पुर्व

विद्युत् लाइन बिस्तारका लागि संखुवासभामा १४ हजार २१ वटा रुख काटिने

संखुवासभ,  ९ माघ ।  विद्युत् लाइन बिस्तारका लागि संखुवासभामा १४ हजार २१ वटा रुख काटिने भएको छ। अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन  निर्माणका लागि १८ वटा सामुदायिक वन क्षेत्रबाट उक्त परिणामको रुख काट्न सुरु गरिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार रुख काट्न सुरु गरिएको जि�. . .


भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गयो, पहाडी क्षेत्रका बासिन्दा बाहिर निस्केका थिए

काठमाडाैं, ९ माघ। प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे पूर्वको पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा भूकम्पको धक्का महसुस भएको हो । भोजपुरको रामप्रसाद गाउँपालिकास्थित बैकुण्ठे केन्द्रबिन्दु बनाएर ४.५ म्याग�. . .


दुहवीमा मापदण्ड बिनाका अस्पताल र क्लिनिक संचालनमा, कार्वाही गर्ने उपमेयरको दाबी

अकबर अली, दुहवी । सुनसरीको दुहवीमा मापदण्ड बिपरितका औषधि पसल तथा अस्पताल संचालनमा रहेको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य प्रवर्धन माहामारी, सर्ने, नसर्ने रोगको बिषयमा एकदिने प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रममा सहभागी हुन नगरपालिकाको कार्यालयमा पुगेका स्थानीयले दुहबीमा मापदण्ड बिपरितका अस. . .


मोरङको रंगेलीमा माघ महिनामा पनि धान रोपाई  !

रबिन्द्र बराल ,रंगेली माघ ८ के पत्याउनु हुन्छ माघ महिनाकाे चिसाे समयमा पनि धान रोपाई हन्छ भन्ने कुरा ? सायदै धेरैलाई पत्यार नलान्छ सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका ६ स्थित मधुवनि चोक नजिकै र सुनवर्सि नगरपालिका ५ स्थित झिङ्गि टाेल नजिकै मा रहेको १५ बिधा खेतमा अहि�. . .


पुराणमा गएकी बृद्धाकाे घरको बरण्डाबाट लडेर मृत्यु

खोटाङ,  ८ माघ । खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका-८ मा गए राति घरको बरण्डाबाट लडेर १ बृद्धाको मृत्यु भएको छ ।  आफन्त मकर बहादुर चौहानको घरमा सप्ताह पुराणमा गएकी खोटाङ साकेला गाउँपालिका-५ बस्ने कृष्ण बहादुर खत्रीको श्रीमती बर्ष ७७ की टिका कुमारी खत्रीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले. . .


अलैची भिजाउन बनाएको पोखरीमा डुबेर बालिकाको मृत्यु

तेह्रथुम, ८ माघ । तेह्रथुमको म्याङलुङ नगरपालिका-७ लाप्चाङ टोलमा   पोखरीमा डुबेर १ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलन-बिहुन गाउँपालिका-२ घर भई तेह्रथुम बस्दै आईरहेका बिरेन्द्र साहको छोरी बर्ष ३ को एतिका साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।  लाप्चाङ टोल बस्ने कै�. . .


ग्याँस वाईल्डिङको ड्रम पड्किएर लक्ष्मीमार्गमा बराईलीकोे मृत्यु

विराटनगर ८ माघ । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान मंगलबार साढे आठ बजेको समयमा लक्ष्मी मार्गमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका ३७ को मनिष बराईलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । वेल्डिङक. . .


तेह्रथुममा दुई वर्षयता सुन्तलाका बोट सुक्न थाले

भगिश्वर लिम्वु तेह्रथुम । तेह्रथुममा दुई वर्षयता सुन्तलाका बोट सुक्न थालेका छन् । जसका कारण सुन्तला बेचेरै जीविकोपार्जन गर्दै आएका कृषक मारमा परेका छन् । कुनै समय तेह्रथुममा उत्पादित सुन्तला रसिलो हुनुका साथै स्वादिलो भएकै कारण बोटमै सुन्तला किन्ने व्यापारीको लस्कर लाग्दे गर्दथ्यो । तर, केही वर्. . .


झापामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन

झापा बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरिएकाे छ । डिभिजन वन कार्यालय झापाले विगत एक महिनादेखि यस क्षेत्रमा जारी जङ्गली हात्तीको अातंक कम गर्न साे टाेली परिचालन गरेकाे हाे । हात्तीकाे बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पुर�. . .


प्रदेश नं १ पर्यटन : पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बन्यो

भोजपुर, माघ ७ गते । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । विसं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो । यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । प�. . .


सोलुखुम्बुमा चार विमानस्थलमध्ये दुई वर्षौंदेखि बन्द

सन्तोष राउत सोलुखुम्बु, माघ ८ गते । सोलुखुम्बुमा चार विमानस्थलमध्ये दुई वर्षौंदेखि बन्द छन् । जिल्लाको तल्लो भेगको घनाबस्तीलाई लक्षित गरी करोडौँको लगानीमा बनाइएको काँगेलडाँडा विमानस्थलमा चार वर्षदेखि जहाजले उडान नगर्दा गौचरणमा परिणत भएको छ । सोलुखुम्बु नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्ल�. . .


खोटाङ रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न

खोटाङ, माघ ८ गते । केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्. . .