पुर्व

संस्कृति जोगाउन दमकमा बन्याे धिमाल संग्रहालय, प्रदेश र संघबाट ४५ लाख सहयाेग

दमक (झापा), २२ मङ्सिर । धिमाल दमक नगरको पहिलो मानव बस्ती बसाल्ने जाति हो। विभिन्न अध्ययन र अनुसन्धानलाई आधार मान्दै दमक नगरपालिकाको पहिलो नगरसभाले धिमाल जातिलाई यहाँको पहिलो नागरिक पनि घोषणा गरेको छ तर पहिलो नागरिक घोषणा गरिएकै नगरभित्र यो समुदायको संस्कृति संग्रहालयमा सीमित हुने अवस्थामा पुगेको छ।�. . .


सुनसरी साहेबगञ्जकाे कथा :काजको भरमा छोटी भन्सार ,छोटा तस्कारका लागि स्वर्ग

सुनसरी, २२ मङ्सि  ।   सुनसरीको साहेबगञ्ज नाका । सिमानामै जोडिएको छ भारतीय बजार पथ्थरदेबा । पथ्थरदेबाबाट नजिकै छ भारतको बथनाह शहर । जहाँबाट दैनिकजसो ठूलो मात्रामा सरसामान नेपाल भित्रिन्छन् । सुनसरीका पूर्वीदक्षिणी भेगका नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोगका सरसामान मात्रै होइन यस नाकाबाट दुहवी र इटह�. . .


फिदिम नगरपालिकाले बाँड्याे ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्च

पाँचथर,२२ मङ्सिर ।  फिदिम नगरपालिकाले नगरभित्रका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचारबापत ५ हजार रुपैयाँ रकम प्रदान गरेको छ ।  नगरपालिकाले कार्यालय नजिकका ज्येष्ठ नागरिकलाई कार्यालयबाट नै र टाढाका ज्येष्ठ नागरिकहरुलाई वडा केन्द्रमा पुगेर औषधि उपचारबापतको रकम प्रदान गरिरहेको छ । अहिलेसम्�. . .


ताप्लेजुङकाे ओलाङ्चुङगोला नाकालाई उच्च महत्व दिइने : मुख्यमन्त्री राई

ताप्लेजुङ,  २१ मंसिर। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताएका छन् । ताप्लेजुङको उत्तरी सीमाक्षेत्रको अवस्थाबारे अवलोकन गर्न शुक्रबार ताप्लेजुङ पुगेका मुख्यमन्त्री राईले उक्त नाका प्रदेश–१ को समृद्धिसँग जोड�. . .


आयत मुखी प्रवृतीकै कारण व्यापार घाटा बढ्दाे : मन्त्री अाङ्वाे

धरान,२१ मंसिर  । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवोले आयत मुखी प्रवृतीकै कारण व्यापार घाटा दिनानु बढीरहेको वताएका छन् । आज धरान १२ स्थित महेन्द्र पथमा कैलाश विकास बैंकको ७० आैँ शाखाको रुपमा उद्घाटन गर्दै मन्त्री आङवोले सो कुरा बताएका हुन् । जब सम्म हामीले वस्तु र सेवाला�. . .


भद्रपुरको मेची पुल मंसिर २६ गते प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

झापा, २१ मङ्सिर ।  सरकारी अदूरदर्शिताका कारण निर्माण सम्पन्न भएर लामो समय प्रयोगविहीन अवस्थामा रहेको झापा भद्रपुरको मेची पुल मंसिर २६ गते प्रधानमन्त्री ओलीले उदघाटन गर्ने भएका छन्। सो पुल हुँदै नेपालतिर आउने सडक निर्माण नभएकाले अहिलेसम्म पुल प्रयोगमा आउन सकेको थिएन। अहिले सडक बन्ने स्थानका मानव बस�. . .


बिस्कुट  अड्किएर बालिकाको मृत्यु

सुनसरी, २१ मंसिर । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ मा बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु भएको छ ।    संजिब चौलागाईको छोरी श्रुती चौलागाई बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिईन् । बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रह�. . .


धनकुटामा ट्याक्टरको ट्रलीले किचेर सह-चालकको मृत्यु

धनकुटा, २१ मंसिर । धनकुटाको धनकुटा नगरपालिका-२ भीरगाउँमा बिहीबार ट्याक्टरको ट्रलीले किचेर ट्याक्टरको सह-चालकको मृत्यु भएको छ ।   ट्याक्टरको ट्रलीले किचेर पाख्रिवास नगरपालिका-३ घर भई हाल धनकुटा-३ मालबासे बस्ने वर्ष ३१ को दिपक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । . . .


मोरङमा ‘स्क्रप टाइफस’ को संक्रमणबाट एक जनाको मृत्यु

विराटनगर, २१ मङ्सिर । मोरङको पथरीशनिश्चरेमा ‘स्क्रप टाइफस’ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ‘टिक’ नामक किराको सङ्क्रमणबाट हुने ‘स्क्रप टाइफस’ बाट पथरीशनिश्चरे–३ का ४१ वर्षीया रामप्रसाद (कृष्ण) पोखरेलको मङ्गलबार ज्यान गएको हो । शुरुमा ज्वरो आएपछि जाँच गर्दा ब्याक्टेरियाले फोक्सो र मुटुमा असर �. . .


निर्मला हत्‍या प्रकरण: प्रहरी प्रमाण जुटाउनको लागि या मेटाउनको लागि

पाँचथर, २१ मङ्सिर ।  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणको निष्पक्ष छानबिन गर्न पाँचथरका यूवाहरुले माग गरेका छन्। बिहीबार सदरमुकाम फिदिमस्थित गणतन्त्र चोकमा नेपाल विद्यार्थी संघले प्रदर्शन गर्दै सरकारसँग छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका हुन�. . .


तेह्रथुमका सर्वसाधारणलाई सामुदायिक वनबाट फाइदै–फाइदा

तेह्रथुम, मङ्सिर २१। तेह्रथुमको आठराई गाउँपालिका–४, इवाका सूर्यप्रसाद बिमलीलाई सामुदायिक वनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा आफ्नोे आधा उमेर बितिञ्जेलसम्म पनि हेक्का थिएन । तर, उहाँले उहिल्यैदेखि त्यही वनबाट घाँस, दाउरा र स्याउला सोत्तर भने ओसारिरहनुभएकै थियो । जब सरकारले ०५२ सालताका घरमाथिको ठूल�. . .


सार्वजनिक जग्गालाई जनताको हितमा सदुपयोग गर्दै इटहरी उपमहानगर

सुनसरी, २१ मङ्सिर । सार्वजनिक जग्गालाई जनताको हितमा सदुपयोग गर्दै इटहरी उपमहानगरपालिकाले जनता पार्क निर्माण गर्न लागेको छ । उपमहानगर–९ मा निजी विद्यालय डिभिएम स्कुलले हडपेको सार्वजनिक जग्गामा उपमहानगरले ५० लाख रुपैयाँभन्दा बढीको खर्चमा पार्क निर्माण गर्न लागेको हो । बिहीबार इटहरीका ज्येष्ठ नागरि. . .