सुरु भइसकेको छ। २०७४ सालमा भएको निर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका पदका लागि निर्वाचन आयोगले दल दर्ताको आह्वान समेत गरिसकेको छ। केही स्थानमा उम्मेदवारी दिने ने�. . .


टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज

काठमाडौं भदौ १६ , टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो ।  . . .


मोरङको रङ्गेलीमा अवैध रुपमा ल्याउँदै गरेको १० वटा गाई नियन्त्रणमा

रंगेली भदौ १६ , मोरङको रङ्गेली नगरपालिका–३ पिपलचोकबाट अवैध रुपमा ल्याउँदै गरेको १० वटा गाई नियन्त्रणमा लिइएको छ । अस्थायी प्रहरी चौक बेतौनाबाट खटिएको गस्ती टोलीले दोहमनाबाट कर्सियातर्फ लाँदै गरेको अवस्थामा निइन्त्रणमा लिएको हो ।. . .


मोरङको मधुमल्ला बजारमा आज बिहान सडक दुर्घटनामा परि एक वृद्धाको मृत्यु

मोरङको मिक्लाजुङ ७ मधुमल्ला बजारमा आज बिहान सडक दुर्घटनामा परि एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका वडा नं. ६ निवासी करिब ७५ बर्षीय नन्दकुमारी राईको मृत्यु भएको हो । मिक्लाजुङ –८ बाट यात्रु लिएर मुधुमल्ला आएको ना.२ ख ५२२७ नं. को ग्याल्बो सुपर बसले ठक्कर दिँदा वृद्धाको नन्न�. . .


सुनसरीको बर्जुमा भरौट प्रसोधनको नाममा खोला दोहन, नहर र बाटो उच्च जोखिममा

अकबर अलि सुनसरी भदौ १६ ,  सुनसरीको बर्जु २ स्थित केसलिया खोलामा भरौट प्रसोधनको नाममा नदि दोहन हुँदा समेत जनप्रतिनिधि तथा प्रहरी मुकदर्शक तथा मौन रहेको पाइएको छ । अवैधरुपमा भरोट प्रशोधन गर्दा केसलिया खोला छेवमै रहेको नहर तथा बाटो उच्च जोखिममा रहेको छ । स्थानिय दिनेश्वर मण्डलले भने प्रहरी र जनप्रतिन�. . .


सुनसरीको बलाहामा निर्माण भएको खानेपानीको ट्यांकी हस्तान्तरण पहिले नै चुहिन थाल्यो

अमर काफ्ले सुनसरी । सुनसरीको बलाहामा निर्माण भएको खानेपानीको ट्यांकी हस्तान्तरण पहिले नै चुहिन थालेको छ । १ करोड ५० लाख बढीको लागत रहेको सो पानी ट्यांकी चुहिन थालेपछि निर्माण कम्पनीको लापरवाही भएको भन्दै आलोचना सुरु भएको छ । सरोकारवाला निकायले समेत चासो नदिएको स्थानीयको गुनासो छ । खानेपानी तथा सर�. . .


झापामा फेरी नागरिकता काण्ड : १६ गैरनेपालीलाई नागरिकता दिने पाँच पक्राउ

झापा । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्र. . .