पुर्व

ईलामकाे माङसेबुङ गाउँपालिकामा सरकारी कामकाजमा लिम्बु भाषा

इलाम, २९ कात्तिक ।  माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ । मुलुककै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बु भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो ।संविधानले स्थानीय भाषालाईसमेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरक�. . .


सुनसरीमा यस्ताे धन्दा, सरकारी रकम सहकारीकै कर्मचारीलाई ऋण

सुनसरी, २९ कात्तिक । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कोषमार्फत आएको अधिकांश रकम बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिमा काम गर्ने युवाहरुलाई बाँडेको छ ।  शुभकाराज खातीले गरगहना व्यवसायी सञ्चालनका नाममा दुई लाख निकाले । तर, उनको व्यवसाय छैन, बरा ज्वेलरीमा क्यासियर पदको जागिरे �. . .


म्याजिक भेनको ठक्करबाट सुनसरीको हरिनगर गाउँपालिकामा एकजना घाइते

सुनसरी, २८ कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका-१  मुस्लिमटोलमा बुधबार म्याजिक भेनको ठक्करबाट मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् ।  दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १८ प ५६३९ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को १ ज २५७७ नम्बरको म्याजिक भेनले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईक�. . .


ईलामको माईखोलामा डुबेर १ जनाको मृत्यु

ईलाम, २८ कात्तिक। ईलामको ईलाम नगरपालिका-८ माईखोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।  सोही स्थान बस्ने नरधन लिम्बुको १७ बर्षीय छोरा लेखराज लिम्बु माईखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल ई. . .


खोटाङको हलेसी तुवाचुङमा आगलागीबाट ५ लाखको क्षति

खोटाङ, २८ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ स्थित चुमाखु भन्ज्याङमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट सोही स्थान बस्ने राजेन्द्र राईको घरमा विद्युत सर्ट भई आगलागी हुँदा ढुंगा माटोले बनेको फुसको छानो भएको ३ तले घर, अन्नपात, लत्ताकपडा र भाँडावर्तन जलेर नष्ट भएक�. . .


धेरै वर्ष बाँचेको भन्दै आफ्नो पेटमा आफैले चक्कू प्रहार

इलाम, २८ कात्तिक । इलामका एक वृद्धले धेरै वर्ष बाँचेको भन्दै आफ्नो पेटमा आफैले चक्कू प्रहार गरेका छन् । इलामको देउमाई नगरपालिका वडा नम्बर ४ पानीटारका लालबहादुर कटवालले बुधबार बिहान १०ः४५ बजे आफ्नो पेटमा आफैले चक्कू प्रहार गरेका हुन् । ७६ वर्षका कटवालले धेरै वर्ष आफूलाई बाच्न मन नरहेको भन्दै चक्कू प्. . .


ओखलढुंगाका आठ स्थानीय तहका ४७ वडा सचिवविहीन

ओखलढुंगा, २८ कात्तिक। ओखलढुंगाका स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाह र कार्यसम्पादन प्रभावित हुँदै आएको छ । अहिले आठ स्थानीय तहका ७५ वडामध्ये ४७ वडा कार्यालयमा वडा सचिव छैनन् । विकासका काम तर परै जाओस् वडा सचिव नहुँदा स्थानीय तहबाट दैनिक सेवा प्रवाह पनि प्रभावित हुने गरेको हो । लिखु गाउँपाल�. . .


सुनसरीको देवानगंज गाउँपालिका करेण्ट लागेर युवकको मृत्यु

सुनसरी, २८ कात्तिक ।  सुनसरीको देवानगंज गाउँपालिका-७  बुढीखोलामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । करेण्ट लागेर सोही गाउँपालिका सरदार टोल बस्ने बर्ष १८ को संजय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ । सरदारलाई घरबाट तार टागेर बुढीखोलामा तार जडान गर्न क्रममा अचानक करेण्ट लाग�. . .


ठूलो रकम सहित सुनसरीबाट १० जुवाडे पक्राउ

सुनसरी, २८ कात्तिक । सुनसरीको धरान उप-महानगरपालिका-८ सिदार्थ मार्गबाट प्रहरीले  ठूलो रकम सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा झापा लखनपुर गाउँपालिका-१ घर भई हाल धरान-१० बस्ने बर्ष ३५ को भरत थापा, सुनसरी �. . .


होम स्टेले फेरिँदै नाम्जे गाउँ, मगर बस्ती दिनानुदिन नमूना बन्दै

भेडेटार, २८ कात्तिक । बारीको बीचमा घुम्न आउनेका लागि बास बस्न बनाइएको बाँसको टाँटीमाथि माटोले लिपेको खरको घर । छिनमै धुम्म कुहिरो लागेर अँध्यारो हुने, छिनमै घामको उज्यालो । मगर जातिको सांस्कृतिक पहिचान बोकेको धनकुटाको सागुरीगढी गाउँपालिका–६ मा रहेको भेडेटारस्थित नाम्जे थुम्कीको मगर बस्ती । अहिले ह�. . .


तेह्रथुममा कृषि प्रसार, प्रविधि सहयोग र तथ्यांक संकलनको काम प्रभावित

तेह्रथुम, २७ कात्तिक । जिल्ला कृषि विकास कार्यालय खारेज भएसँगै जिल्लामा कृषि प्रसार, प्रविधि सहयोग र तथ्यांक संकलनको काम प्रभावित भएको छ । संघीयता कार्यान्वयनसँगै जिल्लाबाट प्राप्त हुँदै आएको सेवा सुविधासमेत कार्यालयको खारेजीले रोकिएको भन्दै किसानले गुनासो गर्न थालेका छन् ।  गाउँ–गाउँमा सेवा सुव�. . .


दमकमा कारको ठक्करबाट भाईटीका लगाएर फर्किँदै गरेकी महिलाकाे मृत्यु

झापा,  २७  कात्तिक । झापाको पूर्व पश्चिम राजमार्गम स्थित दमक नगरपालिका-४ चिया दोकान चोकमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पश्चिम बाट पूर्व तर्फ जादै गरेको बा१७ च ८१७२ नंबरको कारले जिल्ला खोटाङ साकेला गाउँपालिका-४ बस्ने वर्ष ५५ की सिता माया खड्कालाई ठक्कर दिएको थियो । तिहार मनाउन भाई मान बहादुर �. . .